• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
१८ वर्षमा फर्किए घर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रत्नबहादुर बस्नेत

१८ वर्षमा फर्किए घर
माघ ७, २०७५

दुई छोरी, दुई छोरा तथा एक श्रीमती रहेका रामप्रसादका एक छोरा बाहेक बाँकी अरूको विवाह भैसकेको छ । उनी घर छोडेर हिँड्दा उनकी कान्छी सन्तान (छोरी) को उमेर केवल तीन वर्ष थियो भने अरू पनि सानै थिए । माया मारिसकेका बुबा घर फर्किएपछि परिवारमा खुशीयाली छाएको छ भने छरछिमेकी पनि चकित भएका छन् । अहिले रामप्रसाद सेतो वस्त्र लगाएर पितृ शोक मानिरहेका छन् ।

 

रामायणअनुसार त्रेता युगमा भगवान् राम १४ वर्षको वनबासपछि अयोध्या फर्किएका थिए । उनी माता कैकेयीको इच्छा र बाबु दशरथको आज्ञापालन गर्न वनबास गएका थिए, तर झापाको बिर्तामोड–३ निवासी रामप्रसाद चौलागाईं १८ वर्षपछि प्रवासबाट घर फर्किएका छन् । उनले कसैको इच्छा वा आज्ञापालनका लागि अठार वर्ष बिना कुनै खबर प्रवासमा बिताएका होइनन् । वि.सं. २०५७ मा बिदेसिएका रामप्रसाद केही दिनअघि मात्र घर फर्किएका हुन ।

संयोगवश चौलागाईं यस्तो दिन टुप्लुक्क आइपुगे जुन दिन उनको पिताको अन्त्यष्ठी क्रियाको तेह्रौं दिन थियो । साधु–संन्यासीको भेषमा साँझपख उनी बिर्तामोड–९ कोलाटोली स्थित मूल घर आइपुग्दा उनलाई हेर्न गाउँलेहरूको ठूलै भीड लागेको थियो । १८ वर्षअघि युवा अवस्थामा कमाइ गर्न परदेसिएका चौलागाईं साधु भेषमा यसरी फर्किएलान् भनेर कसैले अनुमानसम्म गरेका थिएनन् । लामो दाह्री र पहेलो पीताम्बर धारण गरेका तथा हातमा त्रिशुल र कमण्डलु बोकेर ‘जयश्रीराम’ भन्दै हिँडेका रामप्रसाद लामो समयपछि यति बेलै किन फर्कनुभएको भन्ने प्रश्नको जवाफमा भन्छन्, ‘पितृले बोलाए, यो पितृको कृपा हो ।’ गत पुसमा ९६ वर्षको उमेरमा उनका पिताको निधन भएको थियो । 

रामप्रसाद भन्छन्— मेरो विषयमा चिन्ता बढ्ला भनेर मैले कसैलाई खबर गरिनँ । दिल्ली भन्दा एक दिन एकरात टाढा रेलको बाटोमा पर्ने अजमेरबाट यहाँ आइपुगेको बताउने रामप्रसादलाई स्थानीय सैनिक बजारसम्म आइपुग्दा कसैले चिन्न सकेका थिएनन् । ५१ वर्षीय चौलागाईंलाई केवल एक महिला पसलेले बोलचालपछि चिनेकी थिइन् ।

दुई छोरी, दुई छोरा तथा एक श्रीमती रहेका रामप्रसादका एक छोरा बाहेक बाँकी अरूको विवाह भैसकेको छ । उनी घर छोडेर हिँड्दा उनकी कान्छी सन्तान (छोरी) को उमेर केवल तीन वर्ष थियो भने अरू पनि सानै थिए । माया मारिसकेका बुबा घर फर्किएपछि परिवारमा खुशीयाली छाएको छ भने छरछिमेकी पनि चकित भएका छन् । अहिले रामप्रसाद सेतो वस्त्र लगाएर पितृ शोक मानिरहेका छन् ।

उनी पहिलो पटक भारत गएर उतै भासिएका भने होइनन् । रामप्रसाद बेखबर हुनु अघि छ महिना भारत बसेर घर फर्किएका थिए । त्यसको केही समयपछि पुन: भारत गएपछि भने उनी बेपत्ता भए । कसरी बित्यो त करिब दुई दशक लामो समय भारतमा ? भन्ने प्रश्नको जवाफमा चौलागाईंले भने— आठ वर्ष काम गरें भने बाँकी १० वर्ष साधु संन्यासीका रूपमा बिताएँ । त्यस क्रममा उनले सम्पूर्ण भारत पुगेको अनुभव सुनाए । 

यतिबेला उनका एक छोरा विदेशमा छन् भने अर्का छोरा व्यापारमा संलग्न छन् । अब कतै नगै बाँकी जीवन पारिवारिक रुपमा बिताउने रामप्रसादको मनसाय छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik