• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
श्रीमान्सँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन सकिन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

श्रीमान्सँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन सकिन
असार २२, २०७४

 

म ३९ वर्षीया महिला हुँ । मेरा श्रीमान् ६० वर्षको हुनुहुन्छ र म उहाँकी तेस्री श्रीमती हुँ । हाम्रो विवाह भएको १५ वर्ष भयो । मेरी एक छोरी छिन् । अप्ठ्यारो परिस्थितीमा उहाँसँग मेरो विवाह भएको हो । हाल आएर श्रीमान्सँग शारीरिक रूपमा आफू सन्तुष्ट हुन नसकेको र सम्बन्ध राख्न पनि इच्छा नभएको अनुभव हुन्छ । यसको प्रत्यक्ष असर मेरो र उहाँको सम्बन्धमा परेको छ । यही कारणले होला, मसँग उमेर मिल्ने एक जना पुरुषसँग यौनसम्बन्ध रहँदै आएको छ । आजभोलि हाम्रो दैनिकजस्तो मनमुटाव भैरहन्छ । यस्तो समस्या उमेरको भिन्नताका कारणले आउँछ कि अन्य कुनै कारणले ? किनभने धेरैजसो समयमा मलाई उमेरको भिन्नताकै कारणले गर्दा यौनइच्छा नभएको महसुस हुन्छ । वास्तवमा मलाई के भएको हो र यसको समाधान के छ ?

मि.

यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै छ, तर मानिसहरूले यसलाई कसरी लिइरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हो । यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा तपाईंको जस्तो उमेरका साथै बुढ्यौलीमा पनि सम्भव छ । फरक यति हो कि मानिसहरूले हरेक समय र निर्णयसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? यौनसम्पर्क मात्र महत्वपूर्ण कुरा होइन । यससँग जोडिएका धेरै पक्ष छन् । सबैभन्दा महत्वपूर्ण कुरा एक–अर्कालाई स्वीकार गरिएको छ कि छैन ? भावना साटासाट यौनसम्पर्कको अर्को अभिन्न पक्ष हो । त्यसैले उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना हुन्छ । श्रीमान्को उमेर बढ्दै जाने क्रमसँगै यौनसम्पर्कको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ । अर्को व्यक्तिसँग यौनजीवनलाई अघि बढाउँदै हुनुहन्छ भने त्यसले तपाईंको जीवनमा थप समस्या सिर्जना गर्छ । 

तपाईंले अप्ठ्यारो परिस्थिति भनेर के भन्न खोज्नुभएको हो ? बुझ्न सकिएन यो मनोविज्ञानसँग सम्बन्धित विषय हो र यसको हल पनि त्यसरी नै खोज्नुपर्ने हुन्छ । तपाईंको विवाहमा कम सन्तुष्टि हुने वा असन्तुष्ट रहने कारणहरूमा मानसिक अन्तद्र्वन्द्व एउटा प्रमुख कारणका रूपमा रहेको देखिन्छ । कतै आफूले आफ्नो स्वार्थ मात्र पूरा गरें कि भन्ने मनमा परिरहेको हुन सक्छ । तपाईंलाई आफ्ना श्रीमान् र छोरीप्रति वफादार नभएको र मायालाई सम्मान नगरेको महसुस भएको पनि हुनसक्छ । कतिपय अवस्थामा अर्को व्यक्तिसँग सम्बन्ध राख्दा कतै गल्ती पो गरिरहेकी छु कि भन्ने आभास भैरहन्छ । हेर्दा सामान्य लागे पनि विभिन्न सोच मनमा खेल्छन् । यसरी मनमा कुरा खेलिरहेका बेला तपाईंलाई लाग्न सक्छ, यस्ता कुराले तपाईंको मनोविज्ञानमा प्रतिकूल असर पारिरहेको हुन्नसक्छ र तपार्इंलाई यौनसन्तुष्टि प्राप्त गर्ने कुरामा समस्या भएको हुन सक्छ । त्यसैले तपार्इंले आफ्ना यस्ता इच्छा, अपेक्षा, बानी तथा आवश्यकताहरूलाई रूपान्तरण गर्न आवश्यक छ । 

तेस्री श्रीमतीको स्थानमा बस्दा महिलाहरू प्राय:जसो श्रीमानका पहिलेका श्रीमतीसँग यौनसम्बन्ध कस्तो थियो भन्ने कुरामा पनि तुलना गर्न पुगिरहेका हुन्छन् । महत्वपूर्ण कुराचाहिँ के हो भने हरेक व्यक्तिसँगको यौनसम्बन्ध फरक हुन्छ र त्यसलाई फरक किसिमले रमाइलो बनाउन सकिन्छ । अर्को थाहा पाउनुपर्ने कुरा भनेको हार्मोनमा आउने परिवर्तन हो । उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हार्मोन परिवर्तन हुनु स्वाभाविक हो । महिलामा आउने परिवर्तन विशेष गरेर मेनोपज अर्थात् महिनावारी रोकिनुअघि महिलाको योनिका तन्तुहरू पातलो तथा सुख्खा हुन अनि चिल्लो पदार्थ कम निस्कन थाल्छ, त्यसैले पहिले आनन्द महसुस गर्ने महिलाले पनि पछि त्यस किसिमको आनन्द प्राप्त नगर्न सक्छन् । त्यस्तै पुरुषमा पनि हार्मोन परिवर्तन हुन्छ । टेस्टोसटेरोन हार्मोनले पुरुषको यौनइच्छामा प्रभाव पार्छ । 

डा. टेसिनाका अनुसार यौनलाई प्राथमिकता दिनु जीवनको एउटा महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौन क्रियाकलापलाई तल्लो दर्जामा राख्दा अन्य विभिन्न समस्या उत्पन्न हुन सक्छन् । यौन नै यस्तो क्रियाकलाप हुन सक्छ जसले एक–अर्कालाइ बुझ्न, भावनात्मक कुरा महसुस गर्न तथा सम्बन्धलाई मजबुत बनाउन मद्दत गर्छ । उमेरको भिन्नता भए पनि यौनजन्य आनन्द लिन सकिन्छ । सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने, चिन्ता नलिने र आफूलाई अनुकूल बनाउँदै लाने हो भने यौनआनन्दमा कमी नआउने अध्ययनहरूले देखाएका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik