• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
मिनी ब्राजिलमा अर्जेन्टिनाको क्रेज
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नवराज विष्ट

मिनी ब्राजिलमा अर्जेन्टिनाको क्रेज
असार १३, २०७५

धरान नेपाली फुटबलको महत्वपूर्ण केन्द्र हो । धरानका प्रत्येक वडामा २ भन्दा बढी संस्थागत फुटबल क्लब छन्, जसले नियमित रुपमा फुटबलका प्रतियोगिता गर्छन् । त्यसबाहेक पत्रकार, कलाकार, बैंकर्स, डाक्टर्स, सहकारीकर्मी, जेसिज, व्यापारिक प्रतिष्ठान, यातायात व्यवसायीका आ–आफ्नै क्लब छन् । यी क्लबहरूबीच प्रतियोगिताहरू पनि भैरहन्छन् । फुटबलमा यति क्रेज भएपछि विश्वकपको रन्कोले यो सहरलाई नछुने कुरै भएन । 

ब्राजिलका अधिक फ्यान र ब्राजिलकै जस्तै फुटबल संस्कृति भएका कारण पनि धरानलाई मिनी ब्राजिलका रूपमा व्याख्या गरिन्छ । यद्यपि प्रत्येक विश्वकपसँगै धरानेहरूको रुचि पनि परिवर्तन भैरहन्छ । यसपटक पनि विश्वकपमा सहभागी सबै देशका समर्थक धरानमा फेला पर्छन् । तथापि ब्राजिल, अर्जेन्टिना, जर्मनी, फ्रान्स, स्पेन, इंग्ल्यान्ड तथा पोर्चुगलका फ्यान बढी छन् । 

अघिपछि मोटर साइकलका लस्कर, प्रत्येक मोटर साइकलमा अर्जेन्टिनाको झन्डा, शरीरमा अर्जेन्टिनी जर्सी र सपोर्टर अर्जेन्टिनाको । यो माहोल हो अर्जेन्टिना समर्थकको । ‘हामीलाई एकअर्काको समय मिलाउन गाह्रो छ । तपार्इंहरूको यो महत्वपूर्ण समयका लागि धन्यवाद । हामी सधैं अर्जेन्टिनासँगै छौ । चाहे उसको जित होस् वा हार–तनाव विश्वकपको ।’ हूल बाँधेर भेडेटार उक्लिरहेका धिरेन लिम्बू र साथीहरूले सामाजिक संजालमा पोखेको अभिव्यक्ति यस्तै छ । यो समूहमा धराने फुटवलर धिरेनसंगै लोकेश, लोकमान, राजन, अरुन, सागर तथा भरत छन् । 

अघिल्ला विश्वकपमा स्काइ क्लब निर्माण गरेर ब्राजिललाई समर्थन गरेका युवा व्यवसायी सुमन श्रेष्ठ यसपटक पनि ब्राजिलका समर्थक हुन् । उनले अघिल्लो विश्वकपमा आफ्नै लगानीमा ब्राजिलका समर्थकहरूलाई जर्सी उपहार दिएर स्काइ क्लब निर्माण गरेका थिए । उनको समूहमा बिकी, मनु, दिनेश, निरज आदि युवा छन् । यता नियमित रूपमा फुटसल खेलिरहेका मानबहादुर मगर व्यक्तिगत रूपमा जापानलाई समर्थन गर्छन् । उनले जापानको जर्सीसमेत किनेका छन् । धरानको मिडिया स्पोर्टिङ क्लबका खेलाडीबीच पनि विश्वकपमा कसलाई समर्थन गर्ने भन्ने विषयमा एकता छैन । क्लबका सचिव विकास चाम्लिङ राई ब्राजिलका समर्थक हुन् भने धरान फुटबल क्लबका अध्यक्ष समेत रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राई अर्जेन्टिनाका समर्थक हुन् ।

विश्वकपको 

स्वागतमा प्रतियोगिता

धरानका विभिन्न स्थानमा विश्वकपको स्वागत तथा स्थानीय खेलाडीहरूबीच मेलमिलाप बढाउने उद्देश्यले मैत्रीपूर्ण खेलको आयोजना गरिन्छ । हालै धरानस्थित बूढासुब्बा फुटसल क्लबले विश्वकप–२०१८ लाई स्वागत गर्दै मैत्रीपूर्ण भालेकपको आयोजना गर्‍यो । 

नेपालभरि नै अर्जेन्टिनाका फ्यान बढी भएको बताउने गोधूलि क्लब धरानका अध्यक्ष सतिश केसी धरानमा अर्जेन्टिनाको क्रेज बढी भएको दाबी गर्छन् । नियमित फुटबल खेल्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरू पनि विश्वकपको तापबाट टाढा छैनन् । यो विश्वकपले चिकित्सकहरूबीच पनि भेटघाटको बहाना जुटाइदिएको डा.जीवन धमला बताउँछन् । 

‘ड्युटीका कारण डाक्टरहरूबीच नै भेटघाट हुन गार्‍हो थियो, अहिले ठ्याक्कै योजना बनाई नसके पनि यो अवसरलाई सदुपयोग गर्छौँ’, डा. धमला भन्छन्, ‘सम्भव भएसम्म साथीहरूसँग बसेर गेम हेर्ने योजना छ ।’ 

चोकचोकमा प्रोजेक्टर

धरानका विभिन्न स्थानमा विश्वकप–२०१८ को प्रत्यक्ष प्रसारण देखाउन क्लबहरूले प्रोजेक्टरको व्यवस्था गरेका छन् । धरानका बुद्ध चोक, शिवमार्ग, बूढासुब्बा चोक, विजयपुर चोक, अन्नपूर्ण चोक, जिरोप्वाइन्ट, वरगाछी, जानकी चोक आदिमा प्रोजेक्टरका माध्यमद्वारा ठूलो पर्दामा फुटबल देखाइँदैछ । क्लबले मात्र होइन धरानका केही ठूला होटलले समेत यसलाई व्यवसायको माध्यम बनाउँदै छन् । होटल इजी राइडर्सले होटलमै ठूलो पर्दाको व्यवस्था गरेको छ । होटलमा आगन्तुकले निशुल्क फुटबल हेर्न सक्ने होटलका प्रबन्ध निर्देशक लोक खापुङले बताए । धरानकै होटल भिन्टेज, टेन्ज बार, होटल सेवारो तथा धरानको पर्यटकीय केन्द्र बगरकोटका अधिकांश होटलले विश्वकप फुटबल देखाउन ठूलो पर्दाको व्यवस्था मिलाएका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik