साप्ताहिक संवाददाता
भाद्र ३१, २०७४
कुमार नगरकोटीको लेखनमा बढी जसो अंग्रेजी शब्द प्रयोग हुन्छ (यात्रा सन्दर्भ : कुमालकोठीको कथा) । नगरकोटीको लेखन हेर्दा त उनले अंग्रेजीमै लेख्नुपर्ने हो जस्तो लाग्छ ।
- सन्तोष
मेयरले सिक्नुपर्ने कुरा धेरै छन् (गजुरियल विश्लेषण : मेयरका १ सय दिनबाट सिक्नुपर्ने कुरा) । उहाँले वाचा गरिएका कुराहरू पूरा गर्न सक्नुभएन ।
- विकास कुँवर
यो त अचम्मको खेल रहेछ ! (एउटा लोकप्रिय विवाह) । जे होस्, फाइटर रोण्डा र तार्भिस ब्रोनीसँगको जोडी एकदम जमेको छ ।
- ललिता सुब्बा
फेसन फ्याक्टमा रोचक कुराहरू पढ्न पाइयो (फेसन फ्याक्ट) । दोस्रो विश्वयुद्धसम्म महिलाहरूले सर्ट लगाउन अनुमति नपाएको कुरा अनौठो लाग्यो ।
- प्रतिमा काफ्ले