कपिलवस्तु– तौलिहवा स्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा नागपञ्चमीको दिन जिउँदो नागलाई देवताको रुपमा पुजाआजा गरिएकोछ । नागपञ्चमीका दिन मन्दिर परिसार सर्पलाई दुध, लावा, अक्षता, अविर, चन्दन र फुल चढाएर पुजाआजा गरिएको थियो ।
नागपञ्चमीका दिन सर्पको पुजाआजा गरेमा नागबाट जोगिने र घर परिवार सुरक्षित रहने जनविश्वास छ । त्यस्तै चट्याङ्ग, मेघ र विच्छीबाट पनि जोगिने धार्मिक मान्यता रहेकोछ । नागलाई पुजाआजा गर्न आउनेमा ८० प्रतिशत बढी किशोर किशोरी नै थिए ।
मन्दिरमा पुजाआजाकालागि साना देखि ठूलो १० वटा गोमन सर्प ८ जना सपेराले ल्याएका थिए । मन्दिरको उत्तरतर्फ लामबद्ध गरेर पुजाआजा गराएका थिए । पुजाआजा गरेर किशोरी किशोरीले थोरै धेरै दान गर्छन् यशोधरा गाउपालिका–४ बाट आएका सपेरा हरिराम पथरकट्टले भने त्यसैले सर्पलाई २/४ महिना दुध खुवाउन पुग्छ भनेर आएको हु ।
सर्पसंगै आफना लालावालाको पनि एकाध महिना मुखमा माड लाग्छ उनले भने आङ्गको फाटेको कपडा पनि फेर्न सहयोग पुग्छ । विगत ५ वर्ष देखि यहाँ प्रत्येक वर्षको नाग पञ्चमीमा जिउँदो नागकै पुजा गर्ने प्रचलन सुरु भएको हो । तौलिहवा बजारका अधिकांश श्रद्धालु नागको पुजा गर्न मन्दिर पुगेका थिए ।
धार्मिक महत्व बुझेका व्यक्ति जिउँदो नागको पुजाआजा गर्न पाईन्छ भनेर टाढाटाढाबाट पनि आएका थिए । नागपञ्चमीका दिन शुक्रवार यहा विहान देखि दिउँसो २ बजे सम्म नागको पुजाआजा गर्नेको भीड थियो ।