• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
चाडपर्व र होम अप्लाइन्सेज
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चाडपर्व र होम अप्लाइन्सेज
कार्तिक २०, २०७५

 

चाडपर्व, उत्सव वा कुनै समारोह पारेर धेरैले आफ्नो घरको स्वरूप परिवर्तन गर्ने सोच बनाएका हुन्छन् । त्यस क्रममा उनीहरू घरमा प्रयोग गरिएका सामान परिवर्तन गर्छन् भने नयाँ सामान समेत जोर्छन् । ज्ञानेश्वरकी प्रतिभा केसी पनि यो तिहारमा आफ्नो घरमा भएको रेफ्रिजेरेटर परिवर्तन गर्ने सोचमा छिन् । प्रतिभा जस्तै मैतीदेवीकी शैलजा पनि तिहारको अवसर पारेर वासिङ मेसिन किन्ने विचारमा छिन् । प्रतिभा र शैलजा जस्तै धेरैले चाडपर्व तथा विशेष अवसरमा घरका लागि विभिन्न सरसामान खरिद गर्छन् । 

अहिले धेरैजसोको घरमा एयर प्युरिफायर, फ्रिज, ग्याँस चुलो, माइक्रोओभन आदि सामग्री प्रयोगहुन थालेको छ । पछिल्लो समयमा बनेका कतिपय घरायसी सामानले जनजीवन सहज बनाउनुका साथै बिजुली खपत पनि कम गर्छन् । त्यसैले उपभोक्ता पनि बढी पैसा तिरेर भए पनि गुणस्तरीय सामान किन्न चाहन्छन् ।

फ्रिज

खानेकुरा सुरक्षित तथा ताजा राख्न फ्रिज प्रयोग गरिन्छ । धेरैले घरायसी प्रयोजनका लागि ५० लिटरदेखि ३ सय ५० लिटरसम्मका फ्रिज प्रयोग गर्छन् । सिंगल वा डबल डोरका फ्रिज घरायसी प्रयोजनका लागि उपयुक्त मानिन्छन् । एलजी, सामसुङ, हिटाची, ह्विर्लपुल आदि कम्पनीका प्याजी, कालो, रातो, बर्गन्डी, वाइन रेड आदि रंगका फ्रिज बजारमा उपलब्ध छन् । 

टिप्स : खानेकुरा सुरक्षित राख्ने फ्रिजको नियमित सरसफाइ गर्नुपर्छ । यसलाई हरेक १५ दिनको फरकमा सफा गरिरहनुपर्छ । सफा गरिसकेपछि फ्रिजलाई आधा घन्टा खुल्ला राख्नुपर्छ । फ्रिजको पछाडिको भाग प्रत्येक महिना सफा गर्नुपर्छ । 

वासिङ मेसिन

कम समयमा सजिलोसँग लुगा धुने राम्रो विकल्प हो— वासिङ मेसिन । अहिले बजारमा विभिन्न कम्पनीका फ्रन्ट लोडिङ, टप लोडिङ तथा सेमी अटोमेटिक वासिङ मेसिन उपलब्ध छन् । वासिङ मेसिनको मूल्य यसको साइज तथा कम्पनीअनुसार तय हुन्छ । चाडपर्वका समयमा यस्ता सामग्रीमा केही छुटसमेत प्रदान गरिन्छ । 

टिप्स : यसमा लुगा धुँदा माइल्ड डिटर्जेन्ट प्रयोग गर्नुपर्छ । वासिङ मेसिनबाट लामो समय काम लिन यसको नियमित सफाइ गर्नुपर्छ ।

ग्याँस चुलो

अहिले धेरैको घरमा दुईदेखि चार बर्नरसम्मका ग्याँस चुल्हो देख्न सकिन्छ । बाल्ट्रा, सामसुङ, होम ग्लोरी आदि कम्पनीका विभिन्न प्रविधि तथा डिजाइनका ग्याँस स्टोभ बजारमा उपलब्ध छन् । कम्पनी तथा बर्नरका आधारमा यसको मूल्य निर्धारित हुन्छ । 

टिप्स : ग्याँस चुलो पनि समय–समयमा सफा गरिरहनुपर्छ । ग्याँसको कनेक्सन बन्द गरी चिसो स्पन्जको सहायताले यसको सफाइ गर्नुपर्छ । तातो साबुनपानीमा चिसो कपडा भिजाएर ग्याँस चुलो सफा गर्न सकिन्छ । 

माइक्रोवेभ

कम बिजुली खपतमा खाना तताउन तथा कम समयमै खाना पकाउन माइक्रोवेभ निकै उपयोगी सावित हुन्छ । ब्ल्याक एन्ड ह्वाइट, सिल्भर, ब्ल्याक आदि रंगका माइक्रोवेभ बढी चल्तीमा छन् । आइएफबी, एलजी, बेको, ह्विर्लपुल आदिका माइक्रोवेभ बजारमा उपलब्ध छन् । यसमा खानेकुरा ग्रिल तथा बेक गर्न अनि केक, पिज्जा आदि तयार पार्न सकिन्छ । 

किचेन क्याबिनेट

मोडुलर किचेनको अवधारणासँगै किचेन क्याबिनेटको प्रयोग पनि व्यापक हुन थालेको छ । कतिपय मोडलुर किचेन कम्पनीले किचेन क्याबिनेट पनि त्यही प्याकेजमा तयार पारिदिन्छ । किचेन क्याबिनेट बनाउँदा आफ्नो घरको किचेनको आकार कत्रो छ ख्याल गर्नुपर्छ । 

टिप्स : बेला–बेलामा किचेन क्याबिनेट सफा गरिरहनुपर्छ । किचेन क्याबिनेटलाई ढुसीबाट जोगाउनुपर्छ । 

मिक्सचर ग्रान्डर

मिक्सचर ग्रान्डरको प्रयोगले काम सहज बनाइदिन्छ । यसले जुस अचार आदि बनाउन तथा कुनै पनि सामान सिलौटोमा पिन्ने झन्झटबाट मुक्ति दिएको छ । यो छिटो–छरितो काम सम्पन्न गर्न प्रभावकारी सावित हुन्छ । यो ठूलो सानो, प्लास्टिक, सिसा आदिको हुन्छ । ताररहित पोर्टेबल जुसर ब्लेन्डर पनि खरिद गर्न सकिन्छ । विभिन्न कम्पनीका क्लासिक टु इन वान जुसर तथा मिट मिन्सर पनि बजारमा उपलब्ध छन् । 

वाटर प्युरिफायर

शुद्ध खानेपानीका लागि वाटर प्युरिफायर निकै उपयोगी हुन्छ । यसले गुणस्तरीय पानी दिन्छ । बजारमा विभिन्न कम्पनीका वाटर प्युरिफायर पाइन्छन् । यसको मूल्य आकारका आधारमा तय गरिएको हुन्छ । 

वाटर फिल्टर

हिजोआज धेरैजसो घरमा वाटर फिल्टर प्रयोग गरिएको हुन्छ । तामा, सेरामिक, स्टिल तथा माटोका वाटर फिल्टर बढी प्रयोग हुन्छन् । 

टिप्स : जुनसुकै फिल्टर भएपनि १५ दिनको फरकमा त्यसको सफाइ गर्नुपर्छ । फिल्टरको प्युरिफाइङ क्यान्डल्स झिकेर तातोपानीमा माइल्ड साबुनले धुनुपर्छ । क्यान्डलमा जमेको फोहोर जाली सफा गर्नुपर्छ । एक–एक वर्षका अन्तरालमा क्यान्डल परिवर्तन गर्नु उपयुक्त हुन्छ । 

डिसवासर

डिसवासरमा भाँडा कम समयमै सफा गर्न सकिन्छ । हिजोआज केही घर तथा रेस्टुराँमा यसको प्रयोग गर्न थालिएको छ । यसले घरायसी रुपमा प्रयोग हुने स–साना भाँडा माझेर सुकाउँछ । यसमा ठूला तथा काला भाँडा भने सफा गर्नुहुँदैन । आइएफबी, एलजी जस्ता कम्पनीका डिसवासर विभिन्न आकार तथा मूल्यमा उपलब्ध हुन्छन् ।

भ्याकुम क्लिनर

हिमस्टार हिटाची, सिजी, एलजी, सामसुङ, सान्सुई आदि कम्पनीका भ्याकुम क्लिनर बजारमा उपलब्ध छन् । कोठाको कुनामा भएको फोहोर सफा गर्न यसको प्रयोग उपयोगी हुन्छ । सफा गर्दा धूलो नउड्ने भएकाले यो स्वास्थ्यमैत्री पनि छ । यसले कुचो लगाउनुपर्ने बाध्यता कम गरिदिएको छ । 

टेलिभिजन

अहिले सामसुङ, एलजी, सोनी, फिलिप्स, भिडियोकोन आदि कम्पनीका एलइडी टेलिभिजन बजारमा उपलब्ध छन् भने स्मार्ट एलइडी टेलिभिजनको माग बढेको छ । यसमा वाइफाइ, इन्टरनेट आदिको सुविधा हुन्छ । 

टिप्स : टेलिभिजन सफा गर्नुपरे मुख्य स्विच बन्द गर्नुपर्छ । यसलाई सफा गर्न ग्लास क्लिनर प्रयोग गर्नुपर्छ । टेलिभिजनको स्क्रिन सुख्खा नरम मलमलको कपडाले पुछ्नुपर्छ । स्क्रिनमा दाग लागे पानीमा भिनेगर मिसाएर कटनको कपडाले सफा गरी तुरुन्तै सुख्खा कपडाले पुछ्नुपर्छ । स्क्रिन सफा गर्दा बेस्सरी रगड्नुहुँदैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik