साप्ताहिक संवाददाता
ह्याम्बलिनको हात
सन् २०१६ को ओलम्पिकमा ५ हजार मिटर दौडका लागि भएको छनौट प्रतियोगितामा अमेरिकी धाविका एब्बी डी’ एगोस्टिनो घाइते भएपछि न्युजिल्यान्डकी धाविका निक्की ह्याम्बलिनले दौड त्यागेर एब्बीलाई उठाउन सहयोग गरेकी थिइन् ।
हामी अफ्रिकन
स्पेनको बार्सिलोनामा सम्पन्न ओलम्पिकमा इथियोपियाकी डिरार्टु टुलुले अफ्रिकन महिलाकै तर्फबाट पहिलो स्वर्ण पदक जितिन् । म्याराथनको उक्त स्पर्धामा दक्षिण अफ्रिकाबाट सहभागी हुने श्वेत खेलाडी एलिना मेयरले रजत पदक जितेपछि टुटुले अफ्रिकन महिलाको ऐक्यबद्धता दर्साउन उनको हात समाएर उचालेकी थिइन् । त्यतिबेला अफ्रिकामा रंगभेदसम्बन्धी बहस उत्कर्षमा थियो ।
बाल–समर्थकलाई मेडल
लन्डनमा सन् २०१५ मा सम्पन्न रग्बी विश्वकपमा न्युजिल्यान्डले अस्ट्रेलियालाई पराजित गर्दा न्युजिल्यान्डका सन्नी विलियम नायक थिए । उनलाई हेर्न र छुन चाहने दर्शकमध्ये एक बालकलाई सुरक्षाकर्मीले रोकेपछि सन्नीले आफूले पाएको मेडल नै ती बालकलाई लगाइदिएका थिए ।