साप्ताहिक संवाददाता
एक हजारभन्दा बढी गीतहरुमा आफ्नो सुमधुर स्वर दिई सकेकी लोकप्रिय गायिका अञ्जना गुरुङको नयाँ गीत ‘झिम झिम परेली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आफ्नी छोरी अपेक्षाको स्विट सिस्टिन बर्थडेको विशेष सेलिब्रेसनकोको क्रममा छोरीले नै अभिनय गरेको उक्त म्युजिक भिडियो प्रिमियर गरिएको थियो । भिडियोले प्रिमियरमै उपस्थित सबैको प्रसंशा बटुलेको थियो । अपेक्षा सिंहको साथै जयन्त रानाभाट र प्रशान्त उदासले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
गायिका अञ्जना गुरुको स्वर, मनोज गुरुङको शब्द तथा गायक कन्हैया सिंहको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन ओम कर्माचार्यले गरेका हुन् ।
उक्त भिडियो टिकागोपाल डिजिटल एम क्रिएसनको आधिकारिक यूट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको गायिका गुरुङले बताएकी छिन् ।
उक्त म्युजिक भिडियोको छायांकन अमेरिकामा नेपालीहरुको बाक्लो बसोबास रहेको बाल्टिमोर सिटी तथा काउन्टिमा गरिएको हो ।
झिम झिम परेलीमाको म्यूजिक भिडियो :