साप्ताहिक संवाददाता
‘छक्का पञ्जा’ सिरिज निर्माण गर्दै आएको आमा सरवती मुभिज र रोहित अधिकारी फिल्मस बीच औपचारिक सम्झौता भएको छ । चलचित्रमा कस्ले अभिनय गर्ने, कहिलेबाट फ्लोरमा जाने र चलचित्रको नाम के राख्ने भनेर निर्माण टिमले कुनै कुरा सार्वजनिक गरिएकउो छैन् । तर, चलचित्र आगामी दसैंमा रिलिज हुने मिति भने सार्वजनिक गरिएको छ ।
‘छक्का पञ्जा’ सिरिज निर्माण गर्दै आएको आमा सरवती मुभिज र रोहित अधिकारी फिल्मस बीच औपचारिक सम्झौता भएको छ । केहि समय अघिनै यि दुईको सयुक्त व्यानरमा चलचित्र निर्माण हुने खबर सार्वजनिक भएको थियो । सोही सहकार्यलाई बुधबार औपचारिक रुपमा सम्झौता गरिएको हो ।
रोहित अधिकारी र दीपकराज गिरीको सहकार्यबाट निर्माण हुन लागेको उक्त चलचित्र निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । आमा सरवती मुभिज र रोहित अधिकारी फिल्मस्ले निर्देशक लामासँग अनुबन्धको सम्झौता गरेका छन् ।
यो चलचित्रमा कस्ले अभिनय गर्ने, कहिलेबाट फ्लोरमा जाने र चलचित्रको नाम के राख्ने भनेर निर्माण टिमले कुनै कुरा सार्वजनिक गरिएकउो छैन् । तर, चलचित्र आगामी दसैंमा रिलिज हुने मिति भने सार्वजनिक गरिएको छ ।
रोहित र दीपकराजको टिममा सहकार्य गर्न पुगेका निर्देशक लामाले निर्देशन गरेको चलचित्र ‘गोपी’ यही माघ १८ गते रिलिज हुँदैछ ।