• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मान्छेले पटक–पटक धोका दिन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

मान्छेले पटक–पटक धोका दिन्छ ?
आश्विन २६, २०७४

म २४ वर्षीया युवती हुँ । मेरो ब्वायफ्रेन्ड ३० वर्षको छ । हाम्रो विवाह भएको छैन तर हाम्रो प्रेम र यौनसम्बन्ध भएको तीन वर्ष भैसकेको छ । अहिलेसम्म हाम्रो सम्बन्ध ठिक छ तर मलाई उसले धोका दिने हो कि भन्ने डर लागिरहन्छ । उसले मेरा लागि मभन्दा पहिलेकी गर्लफ्रेन्ड छोडेको थियो । कतै अन्य युवतीप्रति आकर्षित भएर उसले मलाई छाड्ने त होइन भन्ने लागिरहन्छ । के एकपटक कसैलाई धोका दिइसकेको मान्छेले पटक–पटक धोका दिन्छ ?

                                                                                    - मा. 

 

थुप्रै संकल्प र प्रणहरूको धागोमा उनिएको एउटा प्रगाढ सम्बन्ध एकाएक चुँडिन्छ भने अर्को त्यस्तै सम्बन्ध कसरी मजबुत बन्न सक्ला ? एकपछि अर्को सम्बन्ध यसरी चुँडिँदै गएपछि यो अन्तहीन श्रृंखला कहाँ पुगेर टुंगिएला ? प्रश्न निकै पेचिलो लाग्छ । पक्कै पनि यस्तो स्थितिबाट गुज्रिने तपार्इं एक्लो हुनुहुन्न । धोका एउटा चरित्र पनि हो । एकपटक सुरु भएपछि यसले कारण वा बहाना रचना गर्दैन, त्यसैले धेरैले भन्छन्, एकपटक धोका दिनेले पटक–पटक धोका दिन सक्छ, तर सिक्काको अर्को पाटो पनि छ । एउटा धोकाले अर्कोलाई पछ्याइरहँदैन । केही यस्ता असहज सम्बन्ध हुन्छन्, जसको परिपक्वता स्थापित भैनसकेको हुन सक्छ र धोका हुन सक्छ । एउटा धोकापछि अर्को मजबुत सम्बन्धको गाँठो कसिन सक्छ । 

अमेरिकाका युवा र युवतीमा एउटा यस्तै किसिमको अनुसन्धान गरिएको थियो । अनुसन्धानमा सहभागीहरू फरक यौनसाथीसँग सम्पर्क गर्नेहरू थिए । तीमध्ये ८६ प्रतिशत युवा तथा ६२ प्रतिशत युवतीले फरक मान्छेसँग एकपटकभन्दा बढी यौनसम्बन्ध भएको बताएका छन्, तर यो एउटा मात्र अनुसन्धानको कुरा हो र यो वयस्कमा मात्र गरिएको अध्ययन हो । 

यदि एउटा यौनसाथी हुँदाहुँदै कसैले अर्को यौनसाथी बनाउँछ भने त्यसका पछाडि कुनै कारण अवश्य हुन्छ । विशेष गरी सम्बन्धसँग वा व्यक्तिसँग गाँसिएका कुरा हुन सक्छन् । विभिन्न अध्ययनअनुसार प्राय: मानिसले धोका दिनुपर्ने कारण भैरहेको सम्बन्धप्रति असन्तुष्टि हुनु पनि हो । उदाहरणका लागि दुई जनाबीचको भावनात्मक पक्ष, यौन चाहना वा व्यक्तित्व नमिलेको हुन सक्छ । यदि बाल्यावस्थामा भावना वा मायामा अभाव भोग्नुपरेको वा आफूले पनि कुनै धोका महसुस गरेको छ भने मायाको खोजी गर्ने क्रममा एकभन्दा बढी यौनसाथी हुन सक्छन् ।

यद्यपि अर्को सम्बन्ध भैसकेपछि फेरि त्यस्तै असन्तुष्टि हुन सक्ने वा धोका हुन सक्ने सम्भावना नहुन सक्छ । एकपटक सम्बन्ध टुट्दैमा भविष्यको सम्बन्ध पनि त्यस्तै हुन्छ भन्न सकिँदैन । वास्तवमा धोका भन्ने कुरा व्यक्तित्वअनुसार फरक पर्न सक्छ । जस्तै यदि कुनै व्यक्ति स्वअनुशासित छ, अरूको भावनालाई बुझ्न सक्छ र सचेत हुन्छ, उसले धोका दिनेसम्भावना कम हुन्छ । त्यस्तै जो यसको ठीक विपरीत छ उसले धोका दिने सम्भावना बढी हुन्छ । अर्को अध्ययनअनुसार कतिपय व्यक्तिले तनाव र चिन्तावाट टाढा 

रहन पनि अन्य व्यक्तिसँग सम्बन्ध बढाउँछन् । 

अब तपाईंको सन्र्दभको चर्चा गरौं । हुन त तपार्इंले भनेअनुसार एक पटक धोका दिनेले अर्को पटक पनि धोका दिन सक्छ भन्ने हो, तर यो सधैं सत्य नहुने भएकाले आफ्नो ब्वायफ्रेन्ड यदि तपाईंलाई साँच्चै मन परेको हो भने उहाँसँगको सम्बन्ध दिगो तुल्याउने विश्वासको वातावरण सिर्जना गर्नु आवश्यक हुन्छ । जस्तो कि माया तथा यौनका लागि उपयुक्त वातावरण र परिवेश आवश्यक पर्छ । यौनसम्पर्क सुरक्षित पनि हुनुपर्छ । आपसमा माया र भावना साटासाट गर्ने अवसरहरू उपलब्ध हुनुपर्छ अर्थात् सबै किसिमको बैधानिकता हुनुपर्छ । यी सम्पूर्ण कुराको अभावमा मानिसमा केही न केही त्रास, डर वा शंका–उपशंकाहरू हुन्छन् र त्यसले गर्दा एक–अर्काको भावना बुझ्न कठिन भएको र दुवैले यौनसम्पर्कबाट पूर्ण आनन्द प्राप्त गर्न कठिन भएको महसुस हुन सक्छ ।

तपार्इंको प्रश्नमा तपाईं र यौनसाथीबीच अहिले कुनै अप्ठ्यारो नभएको बुझिन्छ । त्यसैले एक–अर्कासँग कुराकानी, आफ्ना चाहना अभिव्यक्त गर्ने तौरतरिका, आफूलाई लागेको रमाइलो पक्ष आदिका बारेमा खुला दिलले कुरा गरे यो समस्या त्यति ठूलो हो जस्तो लाग्दैन । 

आफ्नो यौनसाथीसँग सम्बन्ध राम्रो छँदाछँदै भविष्यमा केही नराम्रो हुन्छ कि भन्ने सोच्ने र मनमा अविश्वास राखी सम्बन्ध अघि बढाउन खोज्ने हो भने सम्बन्धमा समस्या उत्पन्न हुनु स्वभाविक हुन्छ । तपाईंमा उत्पन्न शंकाले तपाईंको यौनसाथीलाई कुनै दबाब दिएको महसुस गर्नु हँुदैन । दुई जनामध्ये एक जनाले आफूलाई यौनेच्छा नहुँदा इच्छा नभएको कुरा व्यक्त गर्ने अधिकार दिने र त्यस्तो भावनाको सम्मान गर्ने । यौनसम्पर्कपछि एक–अर्काप्रति सम्मान हुनुपर्छ र सम्मान गिरेको महसुस हुनु हुँदैन । आफ्ना यौनेच्छा तथा यौन क्रियाकलापका बारेमा खुलेर एक–अर्कासँग कुरा गर्नुपर्छ । त्यसबाहेक हरेक यौनसम्पर्क हुनुअघि एक–अर्काको शरीर र भावनालाई महसुस गर्नुपर्छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik