• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मैदानमा चर्चित नेताहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

माधव घिमिरे

मैदानमा चर्चित नेताहरू
मंसिर १६, २०७४

 

प्रदेश १ का सातवटा जिल्लामा चर्चित केन्द्रीय नेताहरू चुनावी मैदानमा छन् । पार्टी प्रमुखदेखि पूर्वप्रधानमन्त्रीसम्मको प्रतिस्पर्धाले दोस्रो चरणमा हुने निर्वाचन रोचक हुने देखिएको छ । यो क्षेत्रमा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, कांग्रेसका केन्द्रीय नेताहरू शेखर कोइराला, विजयकुमार गच्छदार, महेश आचार्य, मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौलालगायत चुनावी मैदानमा छन् ।

यसैगरी चर्चित नेताहरू एमालेका लालबाबु पण्डित, भानुभक्त ढकाल, कांग्रेसका नारायण खड्का, माओवादी केन्द्रका राम कार्कीलगायत पनि प्रतिस्पर्धामा छन् ।

दोस्रो चरणमा ७ जिल्लामा मंसिर २१ गते मतदान हुँदैछ । अब निर्वाचन हुने जिल्लाहरूमा इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र उदयपुर छन् । यी सबैजसो जिल्लामा चर्चित केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा छन् । मुख्य गरी कांग्रेस र वाम गठबन्धनबीच यो क्षेत्रका सबैजसो जिल्लामा प्रतिस्पर्धा हुँदैछ । तराईका मोरङ र सुनसरी जिल्लामा केही मधेसवादी दलको प्रभाव रहेपनि मुख्य रूपमा प्रमुख दलका उम्मेदवार नै चर्चामा छन् ।

प्रदेश १ को प्रदेशसभामा जम्मा जनप्रतिनिधि संख्या ९३ हुनेछ । प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ जना चुनिने छन् । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार १४ जिल्ला रहेको १ नम्बर प्रदेशमा प्रत्यक्ष चुनावबाट प्रतिनिधिसभा सदस्य २८ र प्रदेशसभा सदस्य ५६ जनालाई १४ लाख ८४ हजार ८ सय ८७ महिला, पुरुष १५ लाख ८ हजार ७ सय ६६ र तेस्रोलिंगी १६ मतदाताले मतदान गर्ने छन् ।

१ नम्बर प्रदेशमा सबभन्दा कम मतदाता तेह्रथुममा ६६ हजार ७ सय ४१ मतदाता छन् भने सबैभन्दा धेरै मोरङमा ६ लाख ४४ हजार ७ सय ८५ मतदाता छन् । तेह्रथुम र धनकुटामा १ र १ मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ । उदयपुर र इलाममा २–२, सुनसरीमा ४, झापामा ५ र मोरङमा ६ निर्वाचन क्षेत्र छ । 

रोचक बन्दै चर्चित नेताको प्रतिस्पर्धा

मुख्य दलहरू कांग्रेस र एमालेका शीर्ष तहका केही नेताको यसपालिको प्रतिस्पर्धा छैटौं पटकसम्म पुगेको छ । चार पटकसम्म विजयी एमाले वरिष्ठ नेता झलनाथ खनाल यसपटक फेरि इलाम १ बाट उम्मेदवार बनेका छन् । ०४८, ०५१, ०६४ र ०७० मा उक्त क्षेत्रबाट निर्वाचित भएका खनाल ०५६ मा भने कांग्रेसका बेनुप प्रसाईंसँग ७० मतको अन्तरमा पराजित भएका थिए । यसपालि उनको प्रतिस्पर्धीमा कांग्रेसका भूपेन्द्र कट्टेल उत्रिएका छन् ।

एमाले अध्यक्ष केपी ओली पनि झापा ५ बाट छैटौं पटक प्रतिस्पर्धामा छन् । उनले ०६४ सालको संविधानसभा निर्वाचनबाहेक सबै चुनाव उक्त क्षेत्रबाट जितेका छन् । यसपटक ओलीको प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारी छन् । विजयकुमार गच्छदारको पनि यसपालिको सहभागिता छैटौं हो । कांग्रेसबाट ०४८, ०५१ र ०५६ गरी तीनपटक सुनसरी ३ बाट सांसद बनेका गच्छदार ०६४ मा मधेसी जनअधिकार फोरमबाट उक्त क्षेत्र र मोरङको क्षेत्र ७ बाट विजयी बनेका थिए । त्यसबेला कांग्रेसका शेखर कोइरालालाई उनले पराजित गरेका थिए ।

२०७० मा उनले फोरम लोकतान्त्रिकबाट सुनसरी ३ बाट संविधानसभामा प्रतिनिधित्व गरेका थिए । मोरङ ७ मा पनि उम्मेदवारी दिएका गच्छदार कोइरालासँग पराजित भएका थिए । पार्टी एकीकरणपछि गच्छदार कांग्रेसबाट सुनसरी ३ को प्रतिनिधित्वका लागि चुनावी मैदानमा छन् ।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला झापा ३ बाट प्रतिस्पर्धामा छन् । उपचुनाव निर्वाचनसमेत गरी सिटौलाको यो सातौं प्रतिस्पर्धा हो । ०४८ मा झापा १ मा एमालेका द्रोणाचार्य क्षेत्रीसँग ५ हजार मतले पराजित भएका थिए । कार्यकाल पूरा नभएकै अवस्थामा क्षेत्रीको निधन भएपछि भएको उपनिर्वाचनमा सिटौलाले एमालेका लीला उदासीलाई पराजित गरेका थिए । ०५१ मा एमालेका पुष्प पोखरेलसँग दोस्रोपटक पराजय भोगेका सिटौलाले ०५६ मा एमालेकै नारायण राजवंशीलाई पराजित गर्दै संसदमा प्रतिनिधित्व गरेका थिए । ०६४ मा माओवादीका पूर्ण राजवंशीसँग पराजित भएका सिटौला ०७० मा राप्रपाका राजेन्द्र लिङदेनलाई पराजित गरी विजयी बनेका थिए । यसपटक सिटौलाको प्रतिस्पर्धा राप्रपाका लिङदेनसँगै हुँदैछ ।

कांग्रेस केन्द्रीय सदस्य महेश आचार्य यसपटक चौथो चुनावी यात्रामा छन् । २०४८ मा राष्ट्रियसभा सदस्य भएका आचार्य २०५६ को निर्वाचनमा मोरङ ६ बाट एमालेका उम्मेदवारलाई पराजित गरी सांसद बनेका थिए । २०६४ मा भने यही क्षेत्रमा मधेसी जनअधिकार फोरमका भीमराज राजवंशीसँग पराजित भएका थिए । २०७० को निर्वाचनमा लोकतान्त्रिक फोरम नेपालका भक्ति माझीलाई पराजित गर्दै जित हात पारेका थिए । आचार्य यसपटक वाम गठबन्धनका माओवादी उम्मेदवार अमनलाल मोदीविरुद्ध मैदानमा छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik