• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
यसरी टुंगियो बलात्कारीको अमेरिका यात्रा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

पर्वत पोर्तेल

यसरी टुंगियो बलात्कारीको अमेरिका यात्रा
माघ ३, २०७४

 

२०५७ मा चन्द्रगढी, झापाको साविक वडा नम्बर–३, पुहाँतुवारीमा एउटा भयानक बलात्कारको घटना घट्यो । सभ्य समाजमा कल्पनै गर्न नसकिने उक्त घटनामा १९ वर्षीया सन्ध्या राजवंशी बलात्कृत मात्र भइनन्, त्यही कारणले उनको ज्यानसमेत गयो । 

सन्ध्याको बलात्कारपछि हत्या गरेपछि जन्मकैदको फैसला सुनाइएका लीलाराज गौतम घटना भएको करिब १७ वर्षपछि पक्राउ परेका छन् । त्यो पनि सपनाको देश मानिने अमेरिकामा । बलात्कारपछिको हत्यामा संलग्न अन्य दुई जना सिताराम बस्नेत तथा मनोज खड्का यसअघि नै पक्राउ परिसकेका थिए ।

यसले ढिलै भए पनि अपराधीहरू कानुनी कठ्घरामा परेरै छाड्छन् भन्ने कुरा भन्ने कुरा फेरि एक पटक पुष्टि भएको छ । झापामा सन्ध्याको बलात्कारपछि हत्या गरेर अमेरिका छिरेका गौतमलाई नेपाल प्रहरीले अमेरिकी प्रहरीको सहयोगमा इन्टरपोलमार्फत कानुनी दायरामा ल्याएको हो । ‘उनी हाम्रो पहलमा इन्टरपोलमार्फत अमेरिकामा पक्राउ परेका हुन्,’ नेपाल प्रहरीको इन्टरपोल शाखा हेरिरहेकी एसपी किरण बज्राचार्यले साप्ताहिकसँग भनिन्, ‘उहाँहरूले यो केसमा सपोर्ट गर्छु भनिरहनुभएको छ । अहिले नै केही भन्न सक्ने अवस्था छैन् ।’ उनले त्यसका लागि आफूहरूले इन्टरपोल वासिंगटनसँग सम्पर्क गरिरहेको र डकुमेन्टेसनका कामहरू भैरहेको बताइन् । 

सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका गौतम भारत हुँदै अमेरिका पुगेका थिए । त्यहीं उनलाई अमेरिकी प्रहरीले गिरफ्तार गरेको छ । गौतमको गिरफ्तारीपछि नेपाल फर्काउन नेपाल प्रहरीले इन्टरपोलमार्फत काम गरिरहेको छ । १७ वर्ष पुरानो घटना भए पनि प्रहरीले इन्टरपोलमार्फत यो सफलता हात पारेको हो, जसले लामो समयदेखि न्याय पाउने आशामा रहेका सन्ध्याका परिवारजनलाई थोरै भए पनि राहत प्रदान गरेको छ । 

यसरी भएको थियो घटना

२०५७ असोज २९ गते । साँझ पर्न लागेको थियो । १९ वर्षीया सन्ध्या कामबाट केही समय पहिले मात्र घर आइपुगेकी थिइन् । उनी भद्रपुरको मोमेन्टो एपरेल्स उद्योगकी श्रमिक थिइन् । सन्ध्या घरको पिँढीमा बसेर खाना खाइरहेकी थिइन् । त्यही बेला स्थानीय सीताराम बस्नेत सन्ध्याको घरमा पुगे । उनले सन्ध्याको कानमा खासखुस गरे अनि फर्किए । सन्ध्याका पिता राजकुमारका अनुसार खाना खाएपछि सन्ध्याले एक छिन चोक पुगेर आउँछु भनिन् । उनका बुवाआमाले नाइँनास्ति गरेनन् । ७ बजेतिर घरबाट सीतारामको पछिपछि निस्किएकी उनी अबेरसम्म घर फर्किनन् । 

‘छोरी राती घर आइनन्’, राजकुमारले भने, ‘कतै साथीहरूसँगै बसी होला भन्ने भयो ।’ भोलिपल्ट बिहानै गाउँमा एउटा हल्ला भुसको आगोझंै सल्कियो । चारआली जंगलनजिकै एउटी केटी झुन्डिएकी छे भन्ने । त्यो भुसको आगो सन्ध्याको घरसम्म पुग्यो । उक्त कुरा सुनेर वुवा राजकुमारको मनमा चिसो पस्यो । हाप र झाँप गर्दै उनी घटनास्थल पुगे । त्यहाँ त उनकी जवान छोरी सन्ध्या बकैनाको रूखमा झुन्डिएकी थिइन् । 

राजकुमारले छोरीलाई अघिल्लो दिन भेट्न आउने सीताराम बस्नेत विरुद्ध किटानी जाहेरी दिए— प्रहरीमा । सीतारामसँगै मनोज खड्का र लिलाराज गौतम पनि उक्त घटनामा मुछिएपछि राजकुमारले तीनै जनाविरुद्ध जन्मकैदको मागदावीसहित जाहेरी दिए । 

प्रहरी अनुसन्धानबाट सन्ध्याको बलात्कारपछि हत्या गरी झुन्ड्याइको तथ्य अगाडि आयो । उक्त कार्यमा सीतारामसहित तत्कालीन शाही नेपाली सेनाका सिपाही स्थानीयवासी खड्का र सन्ध्याकै छिमेकी गौतमको समेत प्रत्यक्ष संलग्नता पुष्टि भएको सर्वोच्च अदालतको मिसिलमा उल्लेख छ । यद्यपि प्रहरीसँगको बयानमा भने तीनै जनाले अपराध स्वीकार गरेको देखिँदैन । ढिलै भए पनि छोरीका हत्याराहरू कठघरामा परेकोमा सन्ध्याका बुबा राजकुमारले हर्ष व्यक्त गरे । उनले भने, ‘सत्यको कहिल्यै हार हुँदैन ।’

गौतम कसरी पुगे अमेरिका ?

जिल्ला अदालत झापाले २०५७ कात्तिक २८ गते हत्याका आरोपीमध्ये गौतम र बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको र अर्का आरोपी तत्कालीन शाही नेपाली सेनाको रणसिंह दल गुल्म ओखलढुंगामा कार्यरत सिपाही मनोज खड्कालाई चाहिँ अदालतले खोजेका वेला दाखिला हुने गरी चारआलीस्थित तत्कालिन सिंहवाहिनी गणको हिरासतमा राख्न पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरी अनुसन्धानबाट राजवंशीको सामुहिक बलात्कारपछि हत्या भएको पुष्टि हुन्छ । सन्ध्याका बुबा राजकुमारले छोरीको हत्याका आरोपीलाई जन्मकैदको मागदावीसहित मुद्धा दर्ता गराएका थिए, तर अपराध पुष्टि भए पनि झापा जिल्ला अदालतको फैसला उल्ट्याउँदै पुनरावेदन अदालत, इलामले २०५८ चैत २८ गते तीनै जना आरोपीलाई सफाइ दिएको थियो । 

सफाइ पाएलगत्तै गौतम केही समय भारतमा बसे भने अरू दुई जना नेपालमै थिए । भारतीय महिलासँगै विवाह गरेका गौतम भारतीय बाटोबाटै अमेरिका पुगेको स्रोतले जनाएको छ । पुनरावेदन अदालत, इलामको फैसला नमिलेको भन्दै सर्वोच्च अदालतले २०६६ भदौ २९ गते तीनै जना आरोपीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल १३ (३) अनुसार जन्म कैदको सजाय हुने गरी फैसला गरेको थियो ।

सर्वोच्चले फैसला गर्दा गौतम अमेरिका पुगिसकेका थिए भने अन्य दुई जना नेपालमै थिए । लामो समय लुक्दै भाग्दै हिँडेका बस्नेत र खड्कालाई २०७१ मा प्रहरीले राजधानी काठमाडौंबाट पक्राउ गरेको थियो । गौतम भने घटना भएको करिब १७ वर्षपछि मात्र प्रहरी फन्दामा परे त्यो पनि विदेशी मुलुक अमेरिकामा ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik