• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
वाम गठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

दुर्गालाल केसी

वाम गठबन्धन र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा
मंसिर २, २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेश नम्बर–५ मा वाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा हुनेछ । तराईका केही जिल्लामा फोरम तथा राजपा पनि मुख्य प्रतिस्पर्धामा छन् । प्रदेशका सबै जिल्लामा वाम गठबन्धनका संयुक्त उम्मेदवार छन् भने कतिपय जिल्लामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भए पनि अधिकांशमा कांग्रेस एक्लै चुनावी मैदानमा छ ।

दाङमा प्रतिनिधिसभा निर्वाचनका लागि तीन निर्वाचन क्षेत्रमा वाम गठबन्धन र कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नम्बर–१ मा वाम गठबन्धनका मेटमणी चौधरी र कांग्रेसकी सुशीला चौधरी, क्षेत्र नम्बर–२ मा वाम गठबन्धनका कृष्णबहादुर महरा र कांग्रेसका राजु खनाल तथा क्षेत्र नम्बर–३ मा वाम गठबन्धनका हीराचन्द्र केसी र कांग्रेसका दीपक गिरीबीच प्रतिस्पर्धा हुँदैछ ।

एमाले स्थायी समिति सदस्य शंकर पोखरेल प्रदेशको मुख्यमन्त्रीको तयारीसहित प्रदेशसभा सदस्य उम्मेदवार भएका छन् । उनीसँग कांग्रेसका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे प्रतिस्पर्धा गर्दैछन् । माओवादी नेता महरा, एमालेका पोखरेल तथा कांग्रेस केन्द्रीय सदस्य दिपक गिरी चुनावी मैदानमा भएकाले दाङको चुनावी भिडन्त रोचक हुने पक्का छ । 

महरा वाम गठबन्धनले जित्ने दावी गर्छन् भने पोख्रेल पनि प्रदेश प्रमुखको उम्मेदवारसहित आएकाले यो गठबन्धन बलियो भएको बताउँछन् । यता कांग्रेसले आफ्नो किल्ला भएकाले वाम गठबन्धनलाई पराजित गर्ने दावी गरिरहेको छ । २०७० को संविधानसभा निर्वाचनमा दाङका पाँचवटै क्षेत्र जितेको कांग्रेस अहिले पनि उत्साहित रहेको कांग्रेस केन्द्रीय सदस्य गिरी बताउँछन् । २०६४ मा सबै क्षेत्र माओवादीले जितेको थियो । स्थानीय तह निर्वाचनमा भने एमालेले दुई उपमहानगरपालिका, एक नगरपालिका र तीन गाउँपालिका गरी ६ तह जित्यो । त्यतिबेला कांग्रेसले तीन तथा माओवादीले एक तह जितेका थिए ।

प्यूठानमा वाम गठबन्धनकी दुर्गा पौडेल र कांग्रेसका डा. गोविन्दराज पोख्रेलबीच प्रतिस्पर्धा हुँदैछ । वामपन्थीको उर्वरभूमीका रुपमा चिनिने प्युठानमा वाम किल्ला जोगाउने र भत्काउने प्रतिस्पर्धा छ । जिल्लामा कम्युनिस्टको पुरानो साख कायम राख्न नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती पौडेल वाम गठबन्धनबाट अघि सरेकी छिन् । वामपन्थीहरू एकजुट भएका बेला नयाँ इतिहास कायम गर्ने अठोटका साथ कांग्रेसले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक पोख्रेललाई मैदानमा उतारेको छ । प्युठानमा २०६४ मा माओवादी तथा २०७० मा एमालेले दुबै क्षेत्र जितेका थिए ।

कांग्रेस भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा भने दोस्रो पार्टी भएको थियो । जिल्लाका नौ तहमध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा एक तथा एक्लै दुई गाउँपालिका जितेको थियो । एमालेले एक्लै एक नगरपालिका र दुई गाउँपालिका जितेको थियो । राष्ट्रिय जनमोर्चा दुई गाउँपालिका र माओवादी केन्द्र एक नगरपालिकामा विजयी भएको थियो ।

