चौथों चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । पर्यटन प्रबर्धन र स्थानीय घरेलु उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले पश्चिमको ठूलो व्यापारिक केन्द्र चन्द्रौटामा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको आकर्षण वुद्ध परिपथ रहेको छ । त्यहा लुम्विनी स्थित मायादेवी मन्दिर र तिलौराकोट स्थित राजा शुद्धोदनको राजप्रासाद रिप्लिका देखाईएकोछ । महोत्सवमा कृषि र घरेलु उद्योगका उत्पादन, हस्तकला र लघु उद्यमका उत्पादन राखिएकोछ । महोत्सवमा दैनिक राष्ट्रिय कलाकारले गीत गाएर र हाँस्य व्यग्य प्रहर्शन गरेर दर्शकलाई भरपुर मनोरञ्जन गराउने कार्यक्रम छ संयोजक जमसेरअली मियाले भने पश्चिमका पर्यटकीय स्थल शोनवागढ र शिवगढी मन्दिर पनि बनाएर प्रर्दशन गरेको छौं ।
हिन्दुसंगसंगै र मुस्लिम धर्मावलम्बीको आस्था बढाउन मस्जिदको पनि रिप्लिका बनाएर प्रर्दशन गरेको छौं उनले भने नया स्वादका रुपमा मरुभूमिमा पाईने ऊट नाच पनि देखाएको छौं । त्यस्तै इलेक्ट्रिक तथा ईलेक्ट्रोनिक्स र विज्ञान प्रविधिका स्टल रहेका छन् । थारु, नेवारी, थकाली र अवधि परिकारका आकर्षण पनि रहेकोछ । त्यस्तै तयारी कपडा, जुत्ता, उपभोग्य सामग्री, खाद्यान्य र सावरी साधनका स्टल पनि छन् । यस्तै महोत्सवका आकर्षणका रुपमा रोटे पिङ, मौतका कुवा, ढोंगा पिङ, ड्राइगन ट्रेन र बाल उद्यान पनि छन् ।
महोत्सवमा रहेका स्टलको बिमा समेत गरिएकोछ । महोत्सवमा २ सय ४० स्टल छन् । १ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा १० करोडको कारोवार हुने बताईएकोछ । कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान, आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान नारा सहित माघ १७ गतेदेखि २८ गतेसम्म महोत्सव संचालन हुनेछ । कसिलो सुरक्षा व्यवस्था बनाउने १६ वटा सिसि क्यामरा लगाई २४ घण्टा अनुगमन गर्ने व्यवस्था गरिएकोछ ।