• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
बलात्कारको ३० वर्षपछि गिरफ्तारी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सन्तोष काफ्ले

बलात्कारको ३० वर्षपछि गिरफ्तारी
जेष्ठ ३०, २०७४

 

२०४४ सालमा धरानका लालु भनिने ललित राईले आफ्ना दुई साथीसँगै फिल्म हेर्ने योजना बनाए । दिउँसो र बिहानीको शो हेर्न नभ्याएपछि उनले साथी बरुण र जीवनलाई लिएर स्थानीय शिव सिनेमा हलमा नाइट शो हेर्ने योजना तय गरे ।

फिल्म हेर्ने कुरा फिक्स भएपछि उनीहरूले हलमै भेट्ने योजना बनाए । वरुणले आफूसँग अर्की एक युवतीलाई पनि ल्याए । ललित र जीवनलाई लाग्यो, उनी बरुणकी गर्लफ्रेन्ड होलिन् । त्यसपछि फिल्म हेर्ने उनीहरूको चार जनाको ग्याङ बन्यो । राति ९ बजे फिल्म सकियो ।

ललित, जीवन र वरुण (जसको मृत्यु भैसकेको छ) र बरुणसँगै आएकी किशोरी हलबाट सँगै निस्किए । त्यसपछि घर आउनुको साटो उनीहरू किशोरीलाई लिएर धरान रंगशालातर्फ लागे । ललित र जीवनले सुरुमा ती किशोरीलाई वरुणको गर्लफ्रेन्ड मानेका थिए ।

जब उनीहरू रंगशाला पुगे बरुणले ती किशोरीसँग ललित र जीवनकै अगाडि यौनसम्पर्कका लागि प्रस्ताव राखे । त्यसबाट ललित र जीवनले ती किशोरी बरुणकी गर्लफ्रेन्ड नभएको ग्रिन सिग्नल पाए । त्यसपछि तीनै जनाले ती किशोरीलाई फकाउन थाले । किशोरीले नमानेपछि तीनै जनाले उनलाई जबरजस्ती पालैपालो बलात्कार गरे । त्यसपछि उनीहरू घर पुगे । किशोरीले बलात्कार भएलगत्तै प्रहरीलाई खबर गरिन् । बरुण भोलिपल्टै पक्राउ परे । बरुण पक्राउ परेको खबर सुनेपछि ललित र जीवन गिरफ्तारीको डरले फरार भए ।

घटना भएको भोलिपल्टै ललित र जीवन दार्जीलिङ हान्निए । त्यहाँ उनीहरूले करिब २ महिना बिताए । पछि अदालतले धरौटीमा छाड्ने कुरा थाहा पाएपछि उनीहरू दुवै जना परिवारको सहयोगमा नेपाल आए । नेपाल आएपछि अदालतबाट २० हजार धरौटीबापत जग्गा राखेर छुटे । उनीहरूलाई छुटाइसकेपछि ललित र जीवनका वकिलले अब केही नहुने आश्वासन दिएर उनीहरूलाई घर पठाए । त्यसपछि ढुक्क भएका उनीहरू सामाजिक जीवनमा फर्किए । पछि धरौटीबापत राखेको जग्गा पनि फिर्ता भयो ।

त्यसपछि उनीहरू नत अदालतको तारिखमै गए नत फैसला नै के भयो भनेर बुझ्नतर्फ लागे । अदालतमा चलिरहेको उक्त मुद्दाका सम्बन्धमा उनीहरू पूरै बेखबर भए । समयक्रमसँगै ललितको जीवनसँगको सम्पर्क पनि टुट्यो । आफूसँगै धरौटीमा छुटेका जीवन अहिले कहाँ छन् उनलाई कुनै जानकारी छैन । ललित भने धरौटीमा छुटेपछि आफ्नै दैनिक कामकाजमा फर्किए । घरमा रहेको सानो किराना पसल सम्हालेर बसेका ललितले पछि विवाह गरी घरजम गरे । उनले ३० वर्षपछि आफ्नो पुरानो गल्तीको सजाय पाउँछु भन्ने कल्पनासमेत गरेका थिएनन् ।

एक्कासि गत जेठ ७ गते प्रहरीले आफूलाई पक्राउ गरेपछि मात्र ललितले थाहा पाए– बलात्कारको उक्त मुद्दामा उनलाई ३ वर्ष कैद फैसला भएको रहेछ, जसको जानकारी उनले ३० वर्षपछि मात्र प्राप्त गरे । त्यो कुरा थाहा पाएपछि छाँगाबाट खसेझै भएका ललित भन्छन्– सुरुमै थाहा भएको भए म त्यही समयमै सजाय भोग्थे तर कसैले कुनै जानकारी दिएनन् । उनका अर्का साथी जीवन भने अझै फरारकै सूचीमा छन् ।

कसरी पक्राउ परे ?

जेठ ७ गते ललित दिउँसो खाना खाएर सुतिरहेका थिए । सुतिरहेको अवस्थामै उनकी श्रीमतीले पसलमा कोही आएको छ भनेर बोलाइन । पसलको समानको अर्डर लिन कोही आएछ भन्ने सोचेर उनी पसलमा झरे ? तर, ती व्यक्ति पसलको सामान लिन नभई उनकै बारेमा बुझ्न आएका सादा पोसाकका प्रहरी हुन् भन्ने उनलाई हेक्का भएन । ललित र ती सादा पोसाकका प्रहरीबीच प्रश्नोत्तर सुरु भयो :

प्रहरी : ललित राई तपाईं हो ?

ललित : हो ।

प्रहरी : तपाईंको कुनै पुरानो मुद्दा छ ?

ललित झस्किए । उनले सोचेका पनि थिएनन् ३० वर्षअघि बिराएको बाटो अहिले फेरि आपत्को कारण बन्ला भनेर, तर त्यही भयो । केही समयपछि ललितले उत्तर फर्काए– एउटा पुरानो मुद्दा थियो तर उतिबेला नै सकिएको हो ।

यति संवाद भएपछि सादा पोसाकका प्रहरी उनको मोबाइल नम्बर लिएर फर्किए । प्रहरी गएपछि ललित आफ्नो दैनिक काममा लागे । साँझ ४ बजेतिर वडा प्रहरी कार्यालय धरानको प्रहरी भ्यान उनको घर अगाडि रोकियो र केही बुझ्नु छ भन्दै ललितलाई आफूसँगै हिँड्न आग्रह गर्‍यो । सामान्य सोधपुछका लागि मात्र भनिए पछि ललित प्रहरीकै गाडीमा बसेर वडा प्रहरी कार्यालय पुगे ।

त्यति बेलासम्म उनले आफूलाई किन लगिएको हो भन्ने सुइँकोसम्म पाएका थिएनन् । किनभने ३० वर्षअघि धरानकै एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका ललित घटना भएको २ महिनामै सुनसरी जिल्ला अदालतबाट २० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । धरौटीका लागि तिर्ने रकम परिवारसँग नभएका कारण परिवारले धरौटीमा राखेको जग्गा समेत फुकुवा भैसकेको थियो । ३० वर्षसम्म उक्त विषयमा केही सोधीखोजी नभएपछि ललित आफूविरुद्ध लागेको जवरजस्ती करणीको मुद्दा टुंगिएको कुरामा ढुक्क थिए ।

वडा प्रहरी कार्यालय पुगेपछि मात्र ललितले थाहा पाए– मुद्दा सकिएको रहेनछ । घटना भएको ३ वर्षपछि ०४७ सालमै अदालतले उनका नाममा जबरजस्ती करणी गरेको प्रमाणित गर्दै ३ वर्ष कैद फैसला सुनाइ उनलाई फरारको सूचीमा राखेको रहेछ । गत जेठ ७ गते शनिबार धरान प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई एक दिन इलाका प्रहरी कार्यालयमा राखेर झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारमा पुर्‍याइएको छ । क्षेत्रीय कारागारमा रहेका ललितले सुरुमै आफूलाई अदालतको फैसला थाहा भएको भए त्यो बेला नै कैद भुक्तान गर्ने बताए । हाम्रो मुद्दा हेर्ने वकिलले अब तिमीहरूको मुुद्दा सकियो भनेकाले म ढुक्कले बसेको थिएँ, साप्ताहिकसँग ललितले भने– थाहा पाएको भए त्यतिबेलै कैद सजाय भोग्ने थिएँ ।

हाल ४८ वर्ष पुगेका ललित राई त्यति बेला १७/१८ वर्षका किशोर थिए । साथीको लहैलहैमा लागेर उक्त घटना घट्न पुगेको उनले बताए । उक्त बलात्कार काण्डमा सम्लग्न तीन जनामध्ये मुख्य अभियुक्त बरुणको भने मृत्यु भैसकेको छ भने अर्का एक जना फरार छन् ।

यसरी ब्युतियो केस

जिल्ला अदालत सुनसरीले गत वर्ष नै फैसला भएका पुराना मुद्दामा कैद भुक्तान नगरी फरार रहेकाहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । धरानका मात्र १ हजारजति आफ्नो कैद सजाय भुक्तान नगरी फरार रहेको सूची प्रहरीमा पुग्यो । इलाका प्रहरी कार्यालय धरानले सूचीमा भएका फरार अभियुक्तहरूको खोजबिन अघि बढायो ।

मुद्दा फैसला पछि कैद जरिवाना भुक्तानी नगरी फरारहरूमध्ये अधिकांशको मृत्यु भैसकेको थियो भने तीमध्ये केही अझै पनि जीवित थिए । प्रहरीले जीवितै रहेका पुराना फरार अपराधीहरूलाई प्राथमिकतामा राखेर खोजी गरिरहेको थियो । यही क्रममा गत जेठ ७ गते ललित राई पक्राउ परेका हुन् ।

फरार सूचीमा रहेकाहरूको खोजीलाई तीव्रता दिएका छांै, धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने– प्रहरीका सबै संयन्त्र परिचालन गरेका छौ भने स्थानीय बासिन्दाहरूको समेत सहयोग लिइरहेका छौं । ललित आखिर ३० वर्षसम्म किन पक्राउ परेनन् त ? डिएसपी खतिवडा भन्छन्– हामीले अदालतबाट एक साता अघि मात्र फरारको विस्तृत विवरण प्राप्त गर्‍यौं र एक साता नबित्दै उनलाई पक्राउ गरेका हौं । त्यसभन्दा अघि अदालतबाट फरार व्यक्तिहरूको विस्तृत विवरण नआएका कारण ललित पक्राउ नपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik