• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
आफ्नै साझेदारबाट व्यवसायी मारिए
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अर्जुन राजवंशी

आफ्नै साझेदारबाट व्यवसायी मारिए
आश्विन ११, २०७५

 

दमकका युवा व्यवसायी ३८ वर्षीय खेमराज पौडेलको आफ्नै व्यवसायी सहकर्मीबाट विभत्स हत्या भएको छ । पौडेलको शव गौरीगन्ज गाउँपालिका–६, देवीगन्जस्थित नेपाल–भारत सीमानजिक खेतको नालामा भदौ २६ गते बिहान फेला परेको थियो । 

बिहान ७ बजे गाईवस्तु बाँध्न गएका स्थानीय बासिन्दाले पैनीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । कमल गाउँपालिका–६, मंगलबारे निवासी पौडेलले दमक नगरपालिका–६ मा राजदीप इन्टरप्राइजेज नामक रेडिमेड कपडा पसल सञ्चालन गर्दै आएका थिए । उनको घाँटी, छाती, पाखुरा, पिँठ्युसहित शरीरका विभिन्न भागमा धारिलो हतियारले काटेको गहिरो चोट रहेको इलाका प्रहरी गौरीगन्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताए । घटनास्थलमा पौडेलको मे ७ प १९०४ नम्बरको मोटरसाइकल, हेलमेट, मोबाइल, ब्याग आदि फेला परेको थियो । पौडेलसँग भएका चेक, पर्स तथा नगदसमेत सुरक्षित रहेकाले नियोजित रूपमै आफ्ना भाइको हत्या भएको मृतकका दाजु धनपति पौडेलले साप्ताहिकलाई बताए । 

पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले गौरीगन्ज–६ का २८ वर्षीय सद्दाम हुसेनमाथि आवश्यक कारबाही अघि बढाएको छ । प्रहरी बयानमा हुसेनले अपराध स्वीकार गरेको प्रहरी निरीक्षक पौडेलले बताए । मादक पदार्थ सेवन गरेको अवस्थामा पौडेलको हत्या गरेको हुसेनले प्रहरीसमक्ष दिएको बयानमा बताएका छन् ।

९० हजारले गयो ज्यान

पौडेल भदौ २५ सोमबार बेलुका ६ बजेदेखि बेपत्ता थिए । उनी सोमबार दिनभरि पसलमा बसेर बेलुकीपख श्रीमती दीपासँगै पसलको पैसा उठाउन जिल्लाको सीमावर्ती बजार गौरीगन्ज गएका थिए । सद्दाम हुसेन पौडेलको पसलबाट कपडा लिएर गौरीगन्ज, खजुरगाछी, गौरादह, कोरोबारी आदि बजारमा बिक्री गर्थे । पछिल्लो समय उनले एक लाख रुपैयाँको सामान उठाएका थिए, जसमध्ये ९० हजार रुपैयाँ हुसेनले पौडेललाई बुझाउन बाँकी थियो । 

झापा जिल्लाका दक्षिणी बजारहरू गौरादह, जुरोपानी, गौरीगन्ज तथा खजुरगाछीका ७ जना व्यापारीले पौडेलसँग कारोबार गर्थे । पौडेल साप्ताहिक रुपमा पैसा उठाउन प्रत्येक मंगलबार तल्लो क्षेत्र जान्थे, तर हुसेनले ताकेतामा जाने निर्धारित मंगलबारभन्दा अघिल्लो दिन अर्थात् सोमबार नै पैसा लिन बोलाएपछि पौडेल श्रीमतीसँग गौरीगन्ज पुगेका थिए । हुसेनले काम विशेषले आफूलाई मंगलबार फुर्सद नभएकाले सोमबारै पैसा लिन आउनू भनेर बोलाएका थिए । पैंसा लिन श्रीमान्–श्रीमती नै आएको देखेपछि हुसेन अचम्मित भएका थिए । उनले भाउजू तपाईं किन आउनुभएको ? भन्दै पौडेलकी श्रीमतीसँग प्रश्न गरेका थिए । 

हुसेनले पैसा घरमा भएकाले आफ्नो घर जान पौडेलसँग आग्रह गरेका थिए । एउटा बाइकमा तीन जना कसरी जानु ? तपाईं यतै कतै बस्नुस्, मेरो घर यहाँबाट १५ मिनेट जान र १५ मिनेट आउन लाग्छ । हामी गएर आइहाल्छौं भन्दै दीपालाई गौरीगन्ज–६ स्थित चौबाटोमा बस्न लगाएर उनीहरू दक्षिण लागेका थिए । उनीहरू दुई घण्टासम्म नफर्किएपछि दीपा सशंकित भएकी थिइन । उनी स्थानीय बासिन्दाको सहयोगमा नजिकै रहेको इलाका प्रहरी कार्यालय, गौरीगन्ज पुगिन । लगत्तै गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले हुसेनलाई बोलाउन मान्छे पठाए, तर हुसेन अध्यक्ष श्रेष्ठलाई भेट्न नगई आफैं प्रहरी कार्यालय पुगेका थिए । 

बेइज्जत गरेकाले हत्या 

हुसेनले प्रहरीसँगको बयानमा पौडेलले सार्वजनिक स्थानमा आफ्नो बेइज्जत गरेकाले हत्या गरेको बताएका छन् । पैसा उठाउने क्रममा करिब ३ महिना अघि गौरादह बजारमा पौडेलले हुसेनलाई हप्काएका थिए । तिर्नुपर्ने भन्दा निकै कम रकम दिएपछि ‘यस्तो पाराले हुँदैन । यति पैंसाले तिम्रो ऋण तिरिँदैन’ भन्दै पौडेलले हुसेनलाई गाली गरेका थिए । बजारमा पसल थापेकै स्थानमा सार्वजनिक रुपमा आफ्नो बेइज्जत गरेको रिसमा पौडेलको हत्या गरेको प्रहरीसँगको बयानमा हुसेनले उल्लेख गरेका छन् । 

‘हुसेनले हत्या गर्ने योजना बनाएरै पौडेललाई बोलाएको अनुसन्धानबाट खुलेको छ’ जिल्ला प्रहरी कार्यालयका एसपी भीमप्रसाद ढकालले भने, ‘पौडेललाई अपहरणशैलीमा घरभन्दा टाढाको चोकमा लगेर हत्या गरेको पाइयो ।’ नेपाल–भारत सीमाना नजिक एकान्त ठाउँमा लगेर पौडेलको हत्या गरेको हुसेनले बताएका छन् । हुसेनले भारतबाट ६० रुपैयाँमा किनेर ल्याएको छुरी प्रहार गरी हत्या गरेको एसपी ढकालले बताए । प्रहरीका अनुसार हुसेन पौडेलको हत्या गरी घर गएर आफ्नो लुगा धोइपखाली गर्नुका साथै आफू पनि नुहाएर बसेका थिए । हुसेनले पौडेलको हत्या आर्थिक लेनदेनकै कारण गरेको र हुसेनमाथि कर्तव्य ज्यान अन्तर्गतको मुद्दा चलाइएको प्रहरीले जनाएको छ । 

सुरक्षाको माग

व्यवसायी पौडेलको विभत्स हत्यापछि दमक तथा गौरीगन्जका उद्योगी, व्यवसायीले सुरक्षा माग गरेका छन् । उनीहरूले व्यवसायिक सुरक्षा नभएको भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा हत्या, अपहरण, लागूपदार्थ कारोबार आदि आपराधिक क्रियाकलाप बढेको भन्दै गौरीगन्जका व्यवसायीहरूले विशेष सुरक्षाको माग गरेका हुन् । झापा उद्योग वाणिज्य संघ, गौरीगन्ज शाखाका अध्यक्ष मखना महतोले लगातारको आपराधिक क्रियाकलापले स्थानीयवासी तथा व्यवसायीहरू त्रसित भएको बताए । दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले खुलेआम व्यवसायीको हत्याले जिल्लाको सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik