• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
लिंग उत्तेजित नहुने समस्या
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सुमनराज ताम्राकार

 लिंग उत्तेजित नहुने समस्या
वैशाख २६, २०७५

 

धेरैजसो पुरुषले एक न एकपटक लिंग उत्तेजित नहुने समस्या अनुभव गरेकै हुनुपर्छ । सफल यौनक्रियाका लागि लिंग राम्रोसँग उत्तेजित हुनु आवश्यक छ भने सन्तान जन्माउन उत्तेजित लिंगका माध्यमबाट योनिमार्गमा वीर्य स्खलन हुनुपर्छ । लिंग उत्तेजित नहुने समस्याका कारण यौनसम्पर्क सफलतापूर्वक स्थापित नहुने हुनाले सन्तान जन्माउन समस्या आउँदा त्यस्ता व्यक्तिलाई नपुंसक भनिएको पाइन्छ, जुन पूर्णतया गलत हो । 

आधुनिक चिकित्सा विज्ञानमा कृत्रिम गर्भाधान प्रक्रियाबाट पनि सन्तान उत्पादन सम्भव छ । यो प्रक्रियामा लिंग उत्तेजित नहुने समस्याबाट पीडित व्यक्तिको वीर्य प्रयोग गर्न सकिन्छ । यो प्रक्रियाअन्तर्गत भाइब्रेटरलगायतका उपकरणबाट स्खलन गराई वा प्रभावित व्यक्तिको अण्डकोष एवं इपिडिडाइमिसबाट वीर्य संकलन गरी उपयोग गरिन्छ । लिंग उत्तेजना नहुने समस्या पनि व्यक्तिपिच्छे, प्रत्येक पटकको यौनकार्य पिच्छे तथा यौनसम्पर्क राख्न खोज्ने श्रीमती वा व्यवसायिक यौनकर्मीपिच्छे फरक–फरक हुनसक्छ ।

लिंग उत्तेजनाका लागि लिंगमा आवश्यक रक्तप्रवाहमा अवरोध खडा भै लिंग उत्तेजित नहुने समस्या सिर्जना हुनसक्छ । दीर्घ शारीरिक रोग, मेरुदण्ड वा जननेन्द्रिय वरिपरि गम्भीर चोट वा जटिल शल्यक्रिया एवं कतिपय औषधिले पनि लिंग उत्तेजनामा समस्या उत्पन्न गराउन सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक समस्या, पार्किन्सन्स तथा क्यान्सरका लागि प्रयोग गरिने कतिपय औषधि लिंग उत्तेजित नहुने समस्याका कारण हुनसक्छन् । 

सफलतापूर्वक यौनसम्पर्क स्थापित गर्न स्वस्थ शरीरसँगै मन–मस्तिष्कसमेत स्वस्थ्य एवं प्रफुल्ल हुनुपर्छ । थकित अवस्था, अधिक मद्यपान, पिर, चिन्ता, डर, त्रास, आपसी मनमुटाव, नि:सन्तान एवं नपुंसकताको हीनताबोध, आत्मविश्वासको कमी, प्रतिकूल वातावरणका बेला लिंग उत्तेजित नहुने समस्या उत्पन्न हुनसक्छ । सारांशमा जुनसुकै बेला पनि वा सुरुदेखि नै उत्तेजनाको समस्या छ भने त्यसको कारक तत्व शारीरिक हुनसक्छ । अरू बेला राम्रोसँग उत्तेजित हुने लिंगमा कहिलेकाहीँ मात्र समस्या देखिन्छ भने त्यसको कारक तत्व मानसिक हुनसक्छ ।

त्यसैले लिंग उत्तेजित नहुने समस्याको प्रभावकारी उपचार कारक तत्वअनुसार नै गर्नुपर्ने हुन्छ । एकाध पटक मात्रका यस्ता यौन दुर्बलतामा खासै चिन्ता लिनु पर्दैन । यौनसाथीको सहयोग एवं समझदारीका साथै गोप्यताको निश्चितता एवं तनावरहित वातावरणले पनि धेरै हदसम्म समस्या कम हुन्छ । यौनसाथीले नै होच्याउने स्थिति आयो भने पक्कै पनि नतिजा राम्रो निस्किँदैन । अत: एक–दुई पटकको यस्तो यौनिक दुर्बलता पछि यौनसाथीसमक्ष यौन क्षमता प्रदर्शन गर्नुपर्ने दवाबमा भने विपरीत परिणाम निस्कन सक्छ ।

यदि मानसिक कारणले लिंग उत्तेजित नहुने समस्या देखिएको भए यौन आनन्दका वैकल्पिक उपायहरू अपनाएर पाक्क्रीडाका माध्यमबाट पीडित व्यक्तिमा आत्मविश्वास वृद्धि गरी यस्ता खालका यौन दुर्बलता घटाउन सकिन्छ । उदाहरणका लागि हस्तमैथुनका बेला लिंग उत्तेजित नहुने समस्या छैन तर यौनसम्पर्क राख्न खोज्दा यस्तो समस्या हुने व्यक्तिले यौन साथीमार्फत हस्तमैथुन गराएको खण्डमा दुवैको आत्मविश्वास वृद्धि भै भविष्यमा यौनकार्यमा सकारात्मक परिणाम निस्कन सक्छ ।

कतिपय अवस्थामा लिंग उत्तेजनालाई बल पुर्‍याउने औषधि–उपचार आवश्यक हुनसक्छ । योहिम्बिन, शिलाजित, जिन्सिङ, यार्सागुम्बाजस्ता परम्परागत एवं भियाग्रा, सियालिस, लभित्रा जस्ता आधुनिक औषधिले अनुकूल परिणाम नै दिन्छन् भन्न गाह्रो भए पनि कतिपय अवस्थामा मनलाई ढुक्क (तनावरहित) पार्ने कार्यमा भने तिनले अपेक्षित नतिजा दिन सक्छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik