• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
यौन समस्या : लाज मान्दा नोक्सानी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जितेन्द्र साह

यौन समस्या : लाज मान्दा नोक्सानी
मंसिर १९, २०७५

यौन इच्छा निकै कम वा धेरै बढी हुनु पनि रोग हो भन्ने कमैलाई थाहा होला । दाम्पत्य जीवनमा यौन असन्तुष्टिले सम्बन्ध विच्छेदसम्मको स्थिति सिर्जना गर्न सक्छ भन्दा अचम्म पनि लाग्ला । मनोचिकित्सक एवं कानुनका जानकारहरू भने यसलाई सत्य मान्छन् ।

शारीरिक सम्बन्धको अत्यधिक चाहना हुने, अस्वाभाविक रूपले कम हुने वा बिल्कुलै नहुने मासिक औसत १५ जना बिरामी उपचारका लागि आउने विराटनगरस्थित कोसी अञ्चल अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.रोशन पोखरेल बताउँछन् । डा. पोखरेलका अनुसार यसमा औसत ५ जना महिला हुन्छन् । 

लाज मान्दा आफैंलाई नोक्सानी हुन्छ, यसले पतीपत्नीबीच सम्बन्ध विच्छेदसम्मको अवस्था आउँछ, डा. पोखरेल भन्छन्– त्यहि भएर विवेकी एवं बुद्धिमान महिला–पुरुषले उपचारको मार्ग रोज्छन् । विगत दुई वर्षदेखि स्त्री–पुरुषले यो विषयमा निकै खुलेर बोल्न थालेको आफूले पाएको डा.पोखरेलले बताए । शिक्षा, चेतना, ज्ञान एवं सूचनाको विस्तारसँगै खुल्दै गएको समाज यसको कारण हो, इच्छालाई दबाएर असन्तुष्ट रहनु वा मानसिक रोगी बन्नुभन्दा उपचारको बाटो रोज्नु उपयुक्त हुन्छ । 

यौन क्रीडाका चार चरण इच्छा जाग्नु, त्यो अनुरुपको शारीरिक एवं मानसिक गतिविधि हुनु, सन्तुष्टिमा पुग्नु र शरीर सामान्य अवस्थामा फर्कनु भन्ने हुन्छ । यी क्रियाहरू राम्रोसँग पूरा नभै असन्तुष्ट रहँदा महिलामा पनि शरीर एवं टाउको दुख्ने, झमझमाउने, पोल्ने तथा संभोगको चाहना कायमै रहने डा. पोखरेलले बताए ।

‘सन्तुष्टिमा पुगेपछि पुरुषमा विर्य पतन हुन्छ भने महिलामा पानी झैं तरल पदार्थ स्राव हुन्छ, त्यसो नहुँदा महिलामा यौन असन्तुष्टिसँगै माथि उल्लेखित शारीरिक एवं मानसिक समस्याहरू देखा पर्छन्,’ डा. पोखरेल भन्छन्– जोडीमध्ये एकमा वा दुवैमा यौन शिक्षाको कमी यसको प्रमुख कारण हो । अधिकांश पुरुष वीर्य पतन चाँडो हुने र संभोग गर्न मन नलाग्ने समस्या लिएर आउने गरेका छन् । डा.पोखरेलका अनुसार महिला बिरामीमा सन्तुष्टि नहुने वा चाहना कम हुने बढी हुन्छन् । 

डा.पोखरेलका अनुसार अत्यधिक यौन इच्छा भैरहनेहरूको आनीबानीको अध्ययनपछि औषधी सुरु गरिन्छ । यौन उत्तेजना बढाउने औषधीको सेवन, पारिवारिक एवं सामाजिक वातावरण, वंशानुगत पृष्ठभूमि, व्यक्तिगत सोच र त्योअनुरुपकै खानपिनले यौन चाहना बढाउने डा. पोखरेलले बताए । 

‘बढ्दो यौन तृष्णासँगै बिरामीमा चाँडै रिसाउने, झोक्किने वा उत्तेजित हुने स्वभाव पनि छ कि छैन भन्ने हेरिन्छ,’ डा. पोखरेल भन्छन्– लक्षणअनुरुप यौन चाहना र उत्तेजना कम गर्ने औषधी दिन्छौं, यौनमा असन्तुष्ट रहँदा पनि रिसाउने, झोक्किने वा कचकचे स्वभावको विकास हुन्छ । औषधी सेवन गर्न थालेको ६ महिनाभित्र इच्छा घटेर जान्छ । 

‘औषधीसँगै जोडीको शारीरिक एवं मानसिक स्थितिले थाम्न सक्ने गरी सम्बन्ध जारी राख्न वा हस्तमैथुन गर्न सल्लाह दिन्छौं,’ ‘तर बिरामी १८ वर्ष मुनिका भए यौन संसर्गको सल्लाह दिंदैनौ, कानुनी एवं स्वास्थ्यको दृष्टिकोणले औषधीसँगै सही तरिकाले हस्तमैथुन गर्ने सुझाव दिन्छौं ।’ यो समस्यामा योग–ध्यान आदिले पनि फाइदा पुग्ने डा. पोखरेलले बताए । 

डा. पोखरेल भन्छन्– उमेरअनुसार यौनप्रति रुचि नहुनु जटिल मानसिक रोग हो । यौन इच्छा कम हुँदा पारिवारिक एवं व्यक्तिगत जीवन निरस हुन्छ, बिरामीहरू डिप्रेसनमा जान्छन् भने दुव्र्यसनमा लाग्ने सम्भावनासमेत हुन्छ, । 

विभिन्न रोगले च्यापेका, डिप्रेसन, एन्जाइटी एवं मानसिक सन्तुलन गुमेर औषधी खाइरहेकाहरूमा पनि यौन आकांक्षा कम हुन्छ । ‘यस्ता बिरामीलाई यौन इच्छा जगाउने औषधी दिन्छौं,’ डा. पोखरेल भन्छन्– यी औषधीको झुमाउने वा लठ्याउने जस्तो असर हुँदैन र तिनले दिनचर्यामा कुनै असर गर्दैनन् ।

दाम्पत्य जीवनमा यौन असन्तुष्टि पनि सम्बन्ध–विच्छेदको कारण भएको विराटनगरका वरिष्ठ अधिवक्ता मोहन कोइरालाले बताए । ‘एक/दुई अपवाद बाहेक यस्तो मुद्दामा कमैले असन्तुलित यौन जीवनका सम्बन्धमा उल्लेख गरेका छन्, सामाजिक लोकलाज वा सम्मानमा चोट पुग्ने डरले भन्दैनन्,’ कोइराला भन्छन्– फरक पृष्ठभूमि वा अन्य किचलो उल्लेख गरी सम्बन्ध विच्छेद माग्छन् तर कतिपय मुद्दामा यौन असन्तुष्टि लुकेको कारण हुन्छ । 

कस्तो मुद्दामा सम्बन्ध विच्छेद गर्न चाहेको वास्तविक कारण बुझ्ने गरेको र यौनसँग सम्बन्धित भए मनोचिकित्सक कहाँ पठाउने गरेको कोइरालाले बताए । विराटनगरस्थित मोरङ जिल्ला अदालतका रजिष्ट्रार ईश्वरमणि ओझाले दिनहुँ औसत एक/दुई सम्बन्ध विच्छेदको मुद्दा दर्ता हुने गरेको बताए । ओझाका अनुसार एउटा मुद्दामा स्पष्ट रुपले यौन असन्तुष्टिलाई सम्बन्ध विच्छेदको आधार बनाइएको पायौं । ‘त्यसबाहेक घरेलु हिंसा, मानसिक यातना, सासू–ससुराको अभद्र व्यवहार एवं परिवारजनले दिएको पीडा आदिलाई आधार बनाइएको छ,’ ओझाले बताए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik