• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
बुद्ध कहाँ जन्मिएका थिए ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अधिकारी रवीन्द्र

बुद्ध कहाँ जन्मिएका थिए ?
मंसिर २९, २०७४

 

बेलाबेलामा बुद्ध कहाँ जन्मिएका हुन् भन्ने विषयले हाम्रो देशलाई तताउँछ । भर्खरै दलाई लामाको बुद्ध भारतीय हुन् भन्ने अभिव्यक्तिले यो विवादलाई पुन: शिखरमा पुर्‍यायो । 

यो एउटा परापूर्व कालको कुरा हो । शाक्य राज्यमा करिब २ हजार ६ सय वर्षअघि मायादेवीको कोखबाट हालको लुम्बिनीको कुनै जङ्गलमा सिद्धार्थ गौतम जन्मिएका थिए । कल्पना गर्नुहोस्, त्यो त्यस्तो समय थियो जतिबेला यो भूभाग त थियो तर देश थिएन । न त भारत थियो न त नेपाल नै तसर्थ यदि बुद्ध नेपाली थिएनन् भने निश्चय पनि भारतीय पनि हुन सक्दैनन् । त्यो लडाइँ गरेर जितेजति भूभाग आफ्नो बनाउने समय थियो । 

समयसँगै धेरै राजनैतिक उथलपुथल भयो । त्यही क्रममा देशहरू सीमाबद्ध भए र संयोगवश सिद्धार्थ गौतम जन्मिएको भूमि नेपालमा पर्न गयो । यो एक विशुद्ध ‘लक’ को कुरा थियो, कसैले गौरव गर्नुपर्ने अवस्था होइन, किनभने जति सजिलै त्यो पवित्र भूमि नेपालमा पर्‍यो ठीक त्यसरी नै भारतमा पनि पर्न सक्थ्यो । 

यहाँ म दुई फरक अस्तित्वको व्याख्या गर्न खोज्दै छु । सिद्धार्थ गौतम र गौतम बुद्ध । सिद्धार्थ गौतम तपाईं–हामीजस्तै एक सामान्य व्यक्ति थिए । उनमा असख्ंय मानवीय दुर्गुणहरू थिए । दरबारिया सुख–सयल त्यागेर उनी ज्ञानको खोजीमा भौंतारिइरहे । अन्तत: तीनै सिद्धार्थ गौतमले भारतको बोधगया भन्ने ठाउँमा बुद्धत्व प्राप्त गरेर गौतम बुद्ध बने । 

भुल्न नहुने कुरा, सिद्धार्थ गौतम एक नश्वर भौतिक शरीर मात्र थियो जो हाल नेपालमा पर्ने भूमिमा एक महिलाको कोखबाट जन्मिएका थिए, तर गौतम बुद्ध एक आध्यात्मिक युगपुरुष हुन् जसको विकास भारतको माटोमा भयो, अर्थात सिद्धार्थ गौतम एक पूर्ण बुद्ध हुँदासम्मका अनेकन् दु:ख, संघर्ष, तपस्याका आरोह–अवरोहहरू छन् । त्यो कथा हालको नेपालबाट सुरु हुन्छ र हालको भारतमा पुगेर समाप्त हुन्छ ।

जब बुद्धका उपदेश नै केवल ग्रन्थमा सीमित हुने अवस्था आइसकेको छ, जब हामी बुद्धको शिक्षा एकरत्ति अनुसरण गर्दैनौँ भने बुद्ध हाम्रै देशमा जन्मिएका हुन् भनेर डाँको मात्र छोड्नुको कुनै तुक छैन । विश्वको सबैभन्दा शान्त भूमि नेपाल हो ? होइन । नेपालमा सबैभन्दा बढी बौद्ध धर्मावलम्बी छन् ? छैनन् । बुद्धको सत्मार्गलाई फैल्याउन हामीले के–के गरेका छौं ? यी प्रश्नहरूको जवाफ हामीसँग छ ?

जबकि अरू देशहरू आफंैले सिर्जना गरेका कुरामा दम्भ गर्छन् । स्वीसहरू घडीको धाक लगाउँछन्, फ्रेन्चहरू आइफिल टावरको अनि चिनियाँहरू ग्रेटवालको, तर हामी जे कुरा संयोगले भएको छ वा प्रकृतिप्रदत्त छ त्यसमै गौरव गरेर जुनी कटाउँछौं– बुद्ध नेपालमा जन्मिएका थिए, सगरमाथा नेपालमा पर्छ । हाम्रो आफ्नो पौरखले जे कुरा भएको छ त्यसमा पो गौरव गर्ने हो । कति बुद्ध, सगरमाथाको धाक लगाएर कराइरहने ? 

एकताका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएर बुद्ध वाज बर्न इन नेपाल भन्दिए एक महिनासम्म हामीले मोदीकै गुणगान गाएर समय बितायौँ । अहिले दलाई लामाले फेरि बुद्ध वाज इन्डियन भन्दिए, हामीलाई के चाहियो ? अब महिनौंसम्म हामी दलाई लामालाई सरापेर बस्न बेर लाउँदैनौं । 

थाहा छ हामी नेपालीले किन प्रगति गर्न नसकेको ? हामी बारम्बार अतीतमा फर्कन्छांै, अतीतमै रमाउँछौँ । कमसेकम वर्तमानलाई उपयोग गरेको भए पनि केही न केही प्रगति हुन्थ्यो । अरु देशहरू अतित र वर्तमानलाई छोडेर भविष्यका योजना बुन्छन्, तर हाम्रो चासो बुद्ध नेपालमै जन्मिएका हुन् भनेर अरुले भनिदिएको सुन्नेमा छ । हिजो पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेका हुन्, तर राजतन्त्रको अन्त्यसँगै हामी उनकै सालिक तोड्न–फोड्न व्यस्त रह्यौँ । राष्ट्रनिर्माताप्रति यस्तो अपमानको उदाहरण संसारमा अन्यत्र कहीं फेला पार्न सकिँदैन ।

त्यही बुद्धको जन्मभूमिमा अरू एक सय जना बुद्ध जन्माउन हामी किन गृहकार्य गर्दैनौँ ? अथवा तपाईं–हामीमध्येकै कोही बुद्धभन्दा ठूला वा यस्तै अन्य विधामा स्रष्टा हुन सक्थ्याँै, तर भएनौं किन ? किनभने हामीलाई आफूले अनुभवै नगरेको, देख्दै नदेखेको त्यही पुरानो बुद्धमा रमाउन पाए पुगेको छ । 

बेलाबेलामा वा यदाकदा सुनिने बुद्धसम्बन्धी वाक्यले हामी यति बिघ्न रुमलिन्छाँै भने सोच्नुहोस्, हामी नेपाली कति कमजोर छौँ ? जे कुरा शाश्वत छ त्यो कुरालाई दुई–चार जनाको आवाजले कदापि हल्लाउन सक्दैन । यदी बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौ भने किन यस्तो रडाको ? 

अब दिल चौडा गरौँ । बुद्ध विश्वका साझा सम्पत्ति हुन् जसलाई तेरो र मेरो भनेर अंशबन्डा गर्न मिल्दैन । भनौ सबैले– बुद्ध वाज बर्न इन दिस अर्थ । अनि प्रण गराँै– अब आइन्दा यस्ता झिना–मसिना कुरामा हामी अल्झिने छैनौं । बुद्ध कहाँ जन्मिए भन्ने संकुचित कुरामा बिलौँना गर्नुभन्दा बुद्धले प्रतिपादन गरेका सन्देशहरूलाई अङ्गिकार गरौं अनि बुद्ध जन्मिएको पवित्र स्थल हाल नेपालमा छ भनेर त्यसको प्रवद्र्धनमा लागौं ।

             [email protected]

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik