• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
यौन सम्बन्धलाई स्वस्थ मान्न सकिन्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

करुणा कुँवर

यौन सम्बन्धलाई स्वस्थ मान्न सकिन्छ
माघ २६, २०७४

मैले स्वस्थ यौन सम्बन्धका बारेमा सुनेकी थिएँ, यसका बारेमा केही प्रस्ट पारिदिनुहोला । के सबै जोडीको यौन सम्बन्धलाई स्वस्थ मान्न सकिँदैन ? स्वस्थता भन्नाले कुन–कुन पक्ष समेटिन्छ ?

                                                                                   -सुफी

यौन ऊर्जा प्राकृतिक रूपमा शक्तिशाली हुन्छ । जसरी सूर्य, पानी, हावा वा हाम्रो आफ्नै हाँसोसँग अथाह शक्ति हुन्छ त्यसरी नै स्वस्थ यौन जीवनले जीवन सकारात्मक वा नकारात्मक कस्तो हुने हो, तय गर्छ । दम्पतीबीचको रोचक सम्बन्ध ओछ्यानमा भेटिने एउटा सुप्राप्य र सुगम सुख हो । हामी सबैले त्यसलाई सुन्दर बनाउनेतिर लाग्नुपर्छ । मनोविज्ञानले भन्छ, सचेत सकारात्मक अभिव्यक्तिले मनोबल, शारीरिक स्वास्थ्य एवं भावनात्मक सम्बन्धलाई बढावा दिन्छ । दम्पतीले आपसमा कुराकानी गर्ने, भावना साटासाट गर्ने, एक–अर्कालाई बुझ्न प्रयास गर्ने, केही काल्पनिक पनि हुँदै जाने र अन्तिम अवस्थामा चरम रमाइलोमा डुब्ने हो भने यौनको सन्तुष्टि र त्यसले शरीरलाई दिने लाभको कुनै सीमा छैन ।

सन् १९९७ मा प्रकाशित ब्रिटिश जर्नलका अनुसार उत्साही, सकारात्मक र मनोरञ्जक यौनसम्बन्धले मृत्यदर आधाले घट्नुका साथै मानिसहरूको सुँघ्न सक्ने क्षमतासमेत वृद्धि हुन्छ । ह्दयाघात आधाले घट्छ, तौल घट्छ, डिप्रेसन घट्छ, पीडाबाट मुक्त हुन सकिन्छ, चिसो तथा रुघाले सताउन पाउँदैन, प्रोस्टेट बढ्न दिँदैन, दाँत चम्किलो हुन्छ र पिसाबको प्रवाह सहज हुन्छ भन्ने पनि अध्ययनहरूले देखाएका छन । 

यौन स्वास्थ्यविद् युभोनी के पी एच डीका अनुसार यौनमा सक्रिय व्यक्तिहरूले बिरामी बिदा कम लिन्छन् । पेनसेल्भेनियाको विल्किस युनिभर्सिटीका अनुसन्धानकर्ताहरूका अनुसार हप्तामा एकदेखि दुई पटकसम्म यौन सम्पर्क गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भै रोग सँग लड्ने क्षमता सक्रिय हुन्छ । 

बाह्य सम्बन्ध कायम गरेर दाम्पत्य जीवनभित्र सन्तुष्टिको खोजी गर्नु जुवा खेल्नु समान हो । यसमा कुन उत्तम विकल्प हो भनेर सोच्नुपर्छ र त्यसभित्र सम्भावना र सन्तुष्टिको खोजी गरिनुपर्छ । धेरैले दाम्पत्य जीवनभित्रको यौन सम्बन्धलाई राम्रो मानेर यस्तो सम्बन्धलाई रोचक र रमाइलो बनाउने गरेका छन । ओछ्यानको तनाव अर्थात् ट्रबल इन द बेड आधुनिक विश्वका कामकाजी मानिसहरूको प्रमुख समस्या बन्दै गएको छ । झगडा बढ्दै गएपछि सम्बन्ध बिग्रने र अर्को स्थायी वा अस्थायी सम्बन्ध विकास गर्नेतिर लाग्नेहरू पनि उत्तिकै हुन्छन्, तर त्यसले अझ नैराश्यता ल्याएर पुरानै अवस्थामा फर्कनेहरूसमेत छन् । त्यसैले यौन सम्बन्धलाई स्वस्थ बनाउन आफैंभित्रका कमजोरी पहिचान गर्ने र आफैंभित्रका सम्भावनाहरूको खोजी गर्नेतिर लाग्नु श्रेयष्कर हुन्छ । 

यौन स्वस्थताका लागि यौनकै विषयमा कुराकानी तथा यौन मनोविज्ञानका सीपका बारेमा कुरा गर्नु पनि उत्तिकै आवश्यक छ । यौन सबैको अनिवार्य आवश्यकता हो र यो आवश्यकतालाई किन स्वस्थ राख्नुपर्छ भन्ने विषयमा पनि खुलेर चर्चा गर्नुपर्छ । हरेक जोडीमा यौनसम्बन्ध राख्दा अपनाइने विधिहरू फरक–फरक हुन सक्छन् । हरेक व्यक्तिको यौन इच्छा फरक–फरक हुन्छ । स्वस्थ यौन सम्बन्ध भन्नाले दुवै जोडीले यौन क्रियाकलापका क्रममा आनन्द महसुस गरेको हुनुपर्छ । कुनै एक जनाले आफूलाई यौन क्रियाकलापका लागि दबाब दिएको महसुस गर्नु हुँदैन ।

दुई जनामा एक जनाले आफूलाई इच्छा नहुँदा इच्छा नभएको कुरा व्यक्त गर्ने अधिकार दिने मात्र होइन, त्यस्तो भावनाको सम्मानसमेत गरिनुपर्छ । यौनसम्पर्कपछि एक–अर्काप्रति सम्मान व्यक्त गर्नुपर्छ र सम्मान गिरेको महसुस हुनु हुँदैन । यौन इच्छा तथा यौन क्रयाकलापका बारेमा खुलेर एक–अर्कासँग कुराकानी गर्नुपर्छ । त्यसबाहेक हरेक यौनसम्पर्क हुनुअघि एक–अर्काको शरीर एवं भावनालाई महसुस गर्नुपर्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik