• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
१ नम्बर चुनावी सरगर्मी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

माधव घिमिरे

१ नम्बर चुनावी सरगर्मी
कार्तिक २५, २०७४

 

प्रदेश नम्बर १ का १४ जिल्लामध्ये ७ जिल्ला ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर तथा खोटाङमा पहिलो चरणअन्तर्गत प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन मंसिर १० गते हुँदैछ । उक्त चुनावका लागि चुनावी तालमेल गरेका दलहरूले आ–आफ्नो स्थान छुट्याएर एक–अर्का दलका उम्मेदवारलाई सहयोग गर्ने रणनीति बनाएका छन् । माओवादी केन्द्रले ताप्लेजुङ, पाँचथर र संखुवासभामा एमालेका प्रतिनिधिसभा उम्मेदवारलाई सघाउने भएको छ । कतिपय स्थानमा भने यस्तो तालमेलप्रति असन्तुष्टि देखिएको छ । त्यसैले पनि कतिपय ठाउँमा बागी उम्मेदवारीसमेत परेको छ । 

सोलुखुम्बुमा एमाले र माओवादी दुवैबाट बागी उम्मेदवारी परेपनि त्यो फिर्ता भएको छ । जिल्लास्तरीय नेता–कार्यकर्तामा असन्तुष्टि देखिएकाले केही जिल्लामा वामपन्थी दलहरूबीचको तालमेल एवं चुनावी रणनीतिमै प्रभाव पर्ने देखिन्छ । यसैगरी लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरमबीच पनि विभिन्न क्षेत्रमा तालमेल हुँदैछ । भोजपुरमा कांग्रेसले संघीय समाजवादी फोरमसँग तालमेल गर्ने भएको छ । भोजपुरको प्रदेश ‘ख’ मा कांग्रेसले संघीय समाजवादी फोरमका उम्मेदवारलाई सघाउने भएको छ ।

प्रदेश १ को प्रदेशसभामा जनप्रतिनिधिको संख्या ९३ हुनेछ । तीमध्ये प्रत्यक्षबाट ५६ तथा समानुपातिकबाट ३७ जना चुनिनेछन् । यो प्रदेशमा सम्भावित मुख्यमन्त्रीका रूपमा एमालेका शेरधन राई, भीम आचार्य आदिको नाम चर्चामा छ । राईले भोजपुर ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यसअघि उनी भोजपुर क्षेत्र २ बाट दुई पटक सांसद निर्वाचित भएका थिए । हाल उनी एमालेको प्रदेश नम्बर १ का सह–संयोजक हुन् । 

कांग्रेसबाट झापाका विश्वप्रकाश शर्मा, सोलुका आङगेलु शेर्पा तथा खोटाङका विष्णु राईको नाम सम्भावित मुख्यमन्त्रीका रूपमा चर्चामा छ । झापा १ बाट प्रतिनिधिसभाका लागि शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ, तर उनी मुख्यमन्त्रीको पनि चर्चामा रहेकाले पार्टीले गर्ने निर्णयका आधारमा उनको उम्मेदवारी तय हुने स्रोतले जनाएको छ । शेर्पा र राईले भने प्रदेशसभाका लागि मनोनयन दर्ता गराइसकेका छन् । झापामा दोस्रो चरणमा निर्वाचन हुँदैछ ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको संखुवासभामा प्रतिनिधिसभाका लागि एक जना स्वतन्त्रसहित ११ दलको उम्मेदवारी परेको छ । प्रदेशसभाका लागि क्षेत्र ‘क’ बाट एक स्वतन्त्रसहित ९ दल तथा ‘ख’ मा १ स्वतन्त्रसहित ८ दलले उम्मेदवारी दर्ता गराएका छन् । 

एक निर्वाचन क्षेत्र रहेको ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यका लागि ९ जनाले मनोनयपत्र दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि १ तथा प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेको भोजपुरमा स्वतन्त्रसहित ९ दलले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेकपा माले आदिले उम्मेदवारी दिएका छन् । 

ताप्लेजुङमा प्रतिनिधिसभाका लागि ८ तथा प्रदेशसभाका लागि ७ वटा दलले मनोनयन दर्ता गराएका छन् भने एकजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काठमाडौंबाट दुईपटक पराजित भएका एमाले सचिव योगेश भट्टराईले यसपटक गृहजिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धा कांग्रेसका केशव दाहालसँग छ । ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेर्‍हथुम, भोजपुर, धनकुटा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगामा १ र १ मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ । ओखलढुंगामा ५० हजार ९ सय ९५ पुरुष, ५१ हजार २ सय ६७ महिला तथा १ तेस्रोलिंगी गरी १ लाख २ हजार २ सय ६३, संखुवासभामा ५३ हजार ६ सय ९७ पुरुष तथा ५१ हजार ३ सय ६४ महिला गरी १ लाख ५ हजार ६१, भोजपुरमा ५८ हजार ३ सय ६२ पुरुष तथा ५५ हजार ५ सय ३४ महिला गरी १ लाख १३ हजार ८ सय ९६ मतदाता छन् ।

यसैगरी सोलुखुम्बुमा ३५ हजार १ सय ३८ पुरुष तथा ३४ हजार २ सय ८४ महिला गरी ६९ हजार ४ सय २२, खोटाङमा ६४ हजार ५ सय ७८ पुरुष, ६० हजार ५ सय ९९ महिला तथा १ तेस्रोलिंगी गरी १ लाख २५ हजार १ सय ७८, ताप्लेजुङमा ४१ हजार ३ सय ७४ पुरुष र ३७ हजार ३७ महिला गरी ७८ हजार ४ सय ११ एवं पाँचथरमा पुरुष ६४ हजार ७ सय ९२ तथा ६० हजार ४ सय ३० महिला गरी १ लाख २५ हजार २ सय २२ मतदाता छन् । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा कायम गरिएका मतदानस्थललाई नै प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि समेत कायम गरेको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik