• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
होली रे होली !!
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरनाथ लुइंटेल

होली रे होली !!
फाल्गुन १३, २०७४

फागुन मासे पूर्णिमा तिथि । पहाडतिर होली, तराईतिर होरी । पहाडेहरूको फागु, समथरेहरूको फगुवा । लोलाका गोलाको रङ्गको वर्षाले बटुवा निथ्रुक्क । उसले उसलाई हानेको छ, उसले उसलाई । पिच्कारी पच्याका भरेर छ्यापेका छन्, लगाएका लुगा नौरङ्गी पारेर बिगारेका छन्, टाटेपाटे बनाएर सिँगारेका छन् । परम्पराका पदचापमा समयको अन्तरचाप थपिएको छ, उमङ्ग र उल्लासको नाममा रङ्ग आक्रमणले धेरैलाई आतङ्कित तुल्याएको छ । एक हप्ता अघिदेखि नै युवतीहरू घरबाहिर निस्कन मुस्किल हुन्छ, निस्कियो कि लोला खानुपर्छ । घरको कौसीबाट, झ्यालबाट, पर्खालभित्रबाट, बाटो दोबाटोमा, चोकमा, गल्लीमा जताततै लोला प्रहार गर्न तम्तयार उरन्न्ठेउले झुण्ड, अहँ उम्कने कुनै उपाय छैन । होली रे होली !, लोलाका गोली !!

फागु एक प्रकारले रङ्गहरूको जात्रा हो । सांस्कृतिक पर्व हो । हामीले आफ्ना चाडपर्वहरूमा गर्व गर्नुपर्छ । मौलिकताको जगेर्ना हुनुपर्छ, तर यता आएर फागुमा लागु मिसिन थालेको छ । मिसावटले हाम्रो सांस्कृतिक स्वास्थ्यमाथि अतिक्रमण गरेर संक्रमण फैलाउँदैछ । त्यसै पनि मिसावटले खाद्यलाई अखाद्य बनाइदिन्छ, सक्कलीलाई नक्कली पारिदिन्छ । स्वस्थलाई अस्वस्थ बनाउनु मिसावटको धर्म हो, जसरी ताजा हरियो तरकारीमा विषादिको प्रयोग गरेर उपभोक्ताहरूलाई विषपान गराइँदैछ ।

यहाँ त सांस्कृतिक मिसावटको सवाल पो छ त ! यो त नयाँ खच्चर संस्कृति निर्माण गरेर हाम्रो मौलिक सभ्यता समाप्त पार्नेतर्फ उद्यत छ । कुनै राष्ट्रको राष्ट्रियता, स्वतन्त्रता र जातीय अस्तित्व समाप्त पार्नु छ भने त्यहाँको भाषा र संस्कृतिलाई सिध्याउनुपर्छ रे ! हो, त्यसै त गरिँदै छ नि ! नेपालीहरूको पवित्र तिहारमा पटाका हाबी हुनु र फागुमा लोला हान्नु हाम्रो सांस्कृतिक जीवनमाथि बारुद सल्काउनु नै हो । यस्तै–यस्तै मिसावटले नेपालीको वंशै समाप्त भएपछि न रह्यो बाँस, न बज्यो बाँसुरी ! यो सब सम्भव छ– सांस्कृतिक मिसावटको सुपर पावरमा ।

फागुपूर्णिमा आउन दुई दिन बाँकी छँदै यो लखरठ्याक आफ्नो नियमित दिनचर्याका निम्ति सुकिलो र सुग्घर कपडा लगाएर घरबाट बाहिरियो । बिहानैदेखि टोलका प्राय: सबै घरका छतछतमा ‘आयो आयो’, ‘हान हान’, ‘छ्याप छ्याप’को हल्लाखल्ला मिश्रित आवाज नसुनेको कहाँ हो र ! आफू जस्तो अर्धवृद्धलाई कसले के पो गरिहाल्ला भन्दै ठमठम हिँड्दो थिएँ म । एउटा गल्ली नाघेर अर्को चोकको छेउमामात्र के पुगेको थिएँ, थाप्लोबाट पूरै शरीर भिज्ने गरी पानीको फोहरा खस्यो । निथ्रुक्कै भिजेको टाउको उठाएर फोहरा खसेको ठाउँतिर नजर लगाएँ– किशोर अवस्थाका केही ठेउका–ठेउकीहरू रमाइलो मान्दै थप लोला हिर्काउन थाले । शरीर डुङडुङ्ती गन्हाएको गन्धले नाक छेडेपछि पो थाहा भो, ममाथि बर्साइएको फोहरा नालीको फोहर पानी रहेछ । हे फागु अब म कता भागूँ ?? 

ती उपद्रयाहा किशोर–किशोरीलाई एक दुई गालीका शब्द के पठाएको थिएँ– जवाफमा उनीहरूको लोलाचार्ज आरम्भ भैहाल्यो । यसै त भिजिसकेको ज्यान थप लोलाको अनगिन्ती प्रहार खपेर म जताबाट आएको थिएँ उतै फर्किएँ । लु, अब लखरठ्याकको गन्तव्य फेरियो । ऊ लोत्रे कान लगाएर आफ्नै घरभित्र छिर्दा दुर्गन्धको एउटा शक्तिशाली मोहरा नै छिरेछ कि क्या हो, घरका सबै नाक र मुख छोप्दै भन्न थाले– ‘हैन, कहाँ गन्धे नालीमा मुख जोत्यौ ए बुढा ? अहिले भरखर सध्ये निस्किए होइन ?’ म उनीहरूलाई कसरी बुझाउँ कि यो हाम्रो पवित्र होलीमा मिसिएको सांस्कृतिक मिसावटको करामत हो भनेर ...! हतप्रभ हुँदै दुर्गन्ध समन गर्न स्नानगृहमा छिरे ।

त्यसो त हिजोआज होली खेल्न फागुपूर्णिमा नै कहाँ कुर्नुपर्छ र ? तपाईं जतासुकै पुग्नुहोस् र यसो नजर लगाउनुहोस् त्यहाँ जोकसैले बेपर्वाहसँग होली खेलिरहेको देख्न पाउनु हुन्छ । सत्ताशक्तिको उन्मादमा शासकहरू होली खेलिरहेका छन् । राजनीतिका नाममा राजनेताहरू आपसमा लोला हानिरहेका छन् । 

अगुवाहरू आम नागरिकको अधिकारमाथि निर्लज्ज होली खेलिरहेका छन् । नव धनकुवेरहरू धनको ढुकुटी बढाउन अनेककानेक पसल थापेर शिक्षाको फसल फलाउँदै होली खेलिरहेका छन् । दिनदहाडै मानिसको हत्या गर्ने हत्यारालाई न्यायाधिकारीहरू नै निरपराध घोषित गरी न्यायमाथि होली खेलिरहेका छन् । सुरक्षाकर्मीहरू बलात्कार काण्डमा रङ्गेहात पक्राउ परेका अपराधीलाई मिलापत्र गराई शान्ति सुरक्षामाथि नै होली खेलिरहेका छन् ।

राष्ट्रसेवकहरूको सेवा अद्वितीय बन्दै गएको छ । सेवाग्राहीसँग नजराना नलिई एउटा टेवलको फाइल अर्को टेबुलमा सर्दै सर्दैन । बिना कमिसन कुनै योजनै बन्दैन, बनिहाले कार्यान्वयन नै हुँदैन । बजेटको दुई तिहाइ हिस्सा आफ्नो गच्छेअनुसार भागबण्डामा नपरे के कार्यान्वयन गर्नु ? यसरी राष्ट्रका राष्ट्रसेवकहरू मुलुकको विकास निर्माणमाथि होली खेलिरहेका छन् । शिक्षा, स्वास्थ्य, सरकार, सदन, सरकारी निकाय, प्रशासन, विभाग कहीँ कतै पनि अछुतो देखिँदैन— उल्लासमय होली चलिरहेको छ जताततै । 

महान् छिमेकीले महिनौँसम्म नाकाबन्दी लगायो, नून छैन, तेल छैन, आगो बाल्ने ग्याँस छैन, भान्सा बन्द भयो, यातायात ठप्प । यत्रो आपत र संकटबाट देश गुज्रँदा पनि नाकाबन्दी नदेख्ने स्वाँठहरूको राज्यमा सरकार नामको गिरोहले शासन गर्छ अनि सिर्फ आसेपासेहरूले मात्र राशन घिच्छन् ।

कालाबजारीहरूको दसैं चल्छ, सेकुवा–बियरको पार्टी जम्छ । निम्छरा जनताको रगतलाई रङ्ग बनाएर उमङ्गको होली खेलिन्छ । अख्तियार दुरूपयोग रोक्ने निकाय त छ तर त्यही अख्तियारको हतियारले कसैलाई रोडपतिबाट करोडपति बनाइदिन्छ । भ्रष्टाचारीमाथि न्यायको तरबार चलाउने न्यायाधिकारीमाथि महाअभियोगको डण्डा हानिन्छ । बाफरे बाफ ! झन्डै उल्टाउने पण्डाहरूको ‘फण्डा’ देखेर यो लखरठ्याकको दिमाग नै ठन्डा भैसक्यो । होली रे होली ! वा होली क्या होली ! यस्तो पो होली !! अन्यत्रको होली के होली !!! जय जय होली !!!

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik