
साप्ताहिक संवाददाता
गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘मंगली’ बोलको सार्वजनिक गीतको म्यूजिक भिडियो भने विकास सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा सुशान्त खत्रीले आँचल शर्मासँग जोडी बाँधेका छन् ।
सार्वजनिक गीतमा शंकर थापा ‘स्माईल’को संगीत तथा प्रह्लाद शाहको शब्द रहेको छ । गीतका संगीत संयोजक उदयराज पौडेल हुन् । भिडियोमा छायांकन अनिल के. मानन्धरको रहेको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।
मंगलीको म्यूजिक भिडियो :
