साप्ताहिक संवाददाता
माघ ७, २०७४
चलचित्र ‘शत्रु गते’ पहिलो सार्वजनिक गीतले नै अत्याधिक सफलता पाएपछि अहिले कलाकार तथा निर्माताहरु निक्कै हौसिएका छन् । चलचित्रको सार्वजनिक ‘रुपै मोहनी’ बोलको गीतले छोटो समयमा नै नेपाल ट्रेण्डीङको नम्बर २७ मा रहदै ५० लाख बढी भ्युज पाएको छ ।
उक्त गीतमा लोकराज अधिकारीको शब्द तथा टंक बुढाथोकीको संगीत रहेको छ । गीत गायिका मिना निरौला र टंक बुढाथोकीले गाएका छन् ।
कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुले गीतमा नृत्य गरेका छन् ।
प्रदीप भट्टराईले निर्देशन गरेको यो चलचित्र चैत्र ९ गते रिलिजको तयारीमा छ ।
रुपै मोहनीको भिडियो :