• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
सामूहिक बलात्कारको सिकार बालिका
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरोज बस्नेत

सामूहिक बलात्कारको सिकार बालिका
चैत्र ११, २०७४

 

बलात्कारका घटना न्यूनीकरण हुन नसकेको मात्र होइन, मानव सभ्यताकै खिल्ली उडाउने गरी वृद्धि भैरहेका छन् । बलात्कारविरुद्ध जति नै सचेतनाका प्रयास भए पनि त्यो बालुवामा पानी हालेसरह छ । दैनिकजसो बलात्कारका घटना घटिरहेका छन् । 

समाजमा जिम्मेवार र अभिभावकत्व निर्वाह गर्ने आफन्तबाटै बलात्कार एवं यौन दुव्र्यवहार भएका घटना पनि सार्वजनिक नहुने होइनन्, तर बलात्कारका घटनामा बढोत्तरी भैरहे पनि फितलो कानुन र बलात्कारीलाई उन्मुक्ति दिने प्रवृत्तिका कारण यस्ता घटनाले थप बढावा पाइरहेका छन् । समाजका अगुवा भन्नेहरूबाटै पनि बलात्कारका घटना घटाइएको पाइन्छ । 

केही समयअघि इटहरीमा भएको सामूहिक बलात्कारको घटना प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराइएको प्रकरणमा एसपी विद्यानन्द माझी तथा इन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बन गरिएको थियो । सुनसरीको इटहरी–२० मा बस्दै आएकी १४ वर्षीया किशोरीमाथि गत पुस १६ गते वडा नम्बर–२ हडगडास्थित रोयल रिसोर्टमा सामूहिक बलात्कार भएको थियो । कक्षा १० की ती छात्रालाई उनकै प्रेमी भनिएका जोकम लिम्बू एवं मनिष श्रेष्ठले बलात्कार गरेका थिए । उक्त घटनामा गुपचुप मिलापत्र गराइएको प्रकरणमा प्रहरीद्वारा गठित छानबिन समितिले जिप्रका सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिन दायरामा राखेको थियो । 

यस्तै, मोरङको मिक्लाजुङ–७ की एक महिलाको बलात्कारपछि वीभत्स हत्या भयो । मिक्लाजुङ–७ की ४५ वर्षीया शान्तिकुमारी तामाङको फागुन १९ गते मध्यरातमा बलात्कारपश्चात् वीभत्स हत्या भएको थियो । उनको हत्यामा संलग्नहरू अझैसम्म फेला पर्न सकेका छैनन् । छिमेकी घरमा आयोजित गुन्यू चोली कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनको बलात्कार तथा हत्या भएको पीडित परिवारको भनाइ छ । नग्न अवस्थामा उनको शव मिक्लाजुङ– ७ बेलगौंडे पुलभन्दा करिब २ सय मिटर उत्तर राम्रीखोलामा फेला परेको थियो । हत्यापश्चात् नचिनिने गरी उनको अनुहार किच्याइ खोलामा फालिएको थियो ।

बलात्कारपछि हत्या गरेर फालिएको हुन सक्ने आंशका गरिए पनि उनको हत्याराको पहिचान हुन सकेको छैन । मृतकका पति मानबहादुर तामाङले आफ्नी पत्नीको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने कुरा बताएका छन् । यस विषयमा मिक्लाजुङका महिला संघ–संगठनहरूले दोषीलाई जतिसक्दो चाँडो कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

मिक्लाजुङ महिला सशक्तीकरणकी अध्यक्ष कविता लिम्बूले वीभत्स तरिकाले बलात्कारपश्चात् हत्या गरेको भन्दै तत्काल दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेकी छिन् । यता प्रहरीले भने अनुसन्धान तीव्र गतिमा अघि बढेको भन्दै दोषीलाई कुनै पनि हालतमा नछोड्ने जनाएको छ ।

त्यस्तै, उर्लाबारी–४ बक्राहा खोलामा एक बालिकालाई चार जना युवाले सामूहिक बलात्कार गरेका छन् । साँझ ७:२५ बजेतिर ट्याक्टरमा काम गर्ने चार जना युवाले लेटाङकी एक बालिकाको सामूहिक बलात्कार गरेका हुन् । प्रहरीले को १ त ६८६८ नम्बरको ट्याक्टरमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार तथा २६ वर्षीय केवल सुन्दासलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दा चलाएको छ ।

यी पछिल्लो समय हाम्रो समाजमा घटिरहेका केही प्रतिनिधि घटनामात्र हुन् । अहिले दैनिकजसो बालिका तथा महिलाहरू बलात्कारको सिकार भैरहेका छन् । बलात्कारका कतिपय घटनामा मिलापत्र गर्ने प्रवृत्तिको अन्त्य अझै पनि हुन सकेको छैन । विभिन्न प्रलोभनमा पारेर बलात्कारका घटना मिलाइन्छ, जसले महिलाहरूलाई थप असुरक्षित बनाउँदै लगेको छ ।

यसरी भयो 

बालिकामाथि बलात्कार

लेटाङ नगरपालिका घर भै झापाको दमकस्थित आफन्तको घरमा दुई जना बालिका पाहुना आएका थिए । ती दुवै किशोरी १५ वर्षका थिए । दमक आएका बेला ती बालिकाले फिल्म हेर्ने योजना बनाए र बुधबार दुई जना केटा साथीसँग सिनेमा हल पुगे । हलमा पुग्दा फिल्म सुरु भैसकेको थियो । त्यसपछि उनीहरू कतै घुम्न जाने भए अनि पुगे उर्लाबारी–२ स्थित बेतिनी सीमसार । उनीहरू सीमसार घुमिसकेपछि खाजा खान सोही सीमसारभित्रको बाङ्गे बजार पुगे । त्यहाँ सँुगुरको मासुसहित चारै जनाले तोङ्बा खाए । उनीहरू चारै जना मातेका थिए । साँझ परेपछि उनीहरू चारै जना घर फर्कने तरखरमा लागे ।

त्यसपछि सीमसारको सहायक गेट हुँदै किसान चौकतर्फ जाँदै जाने क्रममा एउटा ट्याक्टर आयो । उनीहरूले हात हल्लाउँदै उक्त ट्याक्टर रोके । उनीहरू चारै जना ट्याक्टरमा चढे । ट्याक्टरको रुट खोर्सानीबारी हुँदै उर्लाबारी निस्कने थियो, तर ती ट्याक्टरका कामदारले प्रहरीले चेक गर्छ भन्दै पुन: बक्राहा खोलाको बाटोमा ट्याक्टर मोडे । ती बालिका त्यहीँ उत्रिन खोज्दा अर्को बाटो पुर्‍याइदिने भन्दै ट्याक्टरलाई खोलातर्फ नै अघि बढाइयो । ती ट्याक्टरका चालकसहित सबैले मादक पदार्थ सेवन गरेका थिए ।

खोलाक्षेत्र प्रवेशसँगै ती बालिकालाई उनीहरूले जिस्क्याउने र हात हाल्ने कार्य गरे । त्यसपछि ट्याक्टर रोकियो । ती बालिकासँग रहेका दुई जना केटालाई उनीहरूले कुटपिट गरे । त्यसपछि ती दुई जना केटा त्यहाँबाट भागे । चार जना केटाले ती दुवै केटीलाई नग्न अवस्थामा पुर्‍याए, तर एक बालिका खोलामा रहेको बालुवा केटाहरूलाई प्रहार गर्दै भाग्न सफल भइन् । उनले सँगै आएका केटाहरूसँगै स्थानीयवासीसँग हारगुहार मागिन् । त्यसपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरे । त्यसपछि प्रहरी तत्काल घटना स्थलमा पुगेको थियो । 

 जबरजस्ती करणी मुद्दा

प्रहरीले पक्राउ गरेका चारै जना विरुद्ध जिल्ला अदालत मोरङमा म्याद थप गरी जबरजस्ती करणीमा मुद्दा चलाएको छ । उनीहरू चारै जनाले पालैपालो बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेका थिए । उनीहरूलाई जवरजस्ती करणीको मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । किशोरीलाई स्वास्थ्य परीक्षणका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

बलात्कारविरुद्ध 

कडा कानुनको माग

बलात्कारका घटना वृद्धि भएसँगै महिला अधिकारकर्मीहरूले बलात्कारीलाई फाँसी जस्तो कडा सजाय दिनुपर्ने माग गर्न थालेका छन् । बलात्कारीलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था नभएसम्म दैनिकजसो हुने बलात्कारका घटना नराकिने महिला अधिकारकर्मीहरू बताउँछन् । अपराधीलाई अब पनि कडा कारबाही नहुने हो भने लाखौँ बालिका तथा महिला कसरी सुरक्षित रहलान् ?भन्ने प्रश्न हरेक परिवारमा उत्पन्न भैरहेको छ । तत्काल कानुन संशोधन गरेर बलात्कारीलाई हदैसम्मको कारबाही हुनुपर्ने महिला अधिकारका क्षेत्रमा क्रियाशील शान्ति लामाको माग छ । ‘ बलात्कारीलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन,’ उनले भनिन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik