• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
पूर्वमा विश्वकप फुटबलको रौनक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरोज बस्नेत

पूर्वमा विश्वकप फुटबलको रौनक
असार ४, २०७५

यतिबेला सारा विश्व नै फुटबलमय भएको छ । यसबाट नेपाल पनि अछुतो रहन सक्दैन । नेपालमा जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, स्पेन आदि देशका प्रशंसक अधिक छन् भने बेल्जियम, फ्रान्स, इंग्ल्यान्डका पनि फ्यान उत्तिकै छन् । विश्वकप फुटबलको सरगर्मी चिया पसलदेखि टोलटोलसम्म पुगिसकेको छ । यतिबेला युवायुवतीहरू सडकमा आफूलाई मन पर्ने देशको जर्सी लगाएर हिँड्न थालिसकेका छन् । ती देशका झन्डा मोटरसाइकल तथा कारमा फर्‍याइएको छ । विश्वकपलाई लक्षित गरी जर्सी, झन्डा, किरिङ आदि सामग्री बिक्री भैरहेको छ । मोरङको उर्लाबारी–७ स्थित न्यू पाथीभरा स्पोर्ट्स सेन्टरका सञ्चालक महानन्द कोइरालालाई यतिबेला विश्वकपका जर्सी, झन्डा, किरिङ आदि सामग्री बिक्री गर्न भ्याइनभ्याइ छ । जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, स्पेन आदि देशका जर्सीको माग अधिक रहेको उनको भनाइ छ ।

आफ्नो पसलबाट दैनिक ५० पिसजति जर्सी बिक्री भैरहेको जानकारी दिँदै कोइरालाले भने– ‘विश्वकप नजिकिएसँगै यसको व्यापार बढ्दो छ ।’ बालबालिकादेखि युवा पुस्तामा विश्व कपको रौनक निकै देखिन्छ । ठूलाले लगाउने, सानाले लगाउने, हाफ, फुल सबैखाले जर्सीको बिक्री भैरहेको छ— झापाको दमकका व्यवसायी सुरज अधिकारीले भने । ७ सय रुपैयाँदेखि ३ हजारसम्मका जर्सी बिक्री हुँदै आएको अधिकारीको भनाइ छ ।

 

आ–आफ्नै दाबी

मोरङ क्षेत्र नम्बर १ का सांसद कुशल लिम्बू पोर्चुगलका फ्यान हुन् । उनी यसपटक विश्वकपको उपाधि पोर्चुगलले जित्ने दाबी गर्छन् । क्रिस्टियानो रोनाल्डोलगायतका खेलाडी पोर्चुगलमा रहेका कारण पनि पोर्चुगलले उपाधि जित्ने उनको विश्वास छ । सांसद लिम्बूमात्र होइन उर्लाबारीका युवा ब्यवसायी दिनेश श्रेष्ठ पनि पोर्चुगलले उपाधि जित्नेमा आशावादी छन् । उर्लाबारी फुटबल क्लबका पूर्वअध्यक्ष घनश्याम भण्डारी भने यस पटकको विश्वकप अर्जेन्टिनाले जित्ने बताउँछन् । मेसीलगायतका खेलाडी उच्च फर्ममा रहेकाले पनि अर्जेन्टिनाले उपाधि चुम्ने उनको विश्वास छ । फुटबल खेलाडी निरोज बस्नेत स्पेनका फ्यान हुन् । उनी स्पेनले यस पटकको विश्वकपको उपाधि उचाल्ने दाबी गर्छन् ।

पूर्व राष्ट्रिय खेलाडी सञ्जिब बुढाथोकी ब्राजिलका फ्यान हुन् । ब्राजिल अहिले फर्ममा छ । उसको टिम पनि बलियो छ । त्यसैकारण पनि उपाधि ब्राजिलले जित्ने बुढाथोकीको दाबी छ । नेपाल कम्यूनिष्ट पार्टी मोरङका नेता रुपेश खतिवडा ब्राजिलले उपाधि जित्ने बताउँछन् । त्यस्तै, लेटाङकी भूमिका पाख्रिन पनि ब्राजिलकी फ्यान हुन् । उर्लाबारीका अनुप कठायत भने विश्वकप जर्मनीले जित्नेमा विश्वस्त छन् । जर्मनी उत्कृष्ट टिम भएकाले यस पटकको उपाधि जित्दै ब्राजिलसँगै पाँच पटक उपाधि उचाल्ने टिमका रूपमा बराबरीमा आउने उनी बताउँछन् । यी त केही उदाहरण मात्र हुन् । सबैका आ–आफ्नै दाबी छन् । अहिले चिया पसलमा विश्वकप फुटबलको उपाधि कसले जित्नेछ भन्ने यस्तै चर्चा–परिचर्चा नै बढी हुन्छ ।

 

ठूलो पर्दामा विश्वकप

मोरङको उर्लाबारीमा प्रदेश नम्बर १ कै ठूलो पर्दामा प्रोजेक्टरमार्फत विश्वकप फुटबल देखाइने भएको छ । ग्लोबल क्लब उर्लाबारीले खेलप्रेमीहरूलाई मध्यनजर गरेर ठूलो पर्दामार्फत विश्वकप फुटबल हेर्ने व्यवस्था मिलाएको हो । क्लबका प्रमुख सल्लाहकार सर्वजित भण्डारीका अनुसार विश्व फुटबलको महाकुम्भमा सबै खेलप्रेमीलाई एकै स्थानमा भेला पारेर प्रोजेक्टरमार्फत सहज रूपमा खेल हेर्ने व्यवस्था मिलाइएको छ । उर्लाबारी–७ स्थित चेरी टमोटो होटलले पनि बिश्वकप फुटबल प्रतियोगिता ठूलो पर्दामा देखाउने भएको छ । खेलप्रेमी तथा ग्राहकहरूका लागि सहज रुपमा होटलमै विश्वकप फुटबल देखाउन लागिएको सञ्चालक दिनेश श्रेष्ठले जानकारी दिए । मोरङको उर्लाबारीसहित पथरी, बेलबारी, झापाको दमक, विर्तामोड, इलाम, ताप्लेजुङ आदि स्थानहरूमा पनि प्रोजेक्टरमार्फत ठूलो पर्दामा विश्वकप फुटबलका खेलहरू देखाउने तयारी भैरहेको छ ।

 

सट्टाबाजी

विश्वकप फुटबल रसियामा चल्दा नेपालमा भने सट्टाबाजी मौलाउने निश्चित छ । मनोरञ्जनका नाममा सट्टाबाजीले विकृतिसमेत सिर्जना गरिरहेको छ । विभिन्न खेलका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सट्टाबाजी गर्ने नेपालीहरू घरबारविहीनसमेत भएका छन् । सट्टाबाजी गराउने कम्पनीका वेबसाइटमा आफ्नो अकाउन्ट खोलेर नेपालमा स्थानीय एजेन्ट खोज्ने र उनीहरूमार्फत ग्राहक खोजेर सट्टाबाजी गराइएको पाइन्छ । गिरोहले गराउने बेटिङमा २५ हजारदेखि १५ लाखसम्मको बेटिङ भएको पाइन्छ । बढी रकमको बेटिङ भएको अवस्थामा उक्त गिरोहले बाहिरका सट्टाबाजलाई ‘फरवार्ड’ गर्ने गरेका छन् । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik