• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
चिट्ठाको चंगुल चिट्ठाको नाममा ठग्ने पक्राउ पर्छन्, ठगी रोकिँदैन, किन ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

शंकर आचार्य

शंंकर आचार्य

शकर आचार्य

श‌ंकर आचार्य

श‍ंकर आचार्य

चिट्ठाको चंगुल चिट्ठाको नाममा ठग्ने पक्राउ पर्छन्, ठगी रोकिँदैन, किन ?
असार २७, २०७५

 

पर्सा प्रहरीले चिट्ठाको नाममा ठगी कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेका चार जनालाई सार्वजनिक गरेपछि ठगीको सञ्जाल सार्वजनिक भएको छ । सार्वजनिक गरिएकाहरूमा वीरगन्ज–१८, नगवाका १८ वर्षीय अक्षयकुमार चौरसिया, वीरगन्ज–१६ का १८ वर्षीय युवराज पासवान, वीरगन्ज–१९ का २२ वर्षीय वीरनारायण चौरसिया तथा वीरगन्ज–२ का २२ वर्षीय राहुल कुमार राउत छन् । 

उनीहरूलाई वीरगन्ज–१५, भेडियाहीस्थित नेसनल मेडिकल कलेज नजिकको श्रीगढीमाई मनी ट्रान्सफरबाट निस्किरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट ठगी कार्यमा प्रयोग गरिएको सिमसहितका मोबाइलहरू, स्रोत खुल्न नसकेको नगद, विभिन्न बैंकका एटिएम तथा भौचरहरू, सक्कल नागरिकता एवं नागरिकताका प्रतिलिपिहरू बरामद भएको छ । पक्राउ परेका सबै ठूलो गिरोहको प्रलोभनमा परी ठगी सन्जालमा ढुवानीकर्ता तथा कामदारका रूपमा काम गरी रहेको अनुमान गरिएको छ । 

मंसिर १४ यता ७ पटक गरी जिल्ला प्रहरीले यस्तो अपराधमा संलग्न रहेको आरोपमा २७ जनालाई पक्राउ गरिसकेको छ । तीमध्ये डेढ दर्जन नेपाली तथा ९ जना भारतीय छन् । पक्राउ परेका मध्ये १ दर्जन आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । 

पछिल्लो एक वर्षयता सर्वसाधारणलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने गिरोह यो भेगमा सक्रिय छ । ठगिएपछि लोकलाजका कारण सुरुमा केहीले प्रहरीलाई त के आफन्त तथा परिवारजनलाई समेत आफू ठगिएको कुरा बताउन नचाहने भएकाले यस्तो ठगीले थप मौलाउने अवसर पाएको छ । यसरी ठगिनेहरूको संख्या बढ्दै गएपछि पीडितहरू खुल्दै गएका छन् । उनीहरूले आफ्नो उजुरीको बेहोरा सार्वजनिक नगरिदिने आग्रह गर्दै प्रहरीमा उजुरी गर्न थालेका छन् । 

प्रहरीले पनि ती उजुरीमाथि अनुसन्धान थालेको छ । बिस्तारै ठगी गिरोहमा संलग्न नेपाली तथा भारतीय नागरिकहरू पक्राउ पर्नु त्यसकै उदाहरण हो । सात महिनायता प्रहरीले यस्ता ठगी कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई पटक–पटक पक्राउ गरेर कारबाहीको दायरामा ल्याए पनि सर्वसाधारण ठगिने क्रम भने अझै रोकिएको छैन भने ठगीमा सक्रिय गिरोह निरुत्साहित भएको पनि पाइँदैन । यस्तो गिरोहले फेसबुक, ट्विटर, भाइबर आदि सामाजिक सन्जालको माध्यमबाट नेपालका विभिन्न जिल्लामा सर्वसाधारणसँग सम्पर्क गरेर उनीहरूलाई २५ लाखदेखि ३ करोड रुपैयाँसम्मको चिट्ठा परेको र उक्त रकम लिन नेपाल सरकारलाई दिनुपर्ने १० प्रतिशत कमिसनबापतको रकम मनी ट्रान्सफरहरूबाट पठाउन भन्ने गरेका छन् । 

जिल्ला प्रहरीका प्रवक्ता डिएसपी राजन लिम्बू पक्राउ परेकाहरूले विभिन्न मनी ट्रान्सफर काउन्टरबाट रकम संकलन गरी पठाउने, त्यसबापत कमिसन लिने काम गरेको पाइएकाले उनीहरू उपर ठगी तथा संगठित अपराध मुद्दा चलाइएको बताउँछन् । यस्तो गिरोहमा संलग्न व्यक्तिले फेसबुक, ट्विटर, भाइबर आदि सामाजिक सन्जालको माध्यमबाट नेपालका विभिन्न जिल्लामा सर्वसाधारणसँग सम्पर्क गरेर उनीहरूलाई २५ लाख देखि ३ करोड रुपैयाँसम्मको चिट्ठा परेको र उक्त रकम लिन नेपाल सरकारलाई दिनुपर्ने १० प्रतिशत कमिसनबापतको रकम मनी ट्रान्सफरहरूबाट मगाउने गरेका हुन् । चिट्ठाको नाममा यसरी ठगिनेहरूको संख्या बाक्लै छ । यसरी ठगिनेमा शिक्षित तथा उच्च वर्गीय परिवारका व्यक्तिहरू बढी छन् । 

प्रहरीले ठगिमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालेपछि उनीहरूबाट ठगिनेहरूको लामै फेहरिस्त तयार भएको छ । प्रहरी आफैंले मनी ट्रान्सफरहरूबाट रकम झिकेको प्रमाणका आधारमा पीडितहरूसँग सम्पर्क गर्न थालेको छ । ठगीमा संलग्नहरूलाई पक्राउ गर्न सहज होस् भनी प्रहरीले कतिपय पीडितलाई फोन गर्दा तीमध्ये अधिकांश आफ्नो परिचय खुलाउन चाहँदैनन्, तर आफ्ना परिवारका सदस्यलाई नबताइदिने सर्तमा आफूहरू ठगिएको पीडा व्यक्त गर्न थाल्छन् ।

कतिपय महिलाले आफ्ना श्रीमान्लाई नबताई ठग गिरोहलाई पैसा दिइसकेका हुन्छन् भने कतिपय चिकित्सक, शिक्षक तथा अन्य सम्मानित पेसामा संलग्न शिक्षित एवं सचेत वर्ग पनि यसरी ठग गिरोहलाई रकम पठाएर ठगिएका छन् । सचेत वर्ग नै ठगिने र ठगिएपछि लाज मानेर बस्ने प्रवृत्तिले ठग गिरोहको मनोबल बढेको छ । विगतमा भारतबाट मात्र फोन गर्ने यस्तो गिरोहले हाल पाकिस्तान, मलेसिया आदि मुलुकबाट समेत फोन गर्न थालेको छ । 

पीडित वीरगन्ज आसपासका मात्र नभै काठमाडौं, दोलखा, बुटवल, जनकपुर, नेपालगन्जसम्मका हुने गरेका छन् । सुरुमा फोनबाट सूचना दिएर बधाई दिने गिरोहले सम्बन्धित व्यक्तिलाई विश्वस्त तुल्याउन बधाई एसएमएस, पोस्टकार्ड, कम्पनीको नक्कली लोगो सहितको केही कागजात, भारतीय तथा नेपाली प्रधानमन्त्रीले हात मिलाएको तस्बिर, भारतीय कलाकार अमिताभ बच्चनसँगको तस्बिर तथा विभिन्न नेपाली बैंकको नाम सहितको थप कागजात पटक–पटक पठाउने गरेका छन् । 

ठगि गिरोह निरुत्साहित नहुनुमा हालसम्म पक्राउ परेका व्यक्तिहरू ढुवानीकर्ता तथा कामदारका रूपमा कार्यरत व्यक्तिहरू मात्र भएकाले हुन सक्ने उनको अनुमान छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik