
साप्ताहिक संवाददाता

भारतको नयाँ दिल्लीमा संचालन हुने मिस ब्रिक्स इन्टरनेसनल २०१८ नामक नयाँ सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट एकता कुँवरले सहभागिता जनाउँदै छिन् । ब्रिक्स अलाएन्स बिजनेस फोरम २०१८ सँग जोडिएर प्रारम्भ हुन लागेको मिस ब्रिक्स इन्टरनेसनलका लागि एकताले प्रतिस्पर्धा गर्न लागेकी हुन् । काठमाडौं नयाँ वानेश्वर निवासी २२ वर्षिया एकता कुँवर मोडल हन्ट नेपालको तेस्रो सिजनको सेकेन्ड रनर अप विजेता हुन् ।
केही रनवे शो तथा प्रिन्ट विज्ञापनमा देखा परिसकेकी एकताले भारतस्थित इन्भर्टिस विश्वविद्यालयबाट बी फार्मेसीको अध्ययन गरेकी छिन् । फिटनेस मोडल हुने लक्ष्य राखेकी एकता नृत्य र भ्रमणमा रुचि राख्छिन् । मिस ब्रिक्स इन्टरनेसनलमा सहभागिताका लागि एकताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताबारे अभिमुखीकरण तथा ग्रुमिङ कोरियोग्राफर रोजिन शाक्यबाट गरेकी छिन् । एकताको सो प्रतियोगितामा सहभागिता सम्बन्धी संयोजन तथा व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गरेको हो ।
वाक फोर रेस्पेक्ट अर्थात् आदरका लागि हिंड्नुहोस् भन्ने नाराका साथ मिस ब्रिक्स इन्टरनेसनलको आयोजना गर्न लागिएको हो । १९ मे बाट सुरु हुने यो प्रतियोगीता ४ दिनसम्म चल्ने छ ।