
साप्ताहिक संवाददाता

गायक आशिष सचिन र गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माले संगीत गरेका छन् । दसैंलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘पिरिम नलाउने’ बोलको गीत गायक आशिषले नै लेखेका हुन् ।
गीतको म्यूजिक भिडियोमा गायक आशिष सचिनसँग अभिनेत्री वर्षा राउतले जोडी बाधेकी छिन् । आरोही एल्बममा समावेश गीतको भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका छन् ।
गीतमा सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा उनकै श्रीमती जया शर्माले साथ दिएकी छिन । गीतमा उत्सव दाहालको छायांकन रहेको छ । भिडियो सम्पादन नविन निरौलाले गरेका हुन् ।
गीतको म्यूजिक भिडियो :