• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
डिप्रेसनले यौन असन्तुष्टि, यौन असन्तुष्टिले डिप्रेसन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जितेन्द्र साह

डिप्रेसनले यौन असन्तुष्टि, यौन असन्तुष्टिले डिप्रेसन
कार्तिक २३, २०७४

डिप्रेसनले श्रीमान्–श्रीमतीबीचको सम्बन्ध बिग्रने गरी यौन एवं पारिवारिक जीवनमा समेत नकारात्मक असर पार्छ । यौन जीवनमा असन्तुष्टिले पनि डिप्रेसन निम्त्याउँछ । विराटनगरस्थित कोसी अञ्चल अस्पतालको मानसिक रोग एकाइमा दैनिक उपचारका लागि आउने बिरामीमध्ये १० प्रतिशत यससँगै सम्बन्धित हुन्छन् । 

उक्त अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट एवं वरिष्ठ मनोरोग विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार यस्तोमा बेलैमा उपचार नभए जोडीबीच बढ्दो दूरीका कारण उत्पन्न हुने दैनिक कलहले उग्र रूप लिँदा पारपाचुकेसम्म हुन्छ । यौनलाई चरित्रसँग जोड्ने संकीर्ण सामाजिक सोचले गर्दा महिलाहरू शारीरिक असन्तुष्टिका बारेमा केही बोल्न चाँहदैनन्, जसले गर्दा उनीहरू यौन कुण्ठाको सिकार बन्न पुग्छन् । महिलाको हकमा अनुमति लिएर मात्र यौनसम्बन्धी प्रश्न सोध्ने गरिएको यो जटिल विषयको परामर्शमा संलग्न एक चिकित्सकले बताए । 

कोसी अञ्चल अस्पतालमा दैनिक आउने मानसिक रोगीमा करिब ५० प्रतिशत पुरुष तथा २० प्रतिशत महिलाले मात्र खुलेर यौनजीवनका सम्बन्धमा जानकारी दिने चिकित्सकहरू बताउँछन् । यौन सन्तुष्टिमा कमीका कारण थाहै नपाई महिला तथा पुरुषहरू विभिन्न खालका मनोरोगबाट ग्रसित हुन पुग्छन् । 

लुकाउँदा रोग झनै बल्झिने हुनाले सही उपचारका लागि रोगीलाई विश्वासमा लिएर निर्धक्क बोल्न प्रोत्साहित गर्ने गरिएको डा.पोखरेलले बताए । परामर्शदाताहरूका अनुसार यौनक्रीडाका क्रममा श्रीमती वा महिला मित्रको सहयोग नहुने तथा शीघ्र वा ढिलो वीर्य पतन हुने अधिकांश पुरुषको गुनासो हुन्छ ।

आफूले सन्तुष्टि महसुस गर्नै नपाइ श्रीमान् वा पुरुष साथी चाँडै चरमोत्कर्षमा पुग्दा थप शारीरिक एवं मानसिक तनाव हुने कुरा महिलाहरूले बताउने गरेको चिकित्सकहरू बताउँछन् । डा. पोखरेलका अनुसार यौन उत्तेजनाका क्रममा प्राकृतिक रूपमै छाती एवं यौनांगको आकार बढ्छ । सन्तुष्ट हुन नपाउँदै पुरुष साथी स्खलित भए महिलाको छाती, यौनांग र टाउको दुख्छ अनि निद्रा लाग्दैन, डा.पोखरेलले भन्छन्— कतै कसैलाई भन्न वा सेयर गर्न नसकिने यस्तो समस्याले दैनिक गतिविधि नै प्रभावित हुन्छ । 

डा. पोखरेलका अनुसार जीवनमा चिन्ता वा तनाव जसलाई पनि हुन्छ, त्यसको समाधान नखोज्दा मात्र रोग लाग्ने हो । श्रीमान् विदेशमा रहेका सबै महिला मानसिक रोगले ग्रस्त हुँदैनन् । डा. पोखरेल भन्छन्— समस्या छ भने समाधान पनि छ, आफूलाई परिवेशअनुरूप ढाल्न सक्नेलाई कहिल्यै कुनै समस्याले गाँज्न सक्दैन । एक दशकअघि र अहिले दैनिक उपचारका लागि आउनेहरूको संख्या नियाल्दा मानसिक रोगी निकै बढेको पाइन्छ । डा. पोखरेल १० वर्षअघिको तुलनामा यस्ता बिरामी अढाई गुनाले बढेको बताउँछन् । 

यो र त्यो उमेर समूहका भन्दा पनि किशोरकिशोरीदेखि पाकासम्म मानसिक रोगले ग्रस्त पाइएको डा. पोखरेलले जानकारी दिए । बेलैमा चिकित्सकहाँ पुगे परामर्श एवं औषधीबाट ६ महिनादेखि एक वर्षभित्र यस्ता रोग निको हुने डा. पोखरेल बताउँछन् । 

एक दशकअघिसम्म दैनिक २० जना मानसिक रोगका बिरामी अस्पताल आउने गरेको डा. पोखरेलले बताए । अहिले उक्त संख्या निकै बढेको छ, डा. पोखरेल भन्छन्— अशिक्षा, चेतनाको अभाव र पर्याप्त ज्ञान वा जानकारी नहुँदा अस्पताल वा चिकित्सककहाँ नपुग्ने, धामी–झाँक्रीकहाँ जाने मानसिक रोगीको संख्या योभन्दा धेरै बढी हुन सक्छ । 

यसले समग्र सामाजिक, मानसिक एवं पारिवारिक जीवनमा असर पार्ने हुनाले यो चिन्ताको विषय हो । डिप्रेसन, एन्जाइटी (डर/त्रास), पेनिक फोयिबा (अत्तालिनु/काँम्नु/छिटो श्वास चल्नु) जस्ता सामान्य प्रकारका मानसिक रोग अचाक्ली बढेको उक्त अस्पतालले जनाएको छ । 

विषम सामाजिक परिस्थिति, विभिन्न खालको तनाव, खानपीनमा लापरवाही, कामको भार, अनियमित दिनचर्या एवं दुव्यर्सनका कारणले मानसिक समस्या सिर्जना हुने डा. पोखरेल बताउँछन् । दैनिक आउने मानसिक रोगीहरूमध्ये झन्डै २ प्रतिशत विद्यालय/कलेज पढ्ने डिप्रेसनका सिकार छात्रछात्रा हुन्छन् ।

विद्यालय/कलेज पढ्ने किशोरकिशोरीमा डिप्रेसन देखिने कारणमा रक्सी पिउने बानीका कारणले पिताले समय दिन नसक्नु र बा–आमाले सन्तानको मनोभाव नै नबुझी उच्च आकांक्षा राख्नु भएको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । 

शिक्षित एवं अशिक्षित तथा धनी एवं गरीब दुवै वर्गका केटाकेटीमा यस्तो समस्या पाइन्छ, डा. पोखरेल भन्छन्— बेलैमा उपचार गराउँदा यस्ता बिरामीमध्ये ८० प्रतिशत पूर्णतया स्वस्थ भएका छन् ।’ सबै थोक पुगेका आफ्ना छोराछोरी डिप्रेसनको सिकार हुनै नसक्ने सोचले पनि अभिभावकहरू मनोचिकित्सककहाँ ढिलो पुग्ने गरेको डा. पोखरेलले बताए । चिकित्सकले मानसिक रोगीलाई नियमित औषधी सेवनसँगै पर्याप्त निद्रा, शारीरिक सरसफाइ, स्वस्थ खानपिन एवं वयष्क जोडी भए पर्याप्त यौनसम्बन्ध कायम गर्न सल्लाह दिन्छन् । 

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik