साप्ताहिक संवाददाता
माघ १८, २०७५
काठमाण्डौं
सुनिल क्षेत्री, आँचल शर्मा, पल्पसा पोखरेल अभिनित ‘मस्त जवानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजेन्द्र बजगाँई, विद्या तिवारीको स्वरमा सजिएको र्याप शैलीको गीत आज शुक्रवार युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
अराज केशवको र्याप, राजेन्द्र बजगाँईको म्युजिकमा निर्मित गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । सार्वजनिक भिडियो निकै आकर्षक बनेको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाँईको डिओपी र टंक केसीले खिचेको भिडियोलाई बिकास ज्ञवाली क्षेत्रीले सम्पादन गरेका हुन् । सुनिल क्षेत्री आफैले भिडियोलाई निर्देशन गरेका छन् ।
भिडियो :