• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
स्वीमिङ ड्रेसका महिला हेरेर उत्तेजित हुन्छु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

 स्वीमिङ ड्रेसका महिला हेरेर उत्तेजित हुन्छु
कार्तिक १५, २०७४

म ४२ वर्षीय विवाहित पुरुष हुँ । म १५–१६ वर्षदेखि नै कुनै आकर्षक महिलाको तस्बिर वा महिलाले छोटा लुगा लगाएको हेर्न चाहन्थे र साथीहरूसँग सोध्थे— उनीहरूलाई पनि यस्तै हुन्छ कि हुँदैन ? उनीहरू भन्थे— यो उमेरमा सबैलाई यस्तै हुन्छ । अहिले त अझ मलाई स्वीमिङ ड्रेस लगाएका महिलाहरू हेर्न मन लाग्छ र यौन उत्तेजना महसुस हुन्छ । यस्तो कुरा विवाह पछि हट्छ कि जस्तो लाग्थ्यो, तर हटेन । म आफ्नी श्रीमतीसँग भने सन्तुष्ट छु, तर किन यस्तो भएको भनेर दुविधा हुन्छ । कृपया यसलाई प्रस्ट्याइदिनुहोला र यस्तै अनुभूति महिलाले पुरुषलाई देख्दा हुन्छ कि  हुँदैन, भन्ने कुरा पनि जान्न मन छ । 

                                                                 - एबीसी

पुरुषले महिलालाई देख्दा हुने उत्तेजनालाई लिएर धेरै चर्चा भएको पाइन्छ । कतिपय लेखमा उल्लेख गरिएअनुसार महिलाहरूको तुलनामा पुरुषलाई बढी यौन उत्तेजना हुन्छ । पुरुषहरू यसरी बढी यौन उत्तेजित हुनुको पछाडि यौन उत्प्रेरणा, लैङ्गिक भूमिकाको अपेक्षा एवं यौनसम्बन्धी अवधारणाको प्रभाव हुन सक्छ । धेरैले चर्चा एवं चासो व्यक्त चर्चा गरिरहेको हुँदा यससम्बन्धी अनेकौं अनुसन्धान पनि भएका छन् । टपटेन रिभ्यु डटकमका अनुसार ४० करोड वयस्कले पोर्नोग्राफी वेबसाइट हेरेकोमा तीमध्ये ७२ प्रतिशत पुरुष तथा २८ प्रतिशत महिला थिए । विभिन्न प्रोयोगात्मक अध्ययनले महिलाभन्दा पुरुषमा देखेर हुने यौन उत्तेजना बढी हुन्छ भनिए पनि यो यौन भिन्नताका सम्बन्धी यथार्थता भने अझै अनुसन्धानकै विषय रहिआएको छ ।

कतिपय अनुसन्धानका क्रममा महिला र पुरुष दुवैलाई एकै प्रकारको यौन उत्तेजक दृश्य देखाइएको थियो र दुवैमध्ये कसमा बढी उत्तेजना हुन्छ भनेर मापन गर्ने यन्त्र जडान गरिएको थियो । यन्त्रको प्रयोगमार्फत उत्तेजना हुँदा यौनाङ्गमा रगतको प्रवाह, मुटुको गति, रक्तचाप, यौनाङ्गको प्रतिक्रिया कति हुन्छ भनेर मापन गरिएको थियो । यसरी गरिएको अनुसन्धान महिला र पुरुष दुवैमा एकै किसिमको उत्तेजना भएको र यौन उत्तेजना बराबर भएको पाइयो । उक्त अनुसन्धानले महिला र पुरुष दुवैमा देखेर हुने यौन उत्तेजना बराबर हुने कुरा पुष्टि गर्‍यो । 

धेरैजसो संस्कृति अनि समाजमा महिलाले आफ्नो यौनइच्छा अभिव्यक्ति गर्नुलाई पापका रूपमा लिइन्छ त कतै त्यो सामाजिक रूपमा स्वीकार्य हुँदैन । कतिपय समाजमा यदि महिलामा कुनै किसिमको यौनइच्छा जाग्रित भयो भने त्यसलाई नियन्त्रण गर्नुपर्ने मान्यता छ । धेरैजसो संस्कृतिमा महिलाले सजिलैसँग आफ्नो यौन इच्छा व्यतm गर्दैनन् । त्यसैले गर्दा कतिपय लेख वा पुस्तकमा महिलामा देखेर हुने यौन उत्तेजनाको क्षमताका सम्बन्धमा ठोस रूपमा केही उल्लेख हुन नसकेको होला । 

अब फर्कौं, तपाईंको प्रश्नमा प्रश्नअनुसार तपार्इंको मनमा विभिन्न दुविधा भैरहेको हो कि जस्तो बुझिन्छ । यदि त्यसो हो भने तपाईंमा उब्जिएको दुविधाचाहिँ मनोरोग हुन पुग्छ । पछि गएर महिलालाई देखेर हुने यौन उत्तेजनाभन्दा तपाईंको मनको दुविधाले चाहिँ तपार्इंको दैनिक जीवनलाई असर गर्न थाल्छ । त्यसले श्रीमतीसँगको सम्बन्धमा पनि असर पार्छ । तपाईंको कुराअनुसार अहिलेसम्ममा तपाईंकी श्रीमतीसँगको सम्बन्ध राम्रो छ त्यसैले तपाईंले हाल महसुस गर्नुभएको दुविधा अनि महिलाप्रतिको अनुभूति श्रीमतीसँग बाँड्न सक्नुहुन्छ । यदि आकर्षणको कुरा हो भने तपाईंले चाहेअनुसार श्रीमतीलाई कसरी आकर्षक बनाउन सकिन्छ, त्यसमा पनि छलफल गर्न सक्नुहुन्छ । तपाईं र उहाँलाई मनपर्ने पहिरन सँगै गएर किन्न सक्नुहुन्छ । एक–अर्काको प्रशंसा गर्न पनि नछोड्नुहोस् । 

तपार्इंमा स्वीमिङ ड्रेस लगाएकी महिलालाई देखेर यौन उत्तेजना मात्र हुने हो कि उनीहरूसँग यौनसम्पर्क पनि राख्न मन लाग्ने हो, त्यसमा पनि प्रस्ट हुन जरुरी छ । यदि ती महिलासँग यौनसम्पर्क गर्ने इच्छा पनि हुने हो भने तपाईं कुनै पनि बेला अप्ठ्यारोमा पर्न सक्नुहुन्छ वा कानुनी झमेलामा पर्न सक्नुहुन्छ । आफ्नो समस्याको पहिचान समयमै गर्न सके आउने दिन खुसीले बिताउन सकिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik