• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
यौन क्रियाकलापका फाइदा–बेफाइदाका खोजी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

यौन क्रियाकलापका फाइदा–बेफाइदाका खोजी
वैशाख १३, २०७४

 

प्रश्न : म ४५ वर्षीय विवाहित पुरुष हुँ । श्रीमतीसँग महिनामा दुई–तीन पटक मात्र यौनसम्पर्क हुन्छ, किनभने मलाई यौन क्रियाकलापमा त्यति चासो लाग्दैन । हामीबीच मनमुटाव पनि भैरहन्छ । विभिन्न लेखमा यौन क्रियाकलापले धेरै किसिमको फाइदा गर्छ भन्ने कुरा पढेको छु । विशेष गरेर यसले श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई बलियो बनाउँछ र स्वास्थ्यमा पनि सकारात्मक असर गर्छ भनिएको पाइन्छ, के यो साँचो हो ? मैले आफ्नो सम्बन्ध सुधार गर्न यौन सम्बन्धमै ध्यान दिनुपर्ने हो?

 

तपाईंले लेखहरूमा पढ्दै आउनुभएको कुरा साँचो हो । परम्परागत विचारअनुसार पनि विवाहित मानिस अविवाहित मानिसभन्दा स्वस्थ हुन्छन् र बढी बाँच्छन् । शिष्ट, भद्र र आवश्यक मात्राको यौन क्रियाकलापले जीवनमा सकारात्मक असर पार्छ । यो प्राकृतिक कुरा हो र यसले मानिसलाई एउटा नियमितता र अनुशासनमा अड्याएको हुन्छ ।

 

यौन क्रियाकलापका फाइदा–बेफाइदाका बारेमा प्रशस्तै खोजी भएका छन् । ती अनुसन्धानअनुसार यौन क्रियाकलापले शरीर र आत्मा दुवैलाई फाइदा पुर्‍याउँछन् । विवाहित पुरुषहरूमा ह्दयाघात पनि कम हुने ती अध्ययनले देखाएका छन् । के अविवाहित पुरुषहरू स्वस्थ हुँदैनन् वा उनीहरूलाई ह्दयाघात भएरै छाड्छ ? विशेषज्ञहरू भन्छन्, जो विवाह नै नगरे पनि लामो समयदेखि प्रेम र यौनसम्पर्कमा संलग्न छन्, उनीहरूको स्वास्थ्य तुलनात्मक रूपमा राम्रो भएको पाइन्छ । पेनसिल्भेनियाको स्कुल अफ मेडिसिनका डाक्टर माइकल किरिगलियानोले त यौन क्रियाकलापलाई एक किसिमको शारीरिक व्यायाम भनेका छन् । उनका अनुसार यदि हप्तामा तीन पटक यौनसम्बन्ध राख्ने हो भने त्यसले झन्डै ७ हजार ५ सय क्यालोरी नष्ट गर्छ, जुन ७५ माइल हिँडे बराबर हो ।

 

यौनसम्बन्धका क्रममा श्वासप्रश्वास तीव्र हुन्छ, जसले अक्सिजनको मात्रा बढाई शरीरका तन्तुहरूमा अक्सिजन बढाउँछ । पर्याप्त मात्रामा प्रवाहित अक्सिजनले शरीरका अंगहरूलाई स्वस्थ राख्न मद्दत गर्छ । यति मात्र होइन, यौन क्रियाकलापलाई सही ढंगले अघि बढाउँदाका अन्य फाइदा पनि छन् । शिकागो नर्थ वेस्टर्न युनिभर्सिटीका डाक्टर करिन डोनाहेका अनुसार कुनै पनि किसिमको शारीरिक व्यायामले पुरुषमा टेस्टोटेरिन हार्मोन बढाउँछ र यो हार्मोनले पुरुषको हड्डी तथा मासंपेशीलाई बलियो राख्छ । नियमित रूपमा स्वस्थ यौन क्रियाकलापमा संलग्न हुँदा कोलेस्टोरलको मात्रा बिस्तारै कम हुँदै जान्छ ।

 

अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेटर डाक्टर विभरली विपलका अनुसार यौन क्रियाकलाप एवं अग्र्याज्मका क्रममा निस्कने हार्मोनका कारण मांसपेशी र टाउकोमा हुने पीडा कम हुन्छ । कुनै औषधिको प्रयोगबिना डीएचईए हार्मोनको विकास हुन्छ । यो हार्मोन शरीरका लागि महत्वपूर्ण मानिन्छ । यो हार्मोन अग्र्याज्म वा स्खलन हुनुभन्दा ठीक अगाडि निस्कन्छ । यौन क्रियाकलापका क्रममा यो हार्मोन सामान्य अवस्थामा निस्कने भन्दा तीनदेखि पाँच प्रतिशत बढीले निस्कन्छ ।

 

अनुसन्धानकर्ताहरू भन्छन्— ग्रन्थिमा बढ्ने एक प्रकारको तरल पदार्थले प्रोस्टेटको समस्या सिर्जना गर्छ । उमेर छिप्पिँदै जाने क्रममा धेरै पुरुषमा यो समस्या बढ्दै जान्छ । नियमित स्खलनले त्यही तरल पदार्थ बाहिर निकाल्ने काम गर्छ र प्रोस्टेटको समस्या केही कम गर्न मद्दत मिल्छ ।

पुरुषको स्वास्थ्यका सम्बन्धमा कुरा गर्दै डोनाहेले सेक्सलाई तनाव कम गर्ने प्रभावकारी माध्यम भनेका छन् । यौन क्रियाकलापले दुई जनाबीचको सम्बन्धलाई नजिक बनाउँछ ।

 

एक–अर्कालाई स्पर्श गर्दा ओक्सिटक्सिन हार्मोन बढ्छ । यसलाई पुरुष तथा महिलालाई नजिक ल्याउने हार्मोन पनि भनिन्छ । ओक्सिटक्सिन हार्मोन यौन इच्छा बढाउने हार्मोन पनि हो, जुन नियमित रूपमा निष्कासन हुँदा यौन सम्बन्ध स्वस्थ रूपमा अघि बढ्छ । नियमित यौनसम्बन्धले महिलामा एस्ट्रजिन हार्मोन वृद्धि हुन्छ र मुटुलाई स्वस्थ राख्न मद्दत मिल्छ । यसले योनिको तन्तुलाई नरम बनाउने काम गर्छ । यसरी यौन क्रियाकलापले स्वास्थ्य एवं शरीरमा देखिने विभिन्न प्रकारका असन्तुलनमा समेत ठोस मद्दत पुर्‍याउँछ । ओहायो युनिर्भसिटीका मनोविद् क्रिस्टिोफर फगुन्डोसका अनुसार विवाहपश्चात् मानिस लागूपदार्थ दुव्र्यसनी हुने जोखिम पनि कम हुन्छ ।

 

मनेचिकित्सक सुदिप्ता वर्मा भन्छिन्, जो एक्लोपन मन पराउँछन् र बेखुसी छन्, उनीहरू एक्लो हुने अवस्था धेरै हुन्छ र त्यसले उदासीपनलाई बढावा दिन्छ । अर्का मनोविद् थियोदोर रोबल्सका अनुसार विवाहपश्चात् आफ्नो पार्टनरले के खानुपर्छ, के खानु हुँदैन भन्ने हेरचाह हुने हुँदा स्वास्थ्यमा सुधार आउँछ । चिकित्सकहरूका अनुसार सुखी दम्पतीले चिकित्सकका कुरालाई पनि राम्रोसँग पछ्याउँछन् ।

यौन क्रियाकलाप अनुशासित, मर्यादित, नियमित र एउटा सीमाभित्र हुनुपर्छ । त्यसो भए शरीरलाई पर्याप्त फाइदा हुन्छ । अनुशासन र सीमाबाहिर हुने यौन गतिविधिले रोग लाग्ने, समस्यामा परिने तथा तनाव सिर्जना हुने खतरा हुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik