साप्ताहिक संवाददाता
माघ २४, २०७५
काठमाडौं
चलचित्र ‘राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ । ऋषि न्यौपानेको निर्देशन रहेको चलचित्रमा दिनेश शर्मा, बिक्रम क्षेत्री, लक्ष्मण जीसी, दिनेश केसी, नवराज राउत, महिमा सिलवाल, नयन घिमिरे लगायतको अभिनय रहेको छ ।
राम चन्द्र ढुंगानाको निर्माण रहेको चलचित्रको छायांकन रवी कोइरालाले गरेका हुन् । फिल्ममा ओम प्रकाश राईको संगीत, हरी वाग्लेको कोरियोग्राफी, राज न्यौपानेको शब्द तथा प्रकाश देवकोटाको सम्पादन रहेको छ ।
चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।