• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
पतिलाई मार्न प्रेमीसँग मिलेर सुटरलाई ‘सुपारी’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

शंकर आचार्य

शंंकर आचार्य

शकर आचार्य

श‌ंकर आचार्य

श‍ंकर आचार्य

पतिलाई मार्न प्रेमीसँग मिलेर सुटरलाई ‘सुपारी’
फाल्गुन २८, २०७४

पर्साकी एक विवाहित महिलाले आफ्ना प्रेमीसँग विवाह गर्न आफ्नै पतिमाथि ‘कन्ट्याक्ट किलर’मार्फत ज्यान लिने उद्देश्यका साथ हमला गराइन् र प्रहरीको फन्दामा परिन् । 

पर्साको बिन्धवासिनी गाउँपालिका–३ झौंवागुठी घर भै हाल वीरगन्ज महानगरपालिका–१३ मा डेरा गरी बस्दै आएका ३५ वर्षीय उमेश चौरसियामाथि उनकी पत्नीको सुपारीमा बुधबार राति करिब साढे ९ बजे वीरगन्ज–१३ लालबंगला नजिक अज्ञात समूहले गोली हानी हत्या गर्ने प्रयास गर्‍यो । लालबंगला क्षेत्रमा सधैं उच्च सुरक्षा सर्तकता रहन्छ, तर त्यही बलियो सुरक्षा क्षेत्रभित्रै गोली चल्यो, त्यो पनि कसैको हत्या गर्ने योजनाका साथ । 

लालबंगलामा जिल्ला प्रहरी कार्यालय छ, त्यो भारतीय महावाणिज्य दूतावास रहेको सुरक्षा संवेदनशील क्षेत्र पनि हो । त्यही भएकाले प्रहरी टोली ३ मिनेटमै घटनास्थलमा पुग्यो । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत होलीको बिदा मान्न गृहनगर वीरगन्ज प्रवेश गरेको आधा घण्टा नबित्दै भएको उक्त गोलीकाण्डका कारण महानगरमा सनसनी फैलिएको थियो । गोलीकाण्डले प्रहरीलाई सक्रिय मात्र बनाएन घटनाको तहसम्म पुगेर अपराधी पक्राउ गर्न चर्को दबाबसमेत सिर्जना भयो । फलस्वरूप ६ घण्टाको छोटो अवधिमै प्रहरीले उक्त सुनियोजित घटनाको पर्दाफास गर्‍यो ।

प्रहरी अनुसन्धानले उमेशको हत्या प्रयासमा अरू कोही नभै उनकै पत्नी प्रियंकाको हात रहेको रहस्य सतहमा ल्यायो । पति उमेश विदेशमा रहेका बेला विवाहेत्तर सम्बन्ध गाँसेकी ३० वर्षीया प्रियंकाले प्रेमी बारा परवानीपुर गाउपालिका–१ का २४ वर्षीय विकेन्द्रकुमार गुप्तासँग मिलेर पति उमेशको हत्याको प्रयास गरेको रहस्य खुल्यो । तीन वर्षअघि प्रियंकासँग मागी विवाह गरेका उमेश विवाह लगत्तै रोजगारीका लागि दुबई हान्निए । वीरगन्जमै बसेर अनमी अध्ययनरत उनकी पत्नी प्रियंकाको अर्का युवक बिकेन्द्रसँग चिनजान भयो । त्यो चिनजान त्यतिमै सीमित रहेन, प्रियंका विकेन्द्रको प्रेममा परिन् र उनीहरूबीच एक्स्ट्रा मेरिटल अफेयर्स सुरु भयो । 

लामो समय वैदेशिक रोजगारीमा बिताएपछि केही पैसा बोकेर उमेश आफ्नै व्यापार व्यवसाय गरी बाँकी जीवन बिताउने उद्देश्यका साथ स्वदेश फर्किए । यसका लागि वीरगन्जमा आफ्नै घर बनाएर पत्नी प्रियंकासँग बस्ने उनको योजना थियो । उनले वीरगन्जमा घर बनाउने काम पनि प्रारम्भ गरिसकेका थिए ।

यता पति आफूसँगै बसेपछि प्रेम सम्बन्धलाई निरन्तरता दिन समस्या हुने देखेर प्रियंका र उनका प्रेमी मिलेर उमेशको हत्या गराउने निर्णयमा पुगे । उमेशको मृत्युपछि विवाह गरी सँगै बस्ने उनीहरूको योजना थियो । 

अपराध स्वीकार, उमेश उपचारमा

पक्राउ परेका चारैजनाले अपराधमा आफ्नो सहभागिता स्वीकार गरी सकेको डिएसपी लिम्बू बताउँछन् । अहिले प्रहरी सुटर समूहलाई अवैध पेस्तोल बिक्री गर्ने कारोबारीको खोजीमा केन्द्रित छ । तराईका सीमावर्ती गाउँहरूमाअवैध हतियार बनाउने विभिन्न व्यक्ति तथा गिरोह सक्रिय छन् । अधिकांश हत्यामा यस्ता अवैध हतियार नै प्रयोग हुन्छन् ।

उमेशलाई उपचारार्थ नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले रिफर गरेपछि बुधबार राति नै थप उपचारका लागि राजधानीको नर्भिक अस्पताल पुर्‍याइएको थियो । उमेशको हत्या प्रयासमा प्रयोग गरिएको गोलीमा बढी छर्रा थियो । दाहिने कोखाभित्र प्रशस्त छर्रा रहेको एक्सरे रिपोर्टमा समेत देखिएको छ । हाल उनको अवस्था सुधारोन्मुख छ ।

घटनाको भोलिपल्ट अर्थात बिहीबार बिहानै मुख्य मन्त्री राउतले जिल्लाका सुरक्षा प्रमुखहरूलाई आफ्नै निवासमा बोलाई बुधबार भएको घटनामा संलग्न अपराधीलाई अविलम्ब पक्राउ गरेर जनतालाई सुरक्षाको प्रत्याभूति दिन निर्देशन दिएका थिए ।

जिल्लामा बुधबार राति नै एक नाबालिकाको बलात्कार तथा अर्का युवकउपर गोली प्रहारको घटनापछि २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री ज्ञानेन्द्र यादव शुक्रबार वीरगन्ज आएर घटनाका सम्बन्धमा स्थलगत जानकारी लिनुका साथै प्रहरीलाई घटनाको तहसम्म पुग्न निर्देशन दिए । वीरगन्ज प्रदेशको मात्र नभै मुलुककै संवेदनशील सहरमध्ये एक मानिन्छ । यहाँ हुने अस्थिरता र अपराध कर्मले केन्द्रीय सरकार तथा केन्द्रीय प्रहरीलाई समेत चिन्तित तुल्याउँछ । 

प्रहरी सक्रियताका कारण उक्त घटना भएको ६ घण्टाभित्रै चारै जना अभियुक्त पक्राउ परे । सुटरलाई पक्रन सिसिटिभी क्यामेरा तथा स्थानीय बासिन्दाको पनि सहयोग रह्यो । संवेदनशील घटनामा मुख्य दोषी तथा योजनाकारहरूलाई पक्रन सिसिटिभी क्यामेराले सहयोग गरेको जिल्लाकै यो पहिलो घटना हो ।

पछिल्लो समय वैदेशिक रोजगारीले बढाएको पारिवारिक तथा सामाजिक विचलनको एउटा उदाहरण हो यो घटना । विगतमा नेपालका पहाडी जिल्लाहरूमा वैदेशिक रोजगारीका कारण यस्ता अपराध तथा विचलनका घटना बढी हुँदै आएकोमा अब तराईमा समेत यस्ता घटना सतहमा आउन थालेका छन् । 

कसरी परे फन्दामा ?

गोली काण्डपछि केही अस्वभाविक गतिविधि देखाएकी प्रियंका उपर प्रहरीलाई शंका लागेर उनको पृष्ठभूमि पत्ता लगाउँदा बिकेन्द्रसँग उनको नजिकको सम्बन्ध भएको कुरा पत्ता लाग्यो । बिकेन्द्रसँग सोधपुछ गर्दा उनले नारायणी उपक्षेत्रीय अस्पतालबाट आफ्नो बाइक हराएको कुरा बताए तर बाइकको साँचो उनीसँगै थियो । बिकेन्द्रको झोलाबाट प्रियंकाका केही कागजात र फोनमा घटनाकै राति उनीहरूबीच कुराकानी भएको पाइएपछि प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लियो । त्यसपछि प्रहरी प्रियंका र बिकेन्द्रबीच प्रेम सम्बन्ध भएको निष्कर्षमा पुग्यो ।

सिसिटिभी क्यामेरामा बिकेन्द्रको मोटरसाइकल सुटरहरूले प्रयोग गरेको देखिएपछि बिकेन्द्रमार्फत दुवै सुटर प्रहरीको फन्दामा परे । गोली हान्ने बेला सुटर मनोजले मोटरसाइकल र मुन्नाले गोली चलाएका थिए । प्रियंकाले फोनमार्फत मुन्नालाई पति उमेशको लोकेसन दिएको कुरा यकिन भएपछि अन्तत: प्रियंकालाई पनि राजधानीबाट पक्राउ गरियो । पक्राउ परेपछि सबैले आ–आफ्नो अपराध स्वीकार गरिसकेका छन् ।

प्रियंकाले पति उमेशसँग पटक–पटक सम्बन्धबिच्छेदको मागसमेत गरेकी थिइन् । विवाह भएको झन्डै ५ वर्ष बिते पनि उनीहरूबीच राम्रो सम्बन्ध थिएन । दुवैका सन्तान पनि जन्मिएका थिएनन् । उमेशले लोकलाजका कारण सम्बन्ध–विच्छेद गर्न नचाहेको बताइन्छ ।

को हुन बिकेन्द्र ?

२३ वर्षीय बिकेन्द्रकुमार गुप्ता वीरगन्जको बिर्तास्थित अपोलो अर्थो ट्रमा सेन्टरमा सिएमए पदमा कार्यरत थिए । अविवाहित बिकेन्द्र २ वर्षअघि जिल्ला प्रशासन कार्यालय वीरगन्ज नजिकको एक औषधि पसलमा बिक्रेताका रूपमा काम गर्थे । त्यही बेला उक्त पसलमा औषधि किन्न आउने प्रियंकासँग उनको चिनजान भयो । बिस्तारै उनीहरूबीच प्रेमसम्बन्ध रहन गयो । अनमी पढेकी प्रियंकाले वीरगन्जकै भवानी अस्पतालबाट ओजिटी गरिन् । दुवैको भेटघाटसँगै अन्तरंग सम्बन्ध विकसित हुन थाल्यो । प्रियंका बिकेन्द्रको घरसम्मै पुगेर उनको परिवारका सदस्यहरूसँग भेट्न थालिन । उनीहरूबीचको बढ्दो सम्बन्धका बारेमा उमेशले पनि छनक पाएका थिए । आफूले विदेशमा कमाएर पठाएको रकमलाई लिएर बेला–बेलामा उमेशको प्रियंकासँग विवादसमेत हुने गरेको थियो । त्यसैले पनि उमेश र प्रियंकाबीचको दूरी बढ्दै गएको थियो । उमेश स्वदेशमै बस्ने मनसायका साथ नेपाल फर्किएपछि उनी श्रीमती प्रियंकासँग वीरगन्जमै डेरा लिएर बस्न थाले । त्यस क्रममा उनीहरूको घर पनि बन्दै थियो ।

भाडाका सुटरको प्रयोग

प्रियंका र बिकेन्द्रले उमेशको हत्याका लागि बारा परवानीपुर गाउँपालिका–१ का २७ वर्षीय मनोज गुप्तालाई २५ हजार रुपैयाँ सुपारी दिए । गुप्ताले उक्त रकमबाट (हाल अनुसन्धानका लागि नाम गोप्य राखिएको) एक व्यक्तिबाट ११ हजार रुपैयाँमा १२ बोरको बन्दुकको गोली र त्यसमा लाग्ने १ राउण्ड गोली सहितको कटुवा पेस्तोल खरिद गरे ।

हत्याको जिम्मेवारी लिएका गुप्ताले हत्या प्रयोजनका लागि वीरगन्ज–१२ मूर्लीका २५ वर्षीय मुन्ना साह कानुलाई आफ्नो मिसनमा सामेल गरे । दुवै मिलेर बिकेन्द्रले उपलब्ध गराएको ना ३४ प १०३ नम्बरको मोटरसाइकल लिई कामको सिलसिलामा भैरहवा, बुटवलबाट फर्कंदै गरेका उमेशलाई पछ्याई डेरा पुग्नुअघि बाटोमै रोकी कम्मरमाथि र दाहिने कोखामुनि गोली प्रहार गरेर फरार भए । 

गोली हानेपछि गुप्ता र कानु रानीघाटको बाटो हुँदै भागेका थिए । सुटर समूहलाई पति उमेशको लोकेसन उपलब्ध गराउन प्रियंकाले नै पटक–पटक फोन गरेकी थिइन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik