असार ८, २०७४
चोरीको अभियोगमा पक्राउ परेका एक युवाको निधारमा स्थानीय व्यक्तिहरूले पोर्चुगिज् भाषामा म चोर हुँ भनेर टाटु खोपाइदिएका छन् ।
शारीरिक रूपमा अशक्त व्यक्तिको मोटरसाइकल चोरी गरेको अभियोगमा १७ वर्षीय ती युवा रंगेहात पक्राउ परेका थिए । रंगेहात पक्राउ परेपछि टाटु आर्टिस्ट मेकोन वेस्लेको सहयोगमा उनको निधारमा म चोर हुँ भन्ने शब्द कोराइएको थियो ।
जबर्जस्ती समाएर खोपाइएको उक्त टाटुको भिडियोसमेत बनाइएको थियो । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । अहिले ती युवाको निधारमा टाटु बनाउने आर्टिस्ट तथा उनका एक सहयोगीलाई ब्राजिल प्रहरीले अत्याचारको अभियोगमा पक्राउ गरेको छ भने चोरीको अभियोग लागेका युवालाई परामर्शका लागि सुधारगृह पुर्याइएको छ ।