• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सुदूरपश्चिमको चुनावी लेखाजोखा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सुदूरपश्चिमको चुनावी लेखाजोखा
मंसिर १६, २०७४

 

दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर ७ मा मंसिर २१ गते डडेलधुरा, अछाम, डोटी, कैलाली र कन्चनपुरमा निर्वाचन हुनेछ । प्रदेशसभाका ३२ मध्ये २४ निर्वाचन क्षेत्र र प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमध्ये १२ निर्वाचन क्षेत्रमा दोस्रो चरणमा निर्वाचन भैरहेको छ । 

यो निर्वाचनमा डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवा, अछाममा एमाले उपाध्यक्ष भीम रावल, डोटीमा भौतिक योजनामन्त्री वीरबहादुर बलायर, कैलालीमा माओवादी प्रदेश नं. ७ का इञ्चार्ज पूर्वमन्त्री लेखराज भट्ट, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, कांग्रेसका प्रभावशाली नेता सुनिल भण्डारी, पूर्वमन्त्री रामजनम चौधरी, पूर्वमन्त्री गौरीशंकर चौधरी, पूर्वमन्त्री मोहन सिंह राठोर, कन्चनपुरमा पूर्वमन्त्री एनपी साउद, रमेश लेखक र प्रचण्डकी बुहारी बिना मगरलगायतका प्रमुख नेताहरूको प्रतिष्ठा दाउमा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका खगराज भट्टले प्रतिस्पर्धा गरिरहेका छन् । भट्ट यसअघिका दुवै संविधानसभा निर्वाचनमा देउवाबाट पराजित भएका हुन् । स्थानीय निर्वाचनको मत परिणामअनुसार डडेलधुरामा वाम गठबन्धन ९ हजार मतले अघि छ । वाम गठबन्धन जसरी पनि यस पटक निर्वाचन जित्ने दाउमा छ । प्रधानमन्त्री देउवालाई पार्टी भित्रबाट असहज नभए पनि प्रदेश सभामा भने कांग्रेसको स्थिति कमजोर देखिएको छ । देउवाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दुवै गुटका नेता रघुवर भट्ट र कर्णबहादुर मल्ललाई प्रदेश सभामा उम्मेदवार बनाएका छन् । 

अछाममा एमाले उपाध्यक्ष भीम रावलसँग क्षेत्र नं १ मा कांग्रेसका पुराना नेता भरत स्वाँरले प्रतिस्पर्धा गरिरहेका छन् । जिल्ला विकास समितिका सभापति रहिसकेका स्वाँर कांग्रेस अछामका सभापति पनि हुन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेसभन्दा वाम गठबन्धन झन्डै १२ हजार मतले अघि छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा वर्तमान सरकारका मन्त्री वीरबहादुर बलायर र एमाले नेता प्रेम आलेको प्रतिस्पर्धा भैरहेको छ । आले निवर्तमान निर्वाचित सांसद हुन् । दुवैबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कैलाली जिल्लामा भने तत्काल नै निर्वाचनमा हुने हारजितको आंकलन गर्न कठिन छ । प्रधानमन्त्री पत्नी आरजु देउवा यो प्रदेशको सम्भावित राजधानी धनगढी क्षेत्रबाट मैदानमा छन । यो क्षेत्रबाट ३२ हजारभन्दा बढी मत संख्या भएका राना थारु समुदायमा चर्चामा रहेका एमाले नेता नारदमुनि रानालाई वाम गठबन्धनले उम्मेदवार बनाएको छ । स्थानीय भर्सेज टुरिस्ट उम्मेदवारको नारा लागेपछि प्रधानमन्त्री पत्नी देउवाले ३ करोड बढी मूल्यमा धनगढीमा घरसमेत किनेकी छिन् । कैलालीको क्षेत्र नं ४ मा माओवादी प्रदेश इन्चार्ज पूर्वमन्त्री लेखराज भट्ट र कांग्रेसमा देउवा पछि यो क्षेत्रमा प्रभावशाली मानिने नेता सुनिल भण्डारीकाबीच कडा प्रतिस्पर्धा छ । यो क्षेत्रमा डोटीबाट बसाई सरेका मतदाताको ठूलो संख्या छ । 

भट्ट र भण्डारी दुवै डोटीको गढसेरा क्षेत्रबाट बसाई सरेका हुन् । थारु मतदाता यो क्षेत्र निर्णायक भूमिकामा छन् । माओवादी नेता भट्ट बिगतमा थरुहट आन्दोलनका विपक्षमा अखण्ड सुदूरपश्चिमका पक्षमा लागेको आरोप थारुहरूले लगाएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी भने प्रत्यक्ष निर्वाचनमा पहिलो पटक उम्मेदवार भएका हुन् । कैलालीको क्षेत्र नं ३ मा नेपाली कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरी र वाम गठबन्धनका गौरीशंकर चौधरीबीच पनि कडा प्रतिस्पर्धा छ । कैलालीको क्षेत्र नं १ मा दुई महिला नेतृबीच पनि कडा प्रतिस्पर्धा छ ।

कांग्रेसले ईश्वरी न्यौपाने र वाम गठबन्धनले एमाले नेतृ गरिमा शाहलाई उम्मेदवार वनाएको छ । क्षेत्र नं २ मा एमाले परित्याग गरी कांग्रेसबाट उम्मेदवार बनेका पूर्वमन्त्री मोहन सिंह राठोर र वाम गठबन्धनबाट राठोर मन्त्री हुँदा निजी सहायक रहेका झपट रावलबीच प्रतिस्पर्धा छ । 

कन्चनपुरमा कांग्रेसका दुई चर्चित नेताको प्रतिष्ठा दाउमा छ । पूर्वमन्त्री रमेश लेखक कन्चनपुर क्षेत्र नं ३ बाट उम्मेदवार छन् । लेखकसँग एमालेका डा. दीपकप्रकाश भट्टले प्रतिस्पर्धा गरिरहेका छन् । कन्चनपुरको क्षेत्र नम्बर २ मा पूर्वमन्त्री एनपी साउदसँग एमालेका नरबहादुर धामीले प्रतिस्पर्धा गरिरहेका छन् । धामी यसअघि कांग्रेसका बहादुरसिंह थापासँग पराजित भएका थिए । 

कन्चनपुर क्षेत्र नम्बर १ मा माओवादी अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालकी पत्नी बिना मगर वाम गठबन्धनकी उम्मेदवार छिन् उनीसँग कांग्रेसका दिवान सिं बिष्टले प्रतिस्पर्धा गरिरहेका छन् । यसअघिको निर्वाचनमा पनि बिष्टले मगरलाई पराजित गरेका थिए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik