• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
विश्वकपमा व्यवसायिक अफर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विश्वकपमा व्यवसायिक अफर
असार १२, २०७५

 

विश्वकप भन्नेबित्तिकै त्यससँगै आर्थिक चहल–पहल समेत जोडिन्छ । संसारको ध्यान अहिले रसियामा जारी विश्वकपमा छ । विश्वकप फुटबलको यो रौनकले नेपालको आर्थिक गतिविधिलाई समेत सक्रिय बनाएको छ । विश्वकपको यो अवसरमा विभिन्न व्यवसायिक कम्पनीहरू आफ्नो व्यवसाय थप विस्तार गर्ने धाउन्नमा छन् । विश्वकपको अवसरमा विभिन्न कम्पनीहरूले आ–आफ्ना उत्पादन बेच्न विविध अफर बजारमा फालिरहेका छन् । 

सामसुङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल–२०१८ का अवसरमा ‘फिल द गेम’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत सामसुङले विभिन्न मोडलका टेलिभिजन सेट अधिकतम २७ प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ । यसको अतिरिक्त सम्पूर्ण टेलिभिजन सेटमा दुई वर्षको वारेन्टी तथा शून्य प्रतिशत इएमआई सुविधाको किस्ताबन्दी अफरसमेत प्रस्तुत गरिएको छ । 

सामसुङजस्तै टेलिभिजन ब्रान्ड टिसिएलले आफ्ना टेलिभिजन सेटहरूमा तीन वर्षको वारेन्टीका साथै २५ प्रतिशतसम्म छुटको योजना अगाडि ल्याएको छ । विश्वकपको रौनक छाएसँगै व्यवसायिक कम्पनीहरूमा यस्तो अफरको होडबाजी नै चलेको छ । अर्को इलेक्ट्रोनिक्स कम्पनी एलजीले विश्वकपको यो अवसरमा टेलिभिजन खरिद गरेबापत ३१ प्रतिशतसम्म क्यासव्याक अफर ल्याएको छ । यस्तै, यासुडाले यासुडाको टेलिभिजन खरिद गर्दा ३० प्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ । 

विश्वकपको रंगीन माहोलमा ग्राहकहरूसँग उमंग साट्न स्काइवर्थले पनि हरेक स्काइवर्थ टेलिभिजनको खरिदमा २५ प्रतिशतसम्म क्यासब्याकको अफर अगाडि सारेको छ । यस्तै, सोनी कम्पनीले हरेक टेलिभिजनको खरिदमा २५ प्रतिशत क्यासब्याकसहित विभिन्न प्याकेज अफर सार्वजनिक गरेको छ । सिजी कम्पनीले पनि विश्वकपलाई लक्षित गर्दैै आफ्ना टेलिभिजन सेटमा विशेष अफर ल्याएको छ । सिजीका २० इन्चदेखि ४३ इन्चसम्मका कुनै पनि नर्मल तथा स्मार्ट टिभी खरिद गर्दा ३० प्रतिशतसम्मको छुट योजना लागू गरिएको छ । ४३ इन्चभन्दा माथिको टिभीमा सिजीकै मल्टिमिडिया तथा तीन वर्षको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । 

केवल तथा इन्टरनेट प्रदायक कम्पनीहरूले पनि आफ्ना विविध अफर ल्याएका छन् । सुविसु केवलनेटले विश्वकप फुटबललाई लक्षित गरेर क्लियर टिभी सेवामा क्लियर टीभी विश्वकप अफर प्रस्तुत गरेको छ, जसअन्तर्गत एचडी सेटअप बक्स, जडान सेवा र दुई महिनाको क्लियर टिभी प्रिमियम प्याकेज एकसाथ विशेष छुटमा प्राप्त गर्न सकिन्छ । यस्तै अफर मेरो टिभी र सिम टिभीको पनि छ । 

फुडमाण्डूको चियर योर टिम 

अनलाइन खाना डेलिभरी कम्पनी फुडमाण्डूले फुटबल महाकुम्भ विश्वकप–२०१८ मा आफ्ना सेवाग्राहीहरूका लागि ‘चियर योर टिम’ अफर ल्याएको छ । यो अफरअन्तर्गत घरमै साथीभाइ तथा परिवारसँग खेल हेर्दै खानाको मज्जा लिने मात्र होइन, हरेक अर्डरसँग खेलको नतिजा पनि अनुमान गर्न पाइन्छ, जसमा सही उत्तर दिनेले १० प्रतिशत छुटका साथ केही अंक प्राप्त गर्नेछन् । विश्वकपको अन्त्यसम्म जसले धेरै अंक जम्मा गर्न सक्छ, उक्त ग्राहकले सामसुङको ४३ इन्चको स्मार्ट टिभी जित्नेछन् । फुडमाण्डूले विश्वकप अवधिभरि विभिन्न रेस्टुराँबाट ४० प्रतिशतसम्म छुटका साथै विभिन्न आकर्षक परिकारका कम्बोहरू पनि उपलब्ध गराउने कुरा बताएको छ ।

इलेक्ट्रोनिक्स कम्पनीहरूले टेलिभिजनमा विशेष अफर ल्याइरहेका बेला अन्य व्यवसायिक कम्पनीहरूले पनि विश्वकप विशेष अफरहरू अघि सारेका छन् । यस क्रममा शिवम् सिमेन्टले विशेष पुरस्कार योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत शिवम्ले आफ्ना फेसबुक फलोअर्सहरूलाई वल्र्डकप विजेताको भविष्यवाणी गरी पुरस्कार जित्ने अवसर प्रदान गरेको छ । प्रत्येक खेलमा सही भविष्यवाणी गर्ने सहभागीलाई गोलाप्रथाद्वारा विजेता घोषणा गरिने शिवम् सिमेन्टले जनाएको छ । यस्तै, अफर सगरमाथा सिमेन्टको पनि छ । सगरमाथा सिमेन्टले अनुमान लगाउनुहोस् हरेक दिन पुरस्कार जित्नुहोस् भन्दै अफर सार्वजनिक गरेको हो । 

विश्वकपले अटो मोबाइल्स इन्डस्ट्रिजलाई समेत छोएको छ । विभिन्न अटोमोबाइल्स कम्पनीहरूले विश्वकप विशेष अफरमार्फत ग्राहक तान्ने प्रयास गरिरहेका छन् । महिन्द्रा एन्ड महिन्द्रा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता दुगड ब्रदर्श एन्ड सन्सले ‘व्यापार गरौँ जमेर वल्र्ड कप हेरौँ रमेर’ नाराका साथ विशेष योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरूले महिन्द्रा सुप्रो कार्गो भ्यान, महिन्द्रा म्याक्सिमो प्लस तथा लोडकिङ अप्टिमो गाडीको खरिदमा निशुल्क एलईडी टिभी प्राप्त गर्न सक्छन् । 

यस्तै, हुन्डाई कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ र पुराना दुवै ग्राहकका लागि ‘रोड टु रसिया’ अफर अघि सारेको छ । पुराना र नयाँ ग्राहकहरूमा लक्की ड्र गराएर २/२ जना विजेतालाई रसियामा भैरहेको विश्वकप फुटबलको फाइनल खेल हेर्न पठाउने योजना कम्पनीको छ । यस्तै हुन्डाइको कुनै पनि गाडी खरिद गर्दा ५ लाखसम्म छुट दिने योजना अघि सारिएको छ भने हुन्डाईको नयाँ गाडी किन्ने ग्राहकले सामसुङको ४३ अथवा ५५ इन्चको स्मार्ट एलइडी टिभी नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik