• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
छोटो पहिरन लगाएका युवती देख्दा उत्तेजित हुन्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

छोटो पहिरन लगाएका युवती देख्दा उत्तेजित हुन्छ
असार १०, २०७४

म ३६ वर्षको विवाहित पुरुष हुँ । १५–१६ को उमेरदेखि नै कुनै आकर्षक महिलाको तस्बिर वा छोटो पहिरन लगाएका युवती देख्दा उत्तेजित भएको महसुस गर्थें । साथीहरूलाई समस्या सुनाउँदा यो उमेरमा सबैलाई यस्तै हुन्छ भनेर सम्झाए, तर अहिलेसम्म पनि मलाई त्यस्तै अनुभूति भैरहन्छ । यस्तो कुरा विवाहपछि हट्छ कि जस्तो लाग्थ्यो, तर हटेन । म आफ्नी श्रीमतीसँग पूर्ण सन्तुष्ट छु । तैपनि यस्तो भैरहन्छ । यो कुरा कतै श्रीमतीले थाहा पाएर नराम्रो मान्ने हुन् कि भन्ने डर लागिरहन्छ । यस्तै अनुभूति महिलाले पुरुषलाई देख्दा हुन्छ कि हुँदैन, त्यो पनि जान्ने मन छ । यो कस्तो किसिमको समस्या हो र किन यस्तो हुन्छ ? कतै यो मनोरोग त होइन ?

एन.के.

महिला र पुरुषले एक–अर्कालाई देख्दा यौन उत्तेजना हुने विषयलाई लिएर प्रशस्त चर्चा भएको पाइन्छ । विभिन्न लेखहरूमा उल्लेख गरिएअनुसार आकर्षक महिला वा छोटो पहिरनमा सजिएका महिलाहरूलाई देख्दा पुरुषहरू देखेर हुने यौन उत्तेजना भिजुअल अराउजल हुन्छ भन्ने उनीहरूको विश्लेषण छ ।

यसलाई पुष्टि गर्न पुरुषहरूले अश्लील चलचित्र बनाउन बढी मन पराउँछन् र हेर्न पनि चाहन्छन् भन्ने तर्क गरिन्छ । यसले गर्दा उनीहरूलाई भिजुअल अराउजल हुन्छ भनिएको हो, तर यसलाई मात्र आधार मानेर पुरुषमा हेरेर भिजुअल अराउजल हुन्छ भन्नु तर्कसंगत हुँदैन । यो विषय चर्चामा मात्र छैन, अध्येताहरूका लागि अनुसन्धानको उच्च प्राथमिकतामा समेत छ । यो विषयमा धेरैले चासो र चर्चा गरिरहेको हँुदा यससम्बन्धी धेरै अनुसन्धान भएका छन् । त्यसमध्ये एउटा अनुसन्धानका क्रममा महिला र पुरुष दुवैलाई एकै प्रकारको यौन उत्तेजना हुने चलचित्र देखाइएको थियो र दुईमध्ये कुनमा बढी उत्तेजना हुन्छ भनेर मापन गर्ने यन्त्र जडान गरिएको थियो । उक्त यन्त्रले उत्तेजना हुँदा यौनाङ्गमा रगतको प्रवाह कति हुन्छ भनेर मापन गथ्र्यो । यसरी गरिएको अनुसन्धानले दुवै जनामा रगतको प्रवाह एकै किसिमले भएको र यौन उत्तेजना बराबर भएको पाइएको थियो । यसरी अनुसन्धानले महिला र पुरुष दुवैमा भिजुअल अराउजल हुने र उनीहरू दुवैको दृष्टि क्षमता बराबर हुने कुरालाई पुष्टि गरेको थियो ।

एउटा कुरा फरक छ र त्यो के भने भिजुअल अराउजलसम्बन्धी अभिव्यक्ति गर्ने तौरतरिकामा भने महिला र पुरुषबीच फरक स्वभाव देखिन्छ । धेरैजसो संस्कृति अनि समाजमा महिलाले आफ्नो यौनइच्छाका बारेमा अभिव्यक्ति गर्नुलाई पापका रूपमा लिइन्छ । त्यो कतिपय समाजमा स्वीकार्य पनि हँुदैन । कतिपय समाजमा यदि महिलामा कुनै किसिमको यौनइच्छा जागृत हुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्ने मान्यता हुन्छ । त्यसैले धेरैजसो संस्कृतिमा महिलाले सजिलैसँग आफ्नो यौनइच्छा व्यक्त गर्दैनन् । त्यसैले कतिपय लेख वा पुस्तकले महिलामा हुने भिजुअल अराउजलका बारेमा ठोस रूपमा उल्लेख गर्न नसकेका होलान् । 

अब फर्कौं तपाईंको प्रश्नमा, तपाईंको भनाइअनुसार तपाईंले अनुभूति गरेको कुरामा भन्दा पनि श्रीमतीले थाहा पाउने कुराको बढी डर तपाईंलाई महसुस भैरहेको हो कि जस्तो बुझिन्छ । यदि त्यसो हो भने तपाईंमा उब्जिएको डरचाहिँ मनोरोग हुन पुग्छ । पछि गएर महिलालाई देखेर हुने यौन उत्तेजनाभन्दा तपाईंसँगको डरले चाहिँ तपाईंको दैनिक जीवनलाई असर गर्न सक्छ । त्यसबाट श्रीमतीसँगको सम्बन्धमा पनि असर पर्न थाल्छ । तपाईंको कुराअनुसार अहिलेसम्म तपाईंको श्रीमतीसँगको सम्बन्ध राम्रो रहेको बुझिन्छ । त्यसैले तपार्इंले अहिले महसुस गर्नुभएको डर अनि महिलाप्रतिको अनुभूतिलाई श्रीमतीसँग सेयर गर्न सक्नुहुन्छ । यदि आकर्षणको कुरा हो भने तपार्इंले चाहेअनुसार श्रीमतीलाई कसरी आकर्षक बनाउन सकिन्छ, छलफल गर्न सक्नुहुन्छ । तपाईं र उहाँलाई मनपर्ने पहिरन सँगै गएर किन्न सक्नुहुन्छ ।

त्यतिमात्र होइन, एक–अर्काको प्रशंसा गर्नुहोस् । तपाईंले बुझ्नुपर्ने अर्को कुरा के हो भने तपाईंमा छोटो पहिरन लगाएका महिलालाई देखेर यौन उत्तेजना मात्र हुने हो कि उनीहरूसँग यौनसम्पर्क पनि राख्न मन लाग्ने हो ? त्यसमा पनि प्रस्ट हुन जरुरी छ । यदि उही महिलासँग यौनसम्पर्क गर्ने इच्छा पनि हुने हो भने तपाईं कुनै पनि बेला अप्ठ्यारोमा पर्न सक्नुहुन्छ वा कानुनी झमेलामा पर्न सक्नुहुन्छ । आफ्नो समस्याको पहिचान समयमै गर्दा अब आउने दिन खुसीले बिताउन सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik