साप्ताहिक संवाददाता
आश्विन ६, २०७५
मानिसले पार्क तथा सार्वजनिक स्थलमा गरेको फोहोर जति सफा गरे पनि भोलिपल्ट उस्तै भएको देखेर फ्रान्सको भ्यान्डी प्रान्तका अधिकारी दिक्क थिए । उक्त फोहोर कसरी सफा गर्दा सधैं पार्क सफा रहन्छ भन्ने कुरा अधिकारीहरूले सुल्झाउन सकेका थिएनन् ।
यस क्रममा उनीहरूले एउटा नयाँ जुक्ति निकाले पार्कमा मानिसले गरेको फोहोर सफा गर्न पन्छीको प्रयोग गर्ने । उनीहरूले मानिसले गरेको फोहोर सफा गर्न कागलाई प्रयोगमा ल्याएका छन् । कागले पार्कको फोहोर टिप्दा फोहोर गर्ने मानिसमा जनचेतना बढेको तथा उनीहरूले फोहोर गर्न समेत कम गरेको देखियो । भएन त नौलो उपाय ?