• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
चितवनका चर्का समर्थक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशकुमार पौडेल

चितवनका चर्का समर्थक
असार १२, २०७५

फुटबलको महाकुम्भ विश्वकपमा सहभागी देशका समर्थकहरूले बेलाबेलामा चितवनमा थाम्नै गाह्रो हुने तरङ्ग ल्याउँछन् । चितवनमा अर्जेन्टिना, ब्राजिल, जर्मनी, फ्रान्स, पोर्चुगल, बेल्जियम तथा स्पेनका समर्थक बढी भेटिन्छन् । 

सामाजिक सञ्जाल, कलेज तथा चोकमा मात्र समर्थक उपस्थित छैनन्, उनीहरू र्‍याली नै निकाल्ने तयारीमा जुट्छन्, तर चितवनमा यसपटक समर्थकहरूको र्‍याली सायदै निस्किएला । विश्वकप सुरु नहुँदै अर्जेन्टिनाका समर्थक यति सक्रिय छन् कि उनीहरूले चितवनमा अरूले भन्दा अघि नै जुलुस निकाल्न खोजे, तर प्रहरीले अगाडि बढ्न दिएन । लगत्तै जुलुस निकाल्ने योजनामा रहेका ब्राजिलका समर्थकहरूले पनि आफ्नो कार्यक्रम रद्द गरे । 

बार्सिलोना फुटबल क्लबका फ्यानहरूको समूह बार्सा नेपालको शाखा पनि छ चितवनमा । उक्त समूहमा धेरैजसो अर्जेन्टिनाका समर्थक आबद्ध छन् । ‘हामी मेस्सीका समर्थक हौं । मेस्सी अर्जेन्टिनाका खेलाडी हुन् । त्यसैले अर्जेन्टिनाको जर्सी लगाएर र झन्डा राखेर मोटरसाइकल जुलुस निकालौं भन्ने योजनामा थियौं’ बार्सा चितवनका उपाध्यक्ष नितेश रानाभाटले बताए ।

 

जेठ २६ गते भरतपुरको वीरेन्द्र क्याम्पस प्राङ्गणमा ५०/६० जना भेला भए । प्रायले अर्जेन्टिनाको जर्सी लगाएका थिए । उनीहरू सडकमा निस्कनै लाग्दा तीन गाडी प्रहरी आएर रोक्यो । त्यसपछि मोटरसाइकलमा बजार र भरतपुर घुम्ने उनीहरूको योजना अधुरै रहयो । 

ब्राजिलका समर्थकहरू पनि जेठ २८ मा ठुलै जुलस निकाल्ने तयारीमा जुट्दै थिए । ‘तर अर्जेन्टिनाको रोकियो, प्रशासनले कुनै पनि देशको समर्थनमा जुलुस निकाल्न पाइँदैन भनेपछि हामी पनि रोकियौं, ’ ब्राजिलका समर्थक फुटबल खेलाडी कृष्ण कार्कीले बताए । राष्ट्रिय स्तरका खेल खेली सकेका कार्की चितवनमा अर्जेन्टिना र ब्राजिलका प्रशंसक बढी भएको बताउँछन् ।

‘देश–देशको समर्थनमा जुलुसै निकाल्न थालेपछि यो त शक्ति प्रदर्शन गरे जस्तो भयो । शक्ति प्रदर्शन गर्दा खेल भावना कायमै रहन्छ भन्ने छैन । खेल भावना नमरोस् भनेर जुलुसहरू रोकेका हौं,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले बताए ।

 

समूह बनाएर खेल हेर्दै

समूह–समूहमा र्‍याली निकाल्न नपाए पनि युवाहरू बसेर प्रतियोगिता हेर्ने तयारीमा छन् । कृष्ण कार्कीले सन् १९९८ देखि विश्वकप फुटबल हेर्न थालेका हुन् । त्यो बेलादेखि नै उनी ब्राजिलका फ्यान हुन्, तर त्यो बेला अहिलेको जस्तो फ्यानहरूको ठूलो समूह थिएन । 

सन् २००६ को विश्वकपदेखि भने टिभीमा होइन, प्रोजेक्टरबाट ठूलो पर्दामा लाइभ हेर्ने नयाँ चलन सुरु भयो ।  चोक–चोकमा खेल हेर्न नदिने योजनामा प्रहरी पनि छैन, तर सम्भावित भीडन्त रोक्न भने आफुहरू लाग्ने डिएसपी आचार्यले बताए ।

जर्सी, टिभी र होटलको व्यापार

बजार डुल्दा फुटबल खेल्ने देशका खेलाडीले लगाउने जर्सी नझुन्डिएको पसल फेला पार्न गाह्रो छ । भरतपुरस्थित डीएस स्पोर्टसका सञ्चालक सुभाष अधिकारीका अनुसार उनको पसलमा जर्सी किन्नेहरूको भीड छ । 

‘अर्जेन्टिनाको जर्सी सबैभन्दा बढी बिक्री भएको छ । अर्जेन्टिनाको जर्सी १० वटा बिक्री हुँदा बाँकी अरू देशको जर्सी चार–पाँचवटा बिक्री हुन्छ,’ अधिकारीले बताए । सामान्य ६ सय रुपैयाँदेखि बढीमा १ हजार २ सय रुपैयाँसम्मका जर्सी उनको पसलमा छन् । 

जर्सी मात्र नभएर यो बेला टिभीको व्यापारसमेत बढेको छ । विश्वकपका लागि टिभीमा छुट तथा स्किमहरू छन् । त्यसैले टिभी किन्नेहरूले यही मौका छोपिरहेका छन् । ‘अरू बेला ४० इन्चभन्दा माथिका ठुला टिभी दिनमा सरदर एउटा बिक्री हुने गरेकोमा यो बेला कम्तीमा पनि दिनमा पाँचवटा टिभी बिक्री भैरहेको छ,’ नारायणगढको शुभकामना इलेक्ट्रोनिक्सका सूर्य शर्मा अधिकारीले भने । 

खेल हेर्न चोक–चोकमा मात्र होइन होटलहरूमा पनि जम्मा हुने तयारी धेरैको छ । हो हल्ला हुन्छ भनेर धेरै होटल सञ्चालक सतर्क छन्, तर विश्वकपको माहौलले होटल सञ्चालकहरूलाई पनि मज्जाले छोएको छ । विश्वकप सुरु भएपछि होटलमा स्वभाविक रूपमा भीडभाड बढ्ने नारायणगढस्थित द ग्रिनपार्क होटलका सञ्चालक जोन कँडेल बताउँछन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik