साप्ताहिक संवाददाता
चलचित्र ‘कपुरी क’ हेर्न १६ वर्ष मूनिका बालबालिकाले अभिभावको साथमा जानु पर्ने भएको छ । देश तथा विदेशमा एकै साथ प्रदर्शनको तयारीमा रहेको यो चलचित्रले सेन्सर बोर्डबाट ‘पिजी’ प्रमाणपत्र प्राप्त गरेको छ । गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलेसेन्सर पास गरेसँगै १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने भएको हो ।
चलचित्र ‘कपुरी क’ मा प्रकाश तिवारी, सिजल उप्रेती, बसन्ती भाट, चेतबहादुर सिंह ‘राजा’, सद्दाम हुँसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बाँस्तोला, राजेश बिसुराल र सबिन बास्तोलाले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
पुर्ण मनोरन्जनात्मक कथामा बनेको यो चलचित्र सबिन बास्तोलाले निर्देशन गरेका हुन् । चलचित्रमा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।