रोल्पामा वाम गठबन्धनका उम्मेदवार वर्षमान पुन तथा कांग्रेस उम्मेदवार अमरसिंह पुन पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन् । माओवादी नेता पुन पहिलो संबिधानसभा निर्वाचनमा ललितपुरबाट चुनाव लडेका थिए । उनले गृह जिल्ला रोल्पामा पहिलो पटक प्रतिस्पर्धाको अवसर पाएका छन् । कांग्रेस जिल्ला सभापति पुन पहिलो पटक प्रत्यक्षतर्फको निर्वाचन लड्दैछन् । दोस्रो संविधानसभामा उनी समानुपातिक सभासद थिए । २०६४ र २०७० का संविधानसभा निर्वाचनमा दुवै क्षेत्र माओवादी केन्द्रले जितेको थियो । स्थानीय तह निर्वाचनमा एक नगरपालिकासहित ६ गाउँपालिका माओवादी केन्द्र, दुई गाउँपालिका एमाले र एक गाउँपालिका कांग्रेसले जितेका छन् । 

कान्छो जिल्लाका रुपमा भर्खरै बनेको रुकुम पूर्वमा पनि वाम गठबन्धन र कांग्रेसको प्रतिस्पर्धा छ । वाम गठबन्धनबाट माओवादीकी कमला रोका तथा कांग्रेसबाट हरिशंकर घर्ती चुनावी मैदानमा छन् । रोका पूर्व मन्त्री हुन् भने घर्ती पहिलोपटक चुनावमा प्रतिस्पर्धा गर्दैछन् । २०६४ तथा २०७० का संविधानसभा निर्वाचनमा दुवै क्षेत्र र स्थानीय तह निर्वाचनमा पूर्व र पश्चिम रुकुमका सबै तह माओवादी एक्लैले जितेकाले वाम गठबन्धन अहिले पनि चुनाव जित्नेमा ढुक्क देखिन्छ । यहाँ कांग्रेस आफ्नो मत सुरक्षित गर्ने काममा जुटेको छ ।

२ वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा छ । क्षेत्र नम्बर–१ मा वाम गठबन्धनबाट एमालेका वामदेव गौतम र कांग्रेसका सञ्जय गौतमबीच प्रतिस्पर्धा छ । पटकपटक मन्त्री भएका एमाले उपाध्यक्ष वामदेव र बर्तमान सिचाईमन्त्री सञ्जय गौतमबीचको प्रतिस्पर्धा रोचक हुने पक्का छ । क्षेत्र नम्बर–२ मा लोकतान्त्रिक गठबन्धनका गोपाल दहित र वाम गठबन्धनबाट माओवादीका सन्तकुमार थारुबीच प्रतिस्पर्धा हुँदैछ । दहित र थारु पनि मन्त्री भैसकेका नेता भएकाले प्रतिस्पर्धा राम्रै हुने आँकलन गरिन्छ । स्थानीय निर्वाचनमा ६ वटा स्थानीय तह वामगठबन्धन र २ वटा नेपाली कांग्रेसले जितेको थियो । जिल्लाका राजापुर, मधुवन र बारबर्दिया नगरपालिका एमाओवादीले जितेको छ भने बढैयाताल गाउँपालिकासहित ठाकुरबाबा र बासगढी नगरपालिका एमालेले जितेको छ । यस्तै, नेपाली कांग्रेस गुलरिया नगरपालिकासहित गेरुवा गाउँपालिकामा विजयी भएको थियो । 

बाँकेमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्न कांग्रेस तथा राप्रपाले तालमेल गरेका छन् । क्षेत्र नम्बर–१ मा वाम गठबन्धनबाट माओवादीका महेश्वर गहतराज र कांग्रेसका माधवराम खत्रीबीच प्रतिस्पर्धा हुँदैछ भने २ नम्बर क्षेत्रमा वाम गठबन्धनका पशुपतिदयाल मिश्र तथा कांग्रेस–राप्रपाबाट राप्रपाका ओमप्रकाश आजाद तथा संघिय समाजवादी फोरमका पूर्वमन्त्री इस्तियाक राईबीच प्रतिस्पर्धा छ । ३ मा वाम गठबन्धनबाट एमालेका नन्दलाल रोकाय र कांग्रेसका बादशाह कुर्मीबीच प्रतिस्पर्धा छ ।

कपिलवस्तुका तीन क्षेत्रमा कांग्रेस, वाम गठबन्धन र फोरमबीच प्रतिस्पर्धा छ । १ नम्बर क्षेत्रमा माओवादीका पूर्व डेपुटी कमान्डर चक्रपाणि खनाल र कांग्रेसका पूर्व भारतीय राजदूत दीपकुमार उपाध्यायबीच प्रतिस्पर्धा हुँदैछ । २ नम्बर क्षेत्रमा राजपाका उपमहासचिव बृजेशकुमार गुप्ता सूर्य चिन्ह लिएर चुनाव लड्दैछन् । उनको पूर्व राज्यमन्त्री तथा कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यसँग प्रतिस्पर्धा छ । क्षेत्र नम्बर–३ मा फोरमबाट कांग्रेसमा आएका अभिषेकप्रताप साह तथा फोरमका मंगलप्रसाद गुप्ताबीच प्रतिस्पर्धा हुँदैछ । यसअघिका दुई चुनाव जितेका साह तेस्रोपटक प्रतिस्पर्धामा छन् ।

पाल्पामा १ नम्बर क्षेत्रमा कांग्रेसका विजयराज घिमिरे र एमालेका पूर्वमन्त्री दलबहादुर रानाबीच प्रतिस्पर्धा हुँदैछ भने क्षेत्र नम्बर–२ मा कांग्रेसका निवर्तमान सांसद हरिप्रसाद नेपाल तथा एमालेका पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेबीच प्रतिस्पर्धा छ । उनीहरू दुवै जना पार्टीका केन्द्रीय सदस्य हुन् । 

गुल्मीमा १ नम्बर क्षेत्रमा एमाले केन्द्रीय सचिव प्रदीप ज्ञवाली तथा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । ज्ञवाली र भण्डारी प्रभावशाली नेता भएकाले प्रतिस्पर्धा बढी हुने देखिन्छ । २ नम्बर क्षेत्रमा एमाले केन्द्रीय सचिव गोकर्ण विष्ट तथा कांग्रेसका पूर्व जिल्ला सभापति चन्द्र केसीबीच प्रतिस्पर्धा हुँदैछ । 

अर्घाखाँचीमा प्रतिनिधि सभाका लागि कांग्रेसका डा. रामबहादुर बिसी र माओवादी केन्द्रका टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुँदैछ । त्यहाँ यी दुवै बलिया उम्मेदवार मानिएका छन् । प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर–१ मा कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कान र एमालेबाट चेतनारायण आचार्य तथा २ नम्बर क्षेत्रमा एमालेका रामजीप्रसाद घिमिरे तथा कांग्रेसका हिम्मतबहादुर टण्डनबीच प्रतिस्पर्धा छ ।

रुपन्देहीमा एमाले, कांग्रेस तथा राजपाबीच त्रिकोणात्मक प्रतिस्पर्धा छ । १ नम्बर क्षेत्रमा एमालेका छविलाल विश्वकर्मा र कांग्रेसका अब्दुल रज्जाकबीच प्रतिस्पर्धा छ भने २ नम्बरमा एमाले केन्द्रीय उपमहासचिव बिष्णु पौडेल र कांग्रेसका युवराज गिरीबीच प्रतिस्पर्धा छ । ३ नम्बरमा एमाले उपमहासचिव घनश्याम भुसाल र राप्रपाका दिपक बोहोराबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । ४ नम्बरमा राजपाका राष्ट्रिय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, एमालेका ओमप्रकाश यादव गुल्जारी तथा कांग्रेसका प्रमोद यादवबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने ५ मा कांग्रेसका पूर्वमन्त्री भरत शाह तथा माओवादीका डिलाराम आचार्यबीच प्रतिस्पर्धा हुँदैछ ।

नवलपरासी पश्चिमको १ नम्बर क्षेत्रमा वाम गठबन्धनका ह्दयेश त्रिपाठी तथा कांग्रेसका देवकरण जयसवालबीच रोचक प्रतिस्पर्धा छ । २०७० को संविधानसभा निर्वाचनमा जैसवालले त्रिपाठीलाई हराएका थिए । त्यहाँ अहिले जयसवाल तथा त्रिपाठीमध्ये कसले विजय हात पार्छन् भन्ने चासो सबैमा छ । २ नम्बरमा कांग्रेसका पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल तथा वाम गठबन्धनका माओवादीका घनश्याम यादवबीच प्रतिस्पर्धा हुँदैछ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik