• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
जीवन परिवर्तन हुन सक्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जीवन परिवर्तन हुन सक्छ
माघ २५, २०७४

 

 रिसको उल्टो सरी पनि हुन्छ । कहिलेकाहीं उल्टो बोल्दा पनि फाइदा मिल्छ ।

 मेरो एउटा पनि शत्रु छैन, शत्रु देख्यो कि म सिध्याइहाल्छु, उसलाई साथी बनाएर ।

 

 सहर र गाउँमा दुई फरक छन् : सहरमा घरहरू नजिक–नजिक हुन्छन् तर मनहरू टाढा–टाढा हुन्छन्, गाउँमा घरहरू टाढा हुन्छन् तर मनहरू नजिक हुन्छन् । सहरका घरहरू पक्का हुन्छन् तर सम्बन्ध कच्चा हुन्छन्, गाउँका घरहरू कच्चा हुन्छन् तर सम्बन्धहरू पक्का हुन्छन् ।

 मानिसहरूले तब मात्र तिम्रो हात समाउँछन् जब उनीहरूलाई थाहा हुन्छ कि तिमी एक्लै पनि अघि बढ्न सक्छौ ।

 

 दुनियाँमा एउटा पनि समस्या नभएको मान्छे को होला ? (एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो) ।

 क्षमता छ भन्दैमा हुँदैन, वर्षौंदेखि सूर्यले जलाउन नसकेको कागजलाई एउटा सानो हाते लेन्सले दुई मिनेटमै त्यही सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने वर्षौं लगाए पनि एउटा काम सफल हुन सक्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुहोस् कि तपाइँको दिमागबाट पनि आगो वर्षियोस् । 

 

 कुनै पनि मानिस असाधारण हुँदैन, सबै हामीजस्तै हो सामान्य हुन्छन्, तर सही समयमा सही निर्णय लिँदा उनीहरू असाधारण बन्छन्, यो एउटा कला पनि हो । 

 कहिल्यै हिम्मत हार्नु हँुदैन, किनभने पहाडबाट निस्किएको नदीले कहिल्यै कसैसँग सोधेको छैन कि समुद्र कहाँ पर्छ ? 

 नदीमा हाम फाल्दैमा कसैको मृत्यु हुँदैन । मृत्यु त तब हुन्छ जब कसैलाई पौडन आउँदैन । परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउँदैन । 

 

 परिस्थिति आफ्नो अनुकूल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउनतिर लाग्नु उपयुक्त हुन्छ, किनभने संसारको नियम नै यस्तो छ कि जब हावा चल्छ त्यसले बल्ल–तल्ल बल्न थालेको झुपडीको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जंगलको आगोलाई अझ दन्काइदिन्छ ।

 यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुहोस् सिद्धान्त होइन, किनभने रूखले हमेसा पात बदल्छ, जरा होइन । 

 

 जीवनमा जति नै दु:ख परे पनि कहिल्यै नआत्तिनु किनभने बिहान हुन उषाका किरणसँगै शीतका थोपा झर्नुपर्छ अनि खुसी हुन दुई नयनबाट आँशुका थोपा बग्नुपर्छ । 

 लापरवाहीसँग जंगलमा फालिएको एउटा सानो झिल्कोले डढेलो लगाउन सक्छ, तर आवश्यकताको बेला एउटा चुलो सल्काउन पनि पूरै बट्टा सलाई चाहिन्छ ।

 

 तिमी कसैको कामको त्यतिबेला आलोचना गर जब तिमी ऊभन्दा अब्बल काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनु हुँदैन जसले कागजलाई नै खरानी बनाओस्, बरु कैँची जस्तो होस् ताकि कागजलाई काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् । 

 हजारौं युद्ध जित्नुभन्दा महत्वपूर्ण कुरा हो आफैंलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिँदैन । 

 देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्राय: देखिँदैनन् ।

 जो भुइँमा सुत्छ, ऊ खाटबाट खस्न सक्दैन ।

 

 मीठो गीत, फिल्म, साहित्य अथवा स्मृति पढेर, हेरेर वा सुनेर आँसु झर्छ भने सम्झनुहोस्, तपाईंको ह्दय ढुङ्गा भैसकेको छैन ।

 कतिपय सम्बन्ध तिहारमा पकाइएको सेल जस्ता हुन्छन् । नयाँ हुँदा खासै टेस्ट पर्दैन तर जति बासी भयो त्यति नै मीठो हुन्छ ।

 मुस्कुराइरहनु नै आफ्ना शत्रुका लागि सजाय हो ।

 असफलता झेल्ने आँट नभएकाहरू सफलताको हकदार हुन सक्दैनन् ।

 

 बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।

 सबथोक पाएर दु:खी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।

 हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।

 सम्पत्ति नभएर गरिब भइँदैन, आफूसँग भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।

 सबैभन्दा सस्तो औषधि हाँसो हो, किनभने यसको कमी भयो भने सबैभन्दा महँगो औषधि खान बाध्य भइन्छ ।

 

 सुख खोज्नु पर्दैन, दु:खको सदुपयोग गरे पुग्छ ।

 अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।

 एक्लो मान्छे बाटो हिँड्दाहिँड्दै जब केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो हाँसो त्यही हुन्छ ।

 जुन रोगको उपचार छैन त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निस्कन्छन्, अनि जुन समस्याको समाधान छैन त्यसमा सल्लाह दिने अनगिन्ती सल्लाहकार निस्कन्छन् ।

 चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडा पनि । मान्छे पनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा । 

 

 हजार खोक्रा शब्दभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।

 जिब्रो एउटा त्यस्तो छुरी हो जसले रगत ननिकाली काट्न सक्छ ।

 हाम्रो मस्तिष्क नै सबैथोक हो । हामी जे सोच्छौं त्यही बन्छौं ।

 हावाले भरीएको बेलुन र घमन्डले भरिएको मान्छे उस्तै–उस्तै हुन्, जसलाई फुटाउनै पर्दैन, आफैं फुट्छन् ।

                                                                 रामेश्वर खनालको फेसबुकबाट 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik