• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सुन तस्करीदेखि हत्यासम्म मुख्य दोषी कारबाहीको फन्दामा पर्छन् त ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरोज बस्नेत

सुन तस्करीदेखि हत्यासम्म मुख्य दोषी कारबाहीको फन्दामा पर्छन् त ?
चैत्र ७, २०७४

 

छोटो समयमै धेरै पैसा कमाउने चाहनाले मानिसलाई अपराध कर्मतर्फ डोर्‍याइरहेको छ, जसमा युवापुस्ता अग्रपंतिमा देखिन्छ । यस्तै, अपराध कर्मका कारण एक युवाको हत्या भएको छ । ती युवाको हत्या अरू कसैले नभै उनकै सहकर्मीले गरेको बताइन्छ । अबैध सुन कारोबारमा संलग्न रहेको भनिएका उर्लाबारी–७ का ३६ वर्षीय सनम शाक्यको हत्या अहिले पूर्वी नेपालमै चर्चाको विषय भएको छ । घटना अनुसार शाक्यको शव लिएर भागिरहेको स्कार्पियो गाडीलाई विराटनगर, गोधुली मार्गमा प्रहरीले पक्राउ गरेको थियो । उक्त स्कार्पियोबाट सनम शाक्यको शव बरामद भएपछि महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डौबाट खटिएको टोलीले मोरङ प्रहरीको समन्वयमा घटनामा संलग्न उक्त स्कार्पियोसहित त्यसमा सवार तीन व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

उक्त हत्याको विषयमा मोरङ प्रहरीले प्रारम्भिक अनुसन्धान सार्वजनिक गर्न पत्रकार सम्मेलन नै गर्‍यो । उक्त घटना केही समयअघि काठमाडौबाट हराएको ३२ किलो सुनसँग जोडिएको पाइन्छ । घटनामा संलग्न अरु दुई सवारी साधनसमेत बरामद गरिएको बताउँदै मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसी भन्छन्– हाम्रो प्रारम्भिक अध्ययनमा पक्राउ परेका व्यक्तिले नै हत्या गरेको भन्ने कुरा पुष्टि भैसकेको छैन । 

यसैबीच मोरङ प्रहरीले सनमको हत्यामा संलग्न भएको आशंकामा थप एक जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले पक्राउ गरेका ती व्यक्तिलाई अनुसन्धान प्रभावित हुने भन्दै सार्वजनिक गरिएको छैन । 

प्रहरी युनिटको रिपोर्ट नै बाझियो

शंकास्पद सवारी साधनहरूको चहलपहल बढेको सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट विशेष प्रहरी टोली विराटनगर खटिएको थियो । काठमाण्डौमा दर्ता भएको बा. १२ च ५९६३ नम्बरको सेतो रंगको स्कार्पियोमा एक व्यक्तिलाई अपहरण गरेर भगाएको जानकारी प्रहरी (विशेष प्रहरी टोली)ले लाहान बजार आइपुग्दा पाएको थियो । उक्त गाडीको खोजी गर्ने क्रममा विराटनगर पुगेको प्रहरी टोलीले फागुन १९ गते विराटनगरबाट सनमको शवसहित तीन व्यक्तिलाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा मोरङ उर्लाबारी–७ बस्ने कृष्ण भनिने नरेन्द्र कार्की, उर्लाबारीकै मोहन काफ्ले तथा काभ्रे मण्डन देउपुर गाउँपालिका–१२ बस्ने टेकराज मल्ल ठकुरी छन् । मृतक सनमको शव स्कार्पियोको पछाडिको सीटमा यात्रु बसेजस्तै बीचमा बसाएर दुई पट्टि दुई व्यक्तिले समातेर ल्याइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । 

प्रहरीका अनुसार शाक्य फागुन १५ गतेसम्म उर्लावारीस्थित आफ्नै घरमा थिए । अबैध सुन कारोबारमा संलग्न रहेका भनिएका सनमलाई उनका साथीहरूले हराएको ३२ किलोग्राम सुनको विषयमा कुरा गर्नु छ भन्दै लाहान बोलाएको र सोधपुछका क्रममा विभिन्न ठाउँ घुमाउँदै उर्लाबारी स्थित सोल्टी खोलाको किनारमा हत्या गरेको हुनसक्ने मोरङ प्रहरीले बताएको छ । प्रहरीले उक्त गाडीबाट केही खाद्यान्न सामग्री, पकाउने भाँडा, पानी बोक्ने ड्रम, केही थान मोबाइल, ब्याट्री, करेन्ट लगाउन प्रयोग हुने केही सामग्रीका साथमा केही लत्ताकपडा समेत बरामद गरेको थियो । प्रहरीले दिएको जानकारी अनुसार घटनामा संलग्न दुई सवारी साधनलाई एकैपटक नियन्त्रणमा लिइएको थियो, जसमा काभ्रेका टेकराज मल्ल ठकुरीले चलाएको बा १२ च ५९६३ नम्बरको सेतो रंगको स्कार्पियो तथा उर्लाबारीका मोहन काफ्लेले चलाएको मे १ च ५३९५ नम्बरको टाटाको गाडी छ । पक्राउ परेका अभियुक्तहरूकै बयानका आधारमा मोरङ प्रहरीले शाक्यको हत्या मोरङमै भएको निष्कर्ष निकालेको छ । 

चूडामणिमाथि आरोप

उर्लाबारी–७ का गोरे वा रुपेश भनेर चिनिने व्यक्ति हुन्— चूडामणि उप्रेती । सुन तस्करी काण्डमा उनलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेर खोजी गरे पनि उनी प्रहरीकै संरक्षणमा हिँडिरहेका थिए । केही समयदेखि उनी उर्लाबारीलगायत पूर्व क्षेत्रमा सक्रिय थिए । प्रहरी स्रोतका अनुसार उप्रेती ७ वर्षदेखि सुन तस्करीमा संलग्न रहँदै आएका छन् । हत्या गरिएका शाक्य तथा पक्राउ परेका काफ्ले तीन वर्षदेखि उप्रेतीको सहयोगीका रूपमा कार्यरत थिए । कार्की भने एक वर्षदेखि उप्रेतीको गाडी चालक थिए । उप्रेती पूर्व फुटबलर पनि हुन् । उनले मोरङ–११ लगायत विभिन्न क्लबमा आबद्ध भएर फुटबल खेलिसकेका छन् । उप्रेतीले प्रथम मेयर कप फुटबल प्रतियोगिता पनि खेलेका थिए । 

उप्रेती भारतीय सेनामा काम गरिसकेका व्यक्ति हुन् । भारतीय सेनामा तीन वर्ष काम गरेपछि दुबईको अबुधावी पुगेर उनले त्यहाँको प्रहरीमा समेत काम गरेका थिए । ५ वर्ष दुबई बसेर उनी त्यहीँबाट सुन पठाउने र हुन्डी कारोबार गर्ने धन्दामा संलग्न हुन थालेका थिए । त्यसपछि उनी नेपाल फर्किएर दुबई, सिंगापुर आदि मुलुकबाट पठाइएको सुन नेपालका विभिन्न ठाउँमा सप्लाई गर्ने धन्दामा संलग्न भए । पहिले उतै बसेर सुन पठाउने काम गरेको पाइयो, घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्– पछि उप्रेती नेपाल फर्किएर सुन तस्करी गर्न थालेका थिए । उप्रेतीको स्वभावका बारेमा एक रिक्सा चालक भन्छन्– उनी स्थानीय रिक्सा चालकहरूलाई लिएर विभिन्न स्थानमा माछा मार्न जान्थे । रिक्सा चालकलाई दैनिक एक हजार रुपैयाँ दिएर माछा मार्न पुग्थे । उनी इलाम, झापा तथा मोरङका विभिन्न खोलाहरूमा माछा मार्न लगाउँथे । एक किलो माछा मार्दा पनि १ हजार, माछा नमार्दा पनि १ हजार दिन्थे, ती रिक्सा चालक भन्छन्– अच्चम लाग्थ्यो, यो मान्छेचाहिँ के काम गर्छ होला भन्ने कुरा मनमा आउँथ्यो । हेर्दा विदेशीजस्ता देखिने उप्रेती रिसाहा स्वभावमा थिए । उनलाई माछा मारेको चित्त बुझेन भने कुटाई खाइन्थ्यो । 

तीनै जनालाई संगठित अपराध र,

कर्तव्य ज्यान मुद्दा

पक्राउ परेका तीनै जनालाई अहिले प्रहरीले संगठित अपराध तथा कर्तव्य ज्यानको अभियोगमा मोरङ अदालतमा म्याद थप गराएको छ । हाल उनीहरूविरुद्ध ७ दिनको म्याद थप गरिएको छ । यो अपहरण तथा हत्या काण्डमा पक्राउ पर्दै जानेहरूविरुद्ध पनि क्रमश: मुद्दा दर्ता गर्दै जाने प्रहरीले जनाएको छ । यो घटनामा अरू को–को संलग्न छन् र मुख्य नाइके को थिए भन्ने विषयमा प्रहरीले थप कुरा खुलाउन चाहेको छैन । 

परिवारको आरोप

मोरङको उर्लाबारी–७ का ३६ वर्षीय सनम शाक्यको हत्यामा संलग्नलाई कडा कारबाही गर्न उनको परिवारले माग गरेको छ । उर्लाबारीमा शव यात्रा गर्दै हत्याका मुख्य अभियुक्त उर्लाबारी–७ का गोरे भनिने चुडामणी उप्रेती (रुपेश) भएको दोषारोपणसमेत गरियो भने पीडित परिवारले दोषीलाई उन्मुक्ति दिन नहुने बताएको थियो । उर्लाबारी चौकबाट सुरु भएको उक्त शव यात्रा उर्लाबारी–७ को बरगाछी, स्कुलडाँडा हुँदै बक्राहा खोला पुगेर टुंगिएको थियो । मृतकका आफन्त सुरेश शाक्यले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई बारबाही गर्न माग गरेका छन् । घटनालाई तोडमोड गरी मुख्य अभियुक्तलाई उन्मुक्ति दिने चलखेल भैरहेको पीडित परिवारको आरोप छ । 

फेरि अर्का सुन व्यवयासीको हत्या

प्रहरीले पूर्व क्षेत्रमा तस्करको सुनको कारोबार गर्नेमाथि निगरानी बढाइरहेको अवस्थामा सुनचाँदी व्यवसायी संघ, झापाका सदस्य साजन मुखियाको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मुखियाको शव सोमबार फेला परेको हो । गत फागुन २० गतेदेखि बेपत्ता मुखियाको शव बोराभित्र कीरा परेर सड्न लागेको अवस्थामा इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने) अर्यालचोक सडकखण्डको जमुने डाँडामा सडकबाट करिब २० फिट तल फेला परेको प्रहरीले जनाएको छ । पछाडि हात बाँधिएको र अनुहार काटिएको अवस्थामा मुखियाको शव भेटिएको थियो । बिर्तामोडस्थित दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक मुखिया फागुन २० गते पत्नी रविनालाई बजार जाने भन्दै बाहिरिएका थिए । त्यसपछि बेपत्ता भएका मुखिया घर फर्किएनन् । यो हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले झापाबाट तीन जना पक्राउ गरेको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik