साप्ताहिक संवाददाता
माघ २, २०७५
गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा पछिल्लो समय निक्कै चर्चामा छन् । उनले संगीत गरेका तथा गाएका केहि गीतहरु चर्चाको शिखरमा छन् । यतिबेला उनै कालीको इन्स्टाको फोटो सार्वजनिक भएको छ । उनको शब्द, सङ्गीत तथा आवाज रहेको गीत ‘इन्स्टाको फोटो’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा अभिनेता आसिफ शाहको साथमा पछिल्लो समय टिकटकबाट निकै मन पराइएकी रेश्मा घिमिरे फिचर्ड छन् । हरि हुमागाईको छायांकन रहेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको काम गरेका छन् । भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।
गीतको म्यूजिक भिडियो