• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
रुचि र उद्देश्य नमिल्दो यौनसम्पर्कसमेत कम भयो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

रुचि र उद्देश्य नमिल्दो यौनसम्पर्कसमेत कम भयो
भाद्र ९, २०७४

म ५५ वर्षीय पुरुष हुँ । मैले ४५ वर्षको उमेरमा २७ वर्षकी युवतीसँग विवाह गरेको हुँ । विवाह गरेको चार वर्षपछि मैले थाहा पाएँ, जीवनमा जागिर, पैसा र प्रसिद्धि ठूलो कुरा होइन, मुख्य कुरा त श्रीमतीसँग व्यवस्थित रूपमा जीवन चलाउनु रहेछ । अहिले उनको र मेरो दैनिक जीवनको रुचि खासै मिल्दैन । उनी सौन्दर्य, सिनेमा र घुमघाममा रुचि राख्छिन् भने म उनले चाँडोभन्दा चाँडो सरकारी जागिर खानुपर्छ भन्ने कुरामा जोड दिन्छु । उनी मलाई बूढो भैसक्नुभयो भनेर गाली गर्छिन् भने म तिम्रो केटाकेटीपन कहिल्यै गएन भनेर रिसाउँछु । हामी दुईको रुचि र उद्देश्य नमिल्दा हाम्रो यौनसम्पर्कसमेत कम हुँदै गएको छ । यसलाई कसरी व्यवस्थित गर्ने ? 

                                                                                                                       - ल

 

अध्ययनहरूले देखाएअनुसार आदर्श सम्बन्धका लागि श्रीमान् र श्रीमतीबीचको उमेर भिन्नता सामान्यत: तीनदेखि चार वर्ष मात्र हुनुपर्छ । उस्तै–उस्तै उमेरका श्रीमान्–श्रीमती वा श्रीमान्भन्दा श्रीमती केही कम उमेरको भए पनि उनीहरूबीचको हरेक सम्बन्धमा खासै समस्या सिर्जना हुँदैन भने यौनजीवनसमेत सन्तुष्टिले भरिपूर्ण हुन्छ । यद्यपि यदि उनीहरूले उमेरको विषयलाई ठूलो मुद्दा बनाउँदैनन् भने श्रीमती श्रीमान्भन्दा केही बढी उमेरको भए पनि खासै फरक पर्दैन । श्रीमान र श्रीमतीबीचको उमेर १२ वर्षभन्दा बढी छ भने उनीहरूका चाहना, प्राथमिकता तथा शारीरिक गतिविधिहरूमा भिन्नता देखा पर्छ । ४५ वर्षको श्रीमान् गल्फ वा टेनिस मन पराउने खालको हुन्छ भने ३० वर्षभन्दा कम उमेरकी महिलाको प्राथमिकता पौडी खेल्ने, रात्रि क्लब जाने, नाच्ने वा पार्टीहरूमा सहभागी हुने हुन्छ ।

२७ वर्षकी श्रीमतीलाई उनका उमेरजन्य गतिविधिहरूको बिन्दास अनुभव गर्न रोक्नु अप्राकृतिक निषेध हुन्छ अर्थात् मूलको पानी थुन्न खोज्नुजस्तै हुन्छ । अर्को कुरा, ४५ वर्षको श्रीमान्लाई ३० वर्षमुनिका गतिविधिहरूमा तानेर ल्याउँदा पुरानै कुरा दोहोर्‍याउँदा हुने जस्तो दिक्दारी हुनु पनि स्वभाविक हो । किनभने उनका पनि उमेरजन्य प्राथमिकता एवं चाहना हुन्छन् । बढी उमेरका श्रीमान् कम उमेरकी श्रीमतीका लागि साथीभन्दा पनि अभिभावकजस्ता हुन्छन् । यसैलाई सकारात्मक रूपमा लिने हो भने श्रीमान्बाट अभिभावकले जस्तै बढी केयरिङ पनि प्राप्त हुन सक्छ । यहाँ तपाईंहरूको उमेरको फरकबाट सिर्जित समस्या हेर्दा श्रीमान्ले श्रीमतीको उमेरजन्य चञ्चले व्यवहारलाई सहज रूपमा बुझ्नु, त्यसलाई स्वीकार गर्नु तथा उनका चाहनाअनुरूप व्यवहार गर्नु नै समाधानको उपाय हुन सक्छ । तपार्इं आफूले लाखौं रुपैयाँको सोच बनाइरहनुभएको हुन सक्छ, तर श्रीमतीलाई २ सय रुपैयाँको टिकट लिएर चलचित्र देखाउन लाँदा त्योभन्दा बढी सन्तुष्टि प्राप्त हुन सक्छ भन्ने कुरा भुलिरहनुभएको हुन सक्छ । त्यसैगरी अर्को पक्षबाट हेर्दा श्रीमतीले पनि परिपक्व श्रीमान्बाट हुने बढी अभिभावकत्व तथा अनुभवबाट प्राप्त हुन सक्ने लाभ लिनुपर्ने हुन्छ ।

 

श्रीमान्ले पनि श्रीमतीबाट जागिरको अपेक्षाभन्दा श्रीमतीको चाहना के छ र के–कस्तो जागिरमा रुचि छ भन्ने कुरा बुझ्नुपर्छ अनि त्यसैअनुरुप काम गर्ने अवसर प्रदान गर्नुपर्छ । यसले दुवै जनालाई नजिक ल्याउन मद्दत पुर्‍याउँछ । त्यसपछि यौनजीवनका सम्बन्धमा छलफल गर्ने, श्रीमतीको यौनचाहना र सन्तुष्टिका बारेमा बुझ्ने, यौनमा रोमाञ्चकता भए–नभएको बुझेर त्यसैअनुसार त्यसमा निखार ल्याउने काम भए उमेरको फरकबीच पनि सन्तुष्टि प्राप्तिका नयाँ ढोकाहरू खुल्न सक्छन् । एक–अर्काका चाहना एवं आकांक्षाहरूलाई सम्मान गर्न सक्दा रमाइलो वातावरण निर्माण हुन्छ । दुवै जना अलग–अलग दिशातर्फ फर्कने हो भने त उपलब्ध सम्भावना पनि गुम्छ । त्यसैले उमेरको ठूलो फरकबीचका सम्भावना खोज्नेतिर लाग्नु नै बेस हुन्छ । 

बूढो महसुस गर्नु तपार्इंको चिन्तन अर्थात् सोचसँग सम्बन्धित विषय हो । तपाईंको सोच, संस्कार, चिन्तन एवं कार्यशैली युवास्तरका छन् भने तपाईंका हरेक गतिविधिको नतिजा पनि ऊर्जाशील हुन्छन् जसरी तपाईं कुनै जमानामा अध्ययनशील हुनुहन्थ्यो र परीक्षामा राम्रो नतिजा ल्याउनुहुन्थ्यो, तपाईंले आफूलाई राम्रो क्षमतावान् हुँ भनेर दाबी गर्न आज पनि त्यही स्तरको मेहनत गर्नु आवश्यक छ, अर्थात् नयाँ कुरा जान्न खोज्ने, ऊर्जाशील भैरहने सोच छैन भने विश्वास गर्नुहोस्, तपाईं बूढो हुनुभयो । सोच र चिन्तनका आधारमै मानिसलाई बूढो वा युवा भनेर परिभाषित गर्न सकिन्छ । युवा भएर पनि निष्क्रिय छ, जोस–जाँगर छैन, नयाँ कुरा जान्न खोज्दैन भने २० वर्षे मानिस पनि वृद्ध हुन्छ । फुर्तिलो, जोसिलो, शारीरिक अभ्यास गरी तन्दुरुस्त रहने एवं ज्ञानका दृष्टिले आफूलाई अद्यावधिक राख्ने मानिसहरू सधैं युवा रहन्छन् । त्यस्ता व्यक्तिलाई उमेरले खासै फरक पार्दैन । त्यसकारण तपाईंले आफूलाई २०–२२ वर्षे जवान सोचे युवाहरूमा हुने जस्तो ऊर्जा कायम रहन्छ । अर्को पक्ष के हो भने तपाईंहरू (श्रीमान् र श्रीमती) बीचको उमेरको फरक निश्चय नै बढी हो । यस्तोमा श्रीमान्– श्रीमतीबीचको सोच, चाहना एवं प्राथमिकताहरू फरक हुनु स्वभाविक पनि हो, तर यस्तो भिन्नतालाई सम्मान गर्ने हो भने तपार्इंहरूबीचको भावनात्मक तथा यौन सम्बन्धमा सुधार आउँछ ।  

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik