
जेठको उखरमौलो गर्मीको मौका छोपेर आयोजना भएको पुल डान्स पार्टी र फेसन सोमा युवायुवतीहरु खुलेर रमाए ।
इन्टरनेसनल क्लव सानेपामा आयोजना भएको पुल पार्टीमा विभिन्न डिजेको डिजेइङमा युवायुवतीहरु स्विमिङ पुल भित्रै पसेर स्वच्छन्द ढंगले नाचेका थिए । पुल माथी बनाइएको र्याममा अभिनेत्री शुभेच्छा थापा लगायत मोडलहरुले स्विम वेयर र समर कलेक्सनका डिजाइनहरु प्रस्तुत गरेका थिए ।