
साप्ताहिक संवाददाता

भारतको नयाँ दिल्लीको बहादुरगढस्थित सिटी पार्क रिसोर्टको ग्राण्ड बलरुममा सम्पन्न पुरुषहरुको नयाँ अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘मिष्टर मोडल वल्र्ड वाइड २०१८’ मा नेपालका तर्फबाट सहभागि भएका सुरज राजोपाध्यायले मिष्टर चार्मिङ स्माइलको अवार्ड जित्न सफल भएका छन् ।
प्रतियोगिता गत डिसेम्बर १६ देखि २२ सम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल लगायत विश्वका पन्ध्र मुलुकका युवाहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालबाट सहभागि बनेका सुरज नेक्स्ट मोडल नेपालले संचालन गरेको मोडल हन्ट नेपाल २०१८ का फस्ट रनर अप विजेता हुन् ।
रुबरु ग्रुपले पहिलो पटक संचालनमा ल्याएको मिष्टर मोडल वल्र्ड वाइड २०१८ मा फिलिपिन्सका कार्लो पासियनले मुख्य उपाधि जितेका छन् ।