• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
‘जीवन काँडा कि फूल’ बाट झमक खुसी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशचन्द्र अधिकारी

‘जीवन काँडा कि फूल’ बाट झमक खुसी
पुस ३०, २०७५

बहुप्रतीक्षित चलचित्र ‘जीवन काँडा कि फूल’ मुलुकभर एकसाथ प्रदर्शन हुने खबरले झमक घिमिरे उत्साहित छिन् । साहित्यकार घिमिरेको धनकुटा–६, कचिडेस्थित निवासमा उनको बहुप्रसिद्ध कृति ‘जीवन काँडा कि फूल’मा आधारित चलचित्रसम्बन्धी जानकारी दिन आयोजित पत्रकार भेलामा सहभागी घिमिरेले आफ्नो लिखित प्रतिक्रियामा भनिन्, ‘आफ्नै जीवनीमा आधारित चलचित्र केही समयको प्रतीक्षापछि मुलुकभर एकै समयमा प्रदर्शन हुन लागेकोमा खुसी लागेको छ ।’ 

चलचित्रका निर्माता तथा निर्देशक विनोद विष्टले केही ठूला लगानीका चलचित्र सार्वजनिक हुने समयलाई टार्ने प्रयासमा यो चलचित्र प्रदर्शन गर्न केही ढिलाइ भएको बताए । आगामी चैत २२ गते मुलुकभरका चलचित्र हलमा झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ प्रदर्शन गरिने विष्टले बताए । यद्यपि झमकको गृहनगर धनकुटामा भने यसै साता यो चलचित्रको च्यारिटी शो हुने भएको छ । यो बायोपिक चलचित्र जोकोहीले हेर्नै पर्ने उनको तर्क छ । विष्ट ब्रदर्शको ब्यानरमा निर्माण भएको यो चलचित्र एसईई परीक्षा दिएर बसेका विद्यार्थीले फुर्सदमा सहज रुपमा हेर्न सकिने गरी प्रदर्शन गर्ने तयारी गरिरहेको उनले बताए । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व राख्ने छुट्टै विशेषता बोकेको चलचित्र भएकाले यसलाई सहज रूपमा रुचाइने आशा छ, विष्टले भने, ‘सबै कलाकारले राम्रो अभिनय गरेका छन् ।’ घिमिरे सानो छँदाको पुरानो घर र पुस्तकमा वर्णन गरिए अनुसारको दृश्यका लागि कृत्रिम घर निर्माण गरिएको उनले बताए । 

साहित्यकार घिमिरेले आफूले पुस्तकमा उल्लेख गरेका सबै कथा चलचित्रमा नसमेटिएको बताइन् । ‘मेरी आमाले मलाई असाध्यै माया गर्नुहुन्छ, चलचित्रमा आमाको केही छुच्चो रोल भए पनि त्यसलाई फिल्मको कथाका रूपमा लिनु हुन आग्रह गर्छु ।’ उनको भनाइ छ ।     

९० प्रतिशत धनकुटा र बाँकी धरान तथा राजधानीमा छायांकन भएको यो चलचित्रको सुरु र अन्त्यमा झमक स्वयंसमेत देखिनेछिन् । साहित्यकार घिमिरेको बाल्यकालदेखि पछिल्लो अवस्थासम्मको संघर्ष समेटिएको मदन पुरस्कार प्राप्त पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित यो चलचित्रमा करिब ३० जना कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा झमकको भूमिकामा तीन जनाले अभिनय गरेका छन्, जसमा नवजात बालकसहित अवस्था थापा र रोजिता बुद्धाचार्यले झमकको अभिनय गरेको निर्देशक विष्टले बताए । यो चलचित्रमा स्वीकृति शर्मा, टीका सुवेदी, सारिका घिमिरे, किशन सुनार, उमा गिरी आदिले समेत अभिनय गरेका छन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik