असार ५, २०७४
इस्लामिक राष्ट्र इरानका महिलाहरूमा निन्जा (निनिजित्सु) ट्रेनिङ निकै लोकप्रिय हुँदै गएको छ । अहिले राजधानी तेहरानबाट २५ माइल टाढा रहेको जुग्हिन सहरमा रहेको निनिजित्सु क्लबमा मात्र ४ हजार महिलाले उक्त कलाको प्रशिक्षण लिइरहेका छन् ।
इरानका महिलाहरूमा यो खेल सन् १९८९ देखि लोकप्रिय हुन थालेको हो । चिनियाँ–जापानी भाषामा निनजित्सु भनिने यो युद्धकलामा सहभागी पुरुषहरूलाई निन्जा र महिलाहरूलाई कुनोइची भनिन्छ ।
सेन्सेई अकबर फराजीले २२ वर्षअघि स्थापना गरेको निनिजित्सुसम्बन्धी यो क्लबबाट २४ हजार इरानी महिलाले कुनोइचीको ट्रेनिङ लिईसकेका छन् । फराजीका अनुसार यो युद्ध कला भए पनि यसले शरीर तथा मनलाई नियन्त्रण गर्छ । यो ट्रेनिङ लिने महिलाहरूले तरबार, धनुवाण, नाइनचाकु, भाला आदि तीव्र रूपमा चलाउँछन् ।